• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

युवामा राजनीति प्रभाव र अबको बाटो


  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
  • हामी समग्रमा बुझ्ने गर्दैछौं कि! राजनीति भनेको समग्र जनता र राष्टको हीत अनुकूल काम गर्ने नीति हो भनेर ।  राजनीति एउटा कला हो, विज्ञान हो, एउटा शैली हो,अझ त्यतिमात्र नभई विद्यमान मौजुद अनुकूल अबस्थाको उचित निकास हो। यसलाई कुनै वृहत् परिभाषामा ढाल्नु आवश्यक छैन ।

    Advertisement

    त्यसैले सर्वसाधारणले समेत बुझ्ने भाषामा भन्नुपर्दा राजनीति एउटा राष्ट्र सेवा गर्ने महत्त्वपूर्ण र दरिलो माध्यम हो।तपाई राजनीति र समाजसेवा लाई संगै राखेर पनि हेर्न सक्नुहुन्छ ।र यी दुई एक सिक्काको दुई पाटा हुन भन्दा फरक नपर्ला ।त्यसैले देशको नीति नियममा रहेर सिङ्गो राष्ट्र र जनताको सर्वोत्तम भलोमा केन्द्रित हुनु र सोही अनुरुप शासन गर्नु राजनीति हो,भनी म बुझ्दछु। … राजनीति गर्नु त्यति सामान्य पनि मानिदैन जति अहिले हामी देखेका भोगेका र बुझेका छौँ ।राजनीति गर्नका लागि त्योभन्दा धेरै कुराहरू अपरिहार्य रहन्छ ।

    जसमध्ये होस्, जोस, ज्ञान र क्षमता भएका युवावर्ग राजनीतिको केन्द्र विन्दुमा पर्दछन्। त्यसैले राजनीतिको आधारशिला भनौं या आधारस्तम्भ आजको युवा वर्ग नै हो ।

    युवा त्यो हो जसमा बल,वुद्दि र क्षमताको भरपुर मिश्रण पाइन्छ । युवा भनेको त्यो शक्ति हो जसले समाज राष्ट्र र विश्व परिवर्तन गर्ने सामर्थ्य राख्दछ।आज विकास या सम्मृद्दि जे भनेपनि जुन युवा विना कल्पनाभन्दा बाहिर रहन्छ ।आज विश्वमा जति ठूलो परिवर्तन भएको छ त्यो युवाकै सक्रियता ,साथ र सामर्थ्य ले भएको छ।त्यसैले युवा आफैमा परिवर्तनको साधन हो, संवाहक हो।

    नेपालको सन्दर्भमा माथि उल्लेखित मेरो भनाइ र तात्पर्य ले जे कुराको पुष्टि गर्न खोजिरहेको छ त्यो भन्दा एकदमै भिन्न बाटोबाट नेपाली राजनीति अघि बढेको पाइन्छ । राजनीतिको परिभाषालाई वङ्ग्याएर फरक पाटोबाट परिभाषित गरिदै छ।यहाँ राजनीतिको एकमुष्ठ परिभाषा पाउन गार्‍हो छ। सर्वसाधारणको लागि राजनीतिको परिभाषा र उच्च पद ओहदामा बस्ने र त्यीनका चाप्लुसी गर्नेकालागी राजनीतिको परिभाषा नितान्त बेग्लै छ।राजनीति राष्ट्र सेवाको माध्यम हुनुपर्छ भनिरहदा राजनीतिलाई आफ्नो जीवनभरको व्यवसाय बनाउनेको लर्को चलिरहेको छ। हाम्रो चलन अनुसार आन्दोलनमा भाग लिनु,जेलमा बस्नु,कुनै दलमा संलग्न हुनु जस्ता क्रियाकलापबाट राजनीतिमा पस्ने गरेको पाइन्छ ।यसको लागि न पढाइ जरुरी मानिन्छ, न कुनै व्ययसायिक कौशलताको खाँचो पर्छ ।यस्तो अबस्थामा कसरी राजनीति ले नेपालको भलो गर्न सकोस् । यो सबैको सोधनीय र चासोको विषय बनेको छ।

    एक पटक त्याग गरेको वहानामा जीवनभर जनतालाई दुख दिने परिपाटीको अन्त्य गर्नु जरुरी छ।राजनीतिको अर्थ वैकल्पिक रोजगार र हर क्षेत्रमा असफलहरुको आकर्षण स्थल बन्न पुगेको छ।र यस्तो जमातले अझै नेपाली राजनीतिमा कब्जा जमाइराख्ने अबस्थामा मूलुक रहेको छ। … हरेक एउटा एउटा वहानामा युवाको श्रम शक्ति र सामर्थ्य खेर फालिदै छ।युवा पहिचानको त्यो जोस होस र तागतको अनुचित प्रयोग भइरहेको छ।

    युवा देश बिकास र परिवर्तनको संवाहक हुन भनिरहदा एउटा राजनीतिक दलको झोले प्रवृतिमा आजको युवा सीमित रहेको देखिन्छ ।

    आज ठीकलाई ठीक र गलतलाई गलत समेत भन्न नसक्ने त्यो कडीमा युवापुस्ता बाँधिएका छन् ।21 अौँ शताब्दीको अाफ्नो सिर्जनशीलता कौशलता र वास्तविकतालाई अन्तरमनले राम्रोसँग नियाले पनि त्यसलाई बाहिर प्रष्फुटित पार्ने सामर्थ्य आजको युवामा देखिदैन ।विभिन्न वाद सिद्धान्त र मान्यताले सिङ्गो युवाशक्तिको होस् जोस र क्षमतालाई गलाउँदै गइरहेको छ।

    राजनीतिको नाममा युवाको दुरुपयोग एकातिर छ भने राजनीति लाई सर्वेसर्वा ठान्ने एउटा युवाको जमातले आफ्नो परिभाषा र भूमिका गुमाउन पुगिरहेको छ। यस्तो परिपेक्षमा अब कस्तो नेतृत्वको विकास र अबको युवाको बाटो कुन भन्ने प्रश्न महत्त्वपूर्ण रहन्छ ।अब युवाले सही नेतृत्वको विकास आफैबाट गर्नुपर्दछ,समग्र राष्ट्र र जनताको हितमा काम गर्ने नीति नै केबल राजनीति हो भन्ने बुझ्दै असल सक्षम र सबल नेतृत्वको चयनमा आफ्ना पाइला अगाडि बढाउनु पर्नेछ ।आजको युवाले नेतृत्व भनेको योजनालाई यथार्थमा बदल्न सक्ने हो र समाजको मौजुद संरचना र परिस्थिति बाट समाजलाई प्रगतिशील बाटोमा अघि बढाउने व्यक्ति मात्र नेता हो भनी बुझ्नु जरुरी छ। राजनीति र नेताको परिभाषा लाई राम्रोसँग बुझ्दै विभिन्न आदर्श ,वाद,मूल्य र मान्यतामा नअलमलिएर सिङ्गो राष्ट्रहितलाई सर्बोपरी ठानी एउटा सिङ्गो युगकै परिबर्तन को दिशातर्फ अगाडि बढ्न जरुरी छ।

    अबको दिनमा प्रजातान्त्रिक समाजवाद होस् या बहुदलीय जनवाद या कुनै वैज्ञानिक समाजवाद जे सुकै भएपनि सबैभन्दा माथि राष्ट्र वाद छ भन्ने हेक्का राख्नु आवस्यक छ।

    अनि मात्र देश परिवर्तनको बाटोतर्फ उन्मुख हुनेछ र बल्ल समृद्धि आउनेछ ।त्यसैले युग बुझेको ,संसार बुझेको युवा तिमी अहिले नै जुरमुराउनु आवश्यक छ। जनता,समाज र राष्ट्र हीत विपरितका त्यस्ता कुकृति,विकृति र कु कर्ताहरुको पत्तासाफ पार्न आवश्यक छ। अनिमात्र तिमीले आफ्नो परिभाषा पाउन सक्छौ ! होइन भने तिमी आफू युवावर्ग भन्ने परिभाषाबाट नजिक हुन बेकार छ।

    नारायण पौडेल, प्यूठान

    आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ३.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ४.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ५.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ७.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ८.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation