• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

लोकप्रिय समाचार

  • १. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • २. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • ३. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ४. दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

  • ५. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ६. विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ७. विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

  • ८. आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

  • ९. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • १०. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

गाउँपालिका प्रबक्ताको प्रश्न : मान्य ज्यु, यो बिपदको बेला कहा हुनुहुन्छ ?


  •   बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
  • कोभिड १९ (कोरोना भाईरस) हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । सन २०१९ को अन्त्यतिर चीनको वुहानबाट हाल डरलाग्दो महामारीका रूपमा संसारका सबैजसो देशमा फैलिएर ठुलो सङ्ख्यामा संक्रमण र मानिसहरूको मृत्यु गराई रहेको रहस्यमयी, अनौठो र नयाँ स्वरूपको नोबेल कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालका ६० भन्दा धेरै जिल्लामा कोरोनाको संक्रमण समेत देखापरेको स्थिती छ।

    Advertisement

    प्युठानको यस ऐरावती गाउँपालिकामा भारतका विभिन्न स्थानबाट आउनेहरुको संख्यामा पनि दिनहु बढिरहेको छ । हालसम्म करिब एक हजार २ सय भन्दा बढी नागरिक आफ्नो जन्मथलोमा फर्किसकेका छन भने उनिहरुलाई एकान्तबास व्यवस्थापनमा सम्पूर्ण हाम्रो गाउँपालिकाको टिम अहोरात्र खटिरहेका छौं । हाल यस गाउँपालिकामा ४१ वटा सामुदायिक विद्यालयहरुलाई एकान्तबासको रुपमा प्रयोग गरिरहे पनि थेग्न सक्ने स्थिती छैन।किनकी अब सम्पूर्ण एकान्तबासहरु भरिभराउ भईसकेका छन र अझै भारतबाट नागरिकहरु आउने क्रम पनि रोकिएको छैन ।
    सङ्घीय प्रणालीमा स्थानीय सरकार जनताको सबभन्दा नजिकको घरदैलोको सरकार हो । जनताको घरको झ्याल वा ढोका खोल्दा देखिने र बाटोमा हिँड्दा भेटिने स्थानीय सरकारप्रति जनताका आशा, अपेक्षा, चाहना तथा महत्त्वाकाङ्क्षा चुलिएका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै यसको रोकथाम, नियन्त्रण, उपचार र राहत समेतका लागि सङ्घ र प्रदेशमा जस्तै गरी स्थानीय तहमा पनि विभिन्न संरचनागत व्यवस्था र कोषहरूको स्थापना गरी कामहरू अगाडि बढिरहेको छ । हामी पनि यसै गर्दै छौं।

    तर, बिडम्बना यस विषम परिस्थितीमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तीनै तहका सरकारको भूमिका, कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व बराबर हुनुपर्ने भएपनि हालसम्म प्रदेश सरकार र केन्द्र सरकार मौन देखिएको छ । जुन कुरा दुखद छ। विश्व स्वास्थ्य संगठनका अनुसार एकान्तबासमा कायम हुनुपर्ने दुरी ३ मिटर भनिए पनि हामी बाध्यताबस तीन वित्ताको दुरीमा नागरिकहरुलाई राख्न बाध्य भएका छौँ । यस विषम परिस्थितीमा प्युठान जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी , प्रहरी नायव उपरिक्षक, आर्मी ब्यारेक खंलगाका प्रमुख, स्वास्थ्य कार्यालय प्युठानको तर्फबाट स्थलगत रुपमा आई नियमित सल्लाहसुझाव, सहकार्य र सहयोग गर्नुभएकोमा उहाँहरुप्रति उच्च सम्मानका साथ आभार प्रकट गर्दछौँ ।

    प्युठान जिल्लाबाट जितेर सत्ता हाँक्न पुग्नुभएका माननीयहरु लगत्तै सम्पन्न उपनिर्वाचनको समयमा तडकभडकका साथमा दैनिकजसो यस ऐरावती गाउँपालिका क्षेत्रमा आईरहनुहुन्थ्यो । तर,अहिलेको यस्तो बिपदको घडिमा भने एकपटक पनि गाउँपालिकामा  अनुहार देख्न पाईएको छैन। उहाँहरु हाल कहाँ, कुन अवस्थामा हुनुहुन्छ कुनै समन्वय पनि हुन सकेको छैन । 

     

    एकान्तबासमा दैनिक थुप्रै जनाको आर.डि.टी. परिक्षण गर्नुपर्ने अबस्था छ । तर दुर्भाग्य हामीसंग कीट ४०÷ ५० मात्र आउँछन् । पिसीआरको त कुरै छाडौ । ५ जनाको नतिजा आउनको लागि पुरै १ हप्ता कुर्नुपर्ने अवस्था छ । यहि परिणामका कारण एकान्तबासमा नागरिकहरुलाई थेग्नै गाहे हाम्रो स्थानीयतहलाई भएको छ । यो अवस्थामा के हेरेको छ स्वास्थ्य मन्त्रालय, केन्द्र सरकारले ? एकान्तबासमै सुत्केरी दिदीहरुको ज्यान जान्छ, एकान्तबासमै गर्भवतीहरुको गर्भ तुहिन्छ। के यहि हो सरकारको दायित्व र जिम्मेवारी ? हामी पनि सरकारको एउटा अंग भएकोले र प्रदेश सरकार र केन्द्र सरकार हाम्रो अभिभावक भएकोले आज केहि तितो सत्य सुझावको रुपमा व्यक्त गर्दैछु ।

    हाम्रो सरकारसंग समय प्रयाप्त थियो। यस महामारीलाई व्यवस्थापन र नियन्त्रण गर्नका लागि करिब ४ महिनाको समय पाउदापाउदै पनि र धेरै कुरामा व्यवस्थापन गर्ने समय हुदाँहुदैँपनि सरकार मौन बस्यो । हामीले प्रत्येक जिल्लामा कम्तीमा एउटामात्र भएपनि पिसीआर ल्याब सञ्चालन गर्न सक्थ्यौँ । हामीसंग बजेट हुदाहुदैँ पनि कुनै वास्ता नगरी बस्यौँ । यति सम्मकी सरकारको हरेकपल्टको लकडाउन थप्ने विषयमा उच्चस्तरीय समितिको बैठक बसीरहदा सधै निर्णय हुन्छ सिमानाकामा थप कडाई गरिएको छ तर आश्चर्यको कुरा नेपालका हरेक सिमानाकाबाट दैनिक हजारौको संख्यामा भारतबाट जन्मथलो फर्कनेहरुको तांती छ कसरी?  यो ३÷४ महिनासम्म दुई देश बीचको कुटनीतिक निर्णय किन हुन सकेको छैन् नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा ? त्यसैले आज परिवारको एउटा सदस्यको नाताले अभिभावकसंग पश्न गर्न मन लागेको छ । किन आजसम्म पनि स्थानीय तहमा आर.डि.टी. कीट र पिसीआर पुग्न सकेको छैन,

    किन स्वास्थ्य उपकरण प्युठान बोकेर आउने गाडी भालुवाङबाट बर्दीया मोडिन्छ यहि हो माननीयहरुको उत्तरदायित्व ?

    अर्थमन्त्री ज्युले असार ७ गतेभित्र कर तिर्नुपर्छ भनेर ताकेता लगाउनुभएको छ । थाहाँ छ तपाईका नागरिक भोकमरीले छट्पटाएका छन। भोकभोकै मर्दै छन् । तिम्रो हिम्मत छ?  एनसेलले छली गरेको २ अर्ब कर उठाउने र मन्त्रीहरुले भष्टाचार गरेको ७० करोड जस्ता अन्य करोडौ असुली गर्ने ? अब कर तिर्न नागरिकलाई ताकेता नगर यसवर्षको कर यहि २ अर्ब र ७० करोडजस्ता अन्य करोडौ अनियमितताबाट असुली गरी नागरिकको कर तिर । उहालाई एकवर्ष पुरानो कार्पेटमा बिच्छाएर बस्दा के हुन्थ्यो ? पहिला नागरिकलाई बचाउनका लागि एकान्तबासमा बस्नेहरुलाई राम्रो सुविधा मिलाउ अनि फेरौला कार्पेट महामहिम राष्ट्रपती ज्यु। हजुर नै राष्ट्रको प्रमुख भएको देशमा हजुरहरुकै छोरी र मेरै बहिनी निर्मलाजस्ता चेलीहरु दैनिक बलात्कृत भएर मरेका छन् ।तपाईको कानमा यो खबर पुगेको छ कि छैन् ? छ भने आजसम्म के गर्यौ हामिले उनीहरुको विषयमा ? केन्द्रबाट कर्मचारी खटाउँछौ कम्तिमा पनि एक वर्ष सम्बन्धीत तहमा काम गर्नुपर्ने भनेर तर आएको तीन महिना नहुँदै राजनीति र पावरले उनीहरुको सरुवा मिलाईन्छ अनि आउनुभन्दा पहिले भेटनरी शाखाबाट वितरण गर्ने बोयर बोकाको कानमा ट्याग लगाएजस्तै राजनीतिक ट्याग लगाईदिन्छ । राम्रो काम गर्ने कर्मचारीलाई नराम्रो दृष्टिकोणले हेर्छौ सात÷ आठ पटक मन्त्रालय धाएर विकट ठाउँमा सरुवा मिलाउन तर्फ लाग्छौ किन स्वस्फूर्त रुपमा काम गर्न किन दिईन्न ? अहिले यो महामारीको कारणले गर्दा स्वदेश फर्किएका लाखौँलाख यूवाहरुसंग संगै नेतृत्व गरेर बाझिएको खेत, बारी, पाखापखेरामा कुटो, कुदालो, फरुवा चलाउनुस  ब्यामशालाको आवश्यकता नै पर्दैन् । तपाईको नेतृत्वमा केहि वर्ष अगाडी गृहमन्त्रालय चल्यो तर तपाईकै गाउँठाउँमा आज जातियताको आधारमा निर्मम कुटपिट गरी दिनदाहाडै देशका होनाहार यूवा मारिन्छन् । हिजो ती दलितका घरमा र तीनैका खर र फुसका ससाना झुपडीमा द्धन्द्धकालमा ज्यान जोगाएर तपाईहरुलाई नै होईन र ? आफुले खाने गास काटेर खुवाएर बचाएका दलितहरु आज मारिदैछन किन ? किन रुकुम जाजरकोट पुगेर भन्न सक्दैनौ निर्भवतापूर्वक कुटपिट गरि भेरीको किनारमा लास फ्याकिएको हो न कि दौडेर भेरीमा हाम फालेर मरेको हैन भनेर यहि हो त गृहमन्त्रालय दिने न्याय ? तपाईलाई मात्रै छ ज्यानको माया? मर्ने बेलामा दुई÷ तीन पटक किडनी फेर्दै राष्ट्रको ढुकुटी किन सक्नुहुन्छ कम्रेड ? कि सक्दैन भन्नुस। म जस्ता २९ वर्षका ३०, ३५, ४० वर्षका सयौँ यूवाहरु छन् देश हाक्न सक्षम ।
    तपाईलाई ज्यानको त्यत्रो माया हुदाँ हामी ७५३ वटा स्थानीय तहका अभिभावकलाई पनि हाम्रा नागरिकको ज्यानको माया त्यत्तिकै छ ।

    यतिबेला तपाईले र हामीले गर्ने कामको नतिजा आम नागरिकहरुले आर.डि.टी. जस्तो तीव्र र पिसीआर रिपोर्ट जस्तो भरपर्दो र उपलब्धिमुलक खोजेका छन् । न कि बजेट भाषणमा जस्तो यो गर्नेछौँ उ गर्नेछौँ भन्ने समय यो होईन । तपाई र हामीले यो विषम परिस्थिती र महामारीलाई नियन्त्रण र व्यवस्थापन गर्ने मात्र होईन।

    स्वदेशमा आएका लाखौँ यूवाहरुलाई भोली संगसंगै यहि देशमै स्वरोजगारी बनाई स्थापित गर्नु छ यहि पाराले सकिन्छ त सरकार ?

    हरेक स्थानीयतहहरुको अवस्था अहिले कहालीलाग्दो छ । माननिय ज्युहरु सक्नुहुन्छ भने हरेक प्रदेशका हरेक जिल्लामा ५÷ १० हजार व्यवस्थित टेन्ट पठाउनुस हामी खेलमैदानमै भएपनि एकान्तबासको व्यवस्थापनमा खटिन्छौँ र सक्नुहुन्छ भने तुरुन्तै कम्तीमा पनि जिल्लामा एक वटा पिसीआर ल्याब सञ्चालनमा ल्याउन पहल गर्नुस सक्नुहुन्न भने हाम नागरिक समक्ष सक्दैनौ भनेर हात खडा गर्नुस। जसोतसो हामी स्थानीय सरकारले दुःखसास्ती खेप्दै नागरिक बचाउने तर्फ लाग्छौँ । सबैको जय होस।

    दामु वि.क.
    प्रवक्ता ऐरावती गाउँपालिका ।।।

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    लोकप्रिय

    • १.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन

    • २.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • ३.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    • ४.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन

    • ५.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ६.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण

    भर्खरै

    • १.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    • २.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

    • ३.
      स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    • ४.
      स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

    • ५.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

    • ६.
      श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

    • ७.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ८.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation