• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

`भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे

लोकप्रिय समाचार

  • १. सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

  • २. `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

  • ३. आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

  • ४. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • ५. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ६. एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत गरे

  • ७. झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

  • ८. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ९. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

जातीयताले निम्त्याएको प्रश्न र यसको चिरफार


  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
  • नेपालको सामाजिक रुपान्तरण, सामाजिक न्याय सहितको सर्वाङ्गीर्ण सामाजिक विकासमा निरन्तर अन्धविश्वास र कुरीति बाधक बनिरहेका छन्।

    Advertisement

    जसरी नेपाल विविध जातजाति र रीतिरिवाजलाई अँगालेको देश हो त्यसरी नै समयसमयमा जातीय द्वन्द, विभेदकारी प्रथा र अन्ध परम्पराले समाजको उत्थानमा नकारात्मक प्रभाव पारिरहेका छन्। मानव जातीको उत्पत्ति र विकासक्रम संगसंगै सामाजिक चलनचल्ती र रीतिस्थिती बन्ने क्रम र बदलिने क्रम चलि नै रह्यो। जैविक र प्राकृतिक रुपमा मानिसको जात दुई भागमा विभक्त भएको भएपनि समाजको चलनचल्तीलाई सहज र सरल बनाउन परापुर्वकालमा नै मानिसको वर्गीकरण कामको अाधारमा गरिन थालियो। त्यसै अनुरुप धार्मिक ग्रन्थहरु बने, कति सामाजिक मुल्यमान्यताहरु स्थापित गरिए, तैपनि समाजको तीब्र विकासक्रम संगै समयानुकूल परिमार्जन र परिष्कार गरिनुपर्ने सामाजिक मुल्यमान्यता, धार्मिक विश्वास र सामाजिक रीतिरिवाज भने लगभग यथावत् नै रहे।

    समाजको एक किसिमको वर्गीकरण त्यसबेला समयानुकूल थियो होला तर सदैव यो कसरी अनुकुल हुन्छ र? तत्पश्चात मानिसले कामका अाधारमा जाती निर्धारण गरेपछि सानो या तल्लो स्तरको र माथिल्लो स्तरको भनेर विभेदकारी व्यवहार र शैली अपनाए। त्यसैगरी अाफ्नो जातीय समान अस्तित्व र अास्था अनुसारका मानिसका समुह एकैसाथ रहन थाले र एकअर्कालाई फरक फरक दृष्टिले हेरिन थालियो। कति धार्मिक पुस्तक र ग्रन्थमा समेत यसको केही प्रभाव देखियो। मानिसले जातीय व्यवहारलाई त्यसपछि धार्मिक अास्थासंग जोडेर हेर्न थाले। जस्ले अाफ्नो जातिको संस्कृति र रीतिरिवाजलाई तोड्न खोज्छ उसलाई धार्मिक रुपमा अनिष्ट हुने अनेक अड्कल काटेर हेरिरहे। एउटै प्राकृतिक प्रक्रियाबाट जन्मिएका मानिसका बीच अन्यायपूर्ण विभेद कायम रहिरह्यो। अज्ञानता , गरिबी, अशिक्षा, बेरोजगारी, सचेतनाको कमि, शासकको कमजोरी र लापरबाही अादि कारणहरुले जातीय विभेद कायमै रह्यो। धर्म, जातजाति, संस्कृति अादिलाई फरक तरिकाबाट अर्थ्याईयो। तर यसका मुख्य कुराहरु समानता , शिष्टता, मेलमिलाप, एकता, सेवा, दया, करुणा र हीत अादि भन्दा पनि एक जातिका मानिसले अर्को जातिको मानिसलाई हेर्ने दृष्टि अन्यायपूर्ण र विभेदकारी रह्यो। केही जातिहरुलाई निरन्तर शोषण, दमन र उत्पीडनमा राखेका कारणले ती जातिलाई दलित भनेर एउटा छुट्टै नामाकरण गरियो जुन दुर्भाग्यपूर्ण छ। एउटै तरिकाले जन्मिएर एउटै तरिकाबाट मृत्युुवर्ण गर्ने शाश्वत सत्यका विचपनि समाजले निर्माण गरेको त्यही जातीय घेराको सङ्कुचनमा अाफ्ना अवसरहरुलाई पनि तिलाञ्जली दिनुपर्यो। मानिस जसलाई समाजले निरन्तर रुपमा तल्लो जातको संघा दिइरह्यो उनिहरुले अरुले झैँ समाजको निर्णय प्रक्रिया देखि उच्च स्थानमा अाफूलाई उभ्याउन सकेनन् । ठुलाठुला अवसरहरु उनिहरुका लागि सामाजिक दुरिको निशानाले असंभव प्रायः बनिरहे तर पछिका केही परिवर्तनले केही हदसम्म यो जालोलाई चीर्न मद्दत गरेपनि पुर्णरुपमा सार्थक भने बन्न सकेन।जसले मन्दिरको मुर्ति कुँदेर बनायो उसैलाई मन्दिरमा बर्जित गरिदिने, जसले सबैलाई लुगाफाटो सिलायो उसैले समाजको जातीय तिरस्कार र उत्पीडनले च्यात्तिएको मन फटाउने, जसले हातहतियार बनाउथ्यो उसैले समाजको यस्तो अन्धविश्वासलाई चिर्ने हतियार बनाउन नसक्ने जस्ता अवस्थाहरु बने।

    हामी सबै एक भई समाजको विकासमा जुटौं भन्नुको सट्टा तँ र तेरो जाति र म र मेरो जातिको नाममा समाज रुमलिईरह्यो।

    त्यही एक समाजले नामाकरण गरेको जात र थरको अाधारमा निरन्तर सयौं वर्ष एउटै उत्पीडन र हिंसाको अाहलमा मानिसहरु पर्न बाध्य रहे। तर कुनै जातका मानिस पनि एक अर्काविना बाँच्न असम्भव प्राय थियो । मानिसका जीवन एकअर्कामा यति धेरेै अन्योन्याश्रित हुदाहुदै पनि एकअर्कालाई ठूलो र सानो रुपमा हेर्ने स्थिति उस्तै रह्यो। त्यसमा पनि विशेषत: जातीय छुवाछूत अत्यन्तै मौलाईरह्यो। जातजातिको अाधारमा गरिने विभेदले गर्दा नै कथित दलित वर्गहरु मन्दिर पस्न नपाउने, संगसंगै खान नहुने, अरु कथित ठुला जातिलाई छोए अनिष्ट र पाप लाग्ने जस्ता मिथ्या मानसिकताले शासन गरिरहेपछि बिगतमा ती सबै विभेदको चपेटामा परेका सबै जातिले अाफूले कुनै जुनिमा गरेको पापको फलको रुपमा स्विकार्दै पिडित बनिरहे, कतिले साहस गरेपनि सार्थक बन्न सकेन । हुनत जातीय विभेद मात्रै समाजमा विद्यमान रहेको भने पक्कै होइन तर जातीय विभेदको यो डरलाग्दो अमानवीय व्यवहारले मानिस सबै एक हौं भन्ने भावनालाई सधै कुल्चिरहेको थियो। जातजाति त समाजले निर्माण गरेको विश्वासको नीति थियो न कि कुनै अमुक भगवानले बनाएको निती तर मानिसले यसको पुनर्विचार, पुनर्व्याख्या र परिस्कार गर्ने बेला बरु यसैको दलदलमा फसिरह्यो। मानिसले धर्मसंस्कृति र रीतिरिवाजलाई समयानुकूल परिवर्तन र परिमार्जनको दस्तावेज भन्दा पनि यसैलाई अचुक र अपरिवर्तनीय दर्शनको रुपमा शीरोधार्य गरिरहे पछि यसको बैज्ञानिकता भन्दा पनि व्यवहारीकतालाई अँगाल्न मानिस तयार भए। प्रकृतिले कदापि विभेद गरेन, मानिसका अंगअंगमा समानता पाईन्छ, सबै अङ्गप्रत्यङ्ग र यसका कार्यहरु समान छन, काटे रातै रगत अाउँछ, जन्मपछि मृत्युले कसैलाई काखापाखा गर्दैन तर हाम्रो सामाजिक विश्वासले भने जातका नाममा कैयौं विभेद गरिरह्यौ। न त प्रकृतिले नै भेदभाव गरेको छ ? के हावा त्यसरी बहँदो हो त, यदि सुर्यले पनि मानिसले झैँ व्यवहार गर्दो हो त त्यसरी नै पृथ्वीको चक्रयात्रा चलेको थियो भने संसार यस्तो पक्कै हुने थिएन। सबैका लागि प्राकृतिक साधन समान छन हैसियत अनुसार सबैले प्रयोग गर्न सक्छन् , नामाकरण गर्न सक्छन तर सोही अनुरुप प्रकृति चल्दैन।

     

    हामीले मान्ने देवताहरुको के जात थियो त ? जसरी एउटा नाम भएको व्यक्ति धनप्रसादसंग धन नहुन सक्छ त्यसरी नै एउटा कथित तल्लो जात वा थर हुदैमा उ तल्लो जातको वा स्तरको हुदैन। मानिसको स्तर उसको विचार, कार्य, शैली र व्यवहार बाट प्रकट हुनुपर्छ।

    समतामूलक समाजको निर्माण गर्न जातीय विभेदको उन्मुलनलाई सशक्त रुपमा उठाउदै सामाजिक, अार्थिक, राजनितीक, प्रशासनिक, धार्मिक,एवम् सर्बाङ्गीण क्षेत्रमा समान अवसर र पहुँच स्थापित गर्न कैयौं अान्दोलन र परिवर्तनहरु भए। तिनै अान्दोलनका बलले समाजमा केही छिटफुट परिवर्तनका बाछिटापनि देखिए भने निति नियममै यिनी विभेदकारी नितीलाई संवैधानिक रुपमै स्थापित भए। कानुनले समेत जातीय अाधारमा कसैलाई कसैले विभेद गर्न नपाउने स्पष्ट व्यवस्था गर्यो। यो कुरा पनि सानो र सामान्य पक्कै थिएन।

    नेपालको कानुनले जातीय आधारमा गरिने छुवाछूतलाई दण्डनीय अपराध भनेको पनि अाधा सताव्दी नाघिसकेको छ तर समाजमा रहेको यो गम्भीर सामाजिक कुप्रथाले झनै बलियो गरि जरा गाडिरहेको छ जुन अत्यन्तै दुखद् विषय हो। नेपालको मुलुकी ऐन, २०२० ले नै छुवाछूतलाई दण्डनीय अपराध भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछूतको व्यवहार हुने छैन भनेर नेपालको तत्कालीन संसद्ले २०६३ मा नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको पनि छ । तर,अपशोच समाजमा यसको प्रभावकारीतामा भने निरन्तर प्रश्न चिह्न खडा भइरहेको छ। देशका निति र नियममा जातीय विभेदलाई विधिवत् रुपमै छुवाछूतमुक्त राष्ट्रको उपमा दिएपनि समाजको भित्री रुपमा ,जनजनको मानसपटलमा अझैसम्म पनि यसले बेस्सरी जरो गाडेको छ। जातीय उत्पीडन निर्मुल पार्न कैयौं नीति कार्यक्रम बने, कति गोष्ठी र बैठकमा राष्ट्रको ढुकुटीबाट करोडौं रकम होटल र रेष्टुरेन्टमा जातीय नारामा सकिए तर बिनियोजित बजेट सकियो तर जातीय उन्मुलन भएन जातीय मुद्दा कतिलाई राजनिती दुनो सोझ्याउने सिँढी मात्रै बने ।

    राष्ट्रले जातीय विभेदमा परेका बर्गलाई छुट्टै अारक्षण कोटा निर्धारण त गर्यो तर अधिकांशमा लक्षित बर्ग कहिल्यै परेनन्।

    जातीय उत्पीडनको उन्मुलन पनि जातीय हिंसाकै बाटोबाट गरियो तर सुरुवात गरिनुपर्ने थियो पछाडि पारिएका बर्गको उत्थान, सशक्तीकरण र प्रतिनिधित्वको अवसर सुनिश्चितताबाट। त्यहि अान्दोलनको क्रममा कतिले माथिल्लो जात भएकै कारण मृत्युको मुखमा पुगे तर पछाडि परेका बर्गलाई अवसर प्रदान सोचे अनुरुप गरिएन बरु यी मुद्दालाई अाफ्नो राजनितीक भर्याङ्ग बनाइए। विगत देखि हालसम्म पनि जातीय हिंसा , उत्पीडन र छुवाछूत प्रथा रोकिएको छैन। एकातर्फ यस्तो सामाजिक अपराध बढेर गएको छ भने अर्कोतर्फ सरकारले निर्दिष्ट गरेका अारक्षणमा पनि दलित भनेर सम्बोधन गरिएको छ, यसले पछाडि पारिएका र परेमा बर्गलाई सधैं पछि नै पारिरहेको देखिन्छ ।

    अारक्षणले लक्षित बर्गलाई अाफ्नो क्षमता अभिवृद्धि, सक्षम बन्न किन प्रभावकारी रुपमा प्रेरित गरेन?

    उदाहरणका लागि काठमाडौंमा बस्ने एउटा धनी र सम्पन्न विश्वकर्मा थरको व्यक्तिले अारक्षण कै अवसर पाउँदा विकटको एउटा गरिव अर्को विश्वकर्माले त्यो अवसरको बारेमा अनबिज्ञ रहन्छ किनकि उसलाई सशक्तीकरण गरिएको छैन। अझ विकटको गरिब पान्डेले त्यो अवसर पाउने कुरै भएन बरु नकारात्मक दृष्टिकोणले हेरिन्छ। यसरी जात र थरकै कारणले भोग्नुपरेका अनेकौं बिभेदको निर्मुलीकरण अाजको टड्कारो अावश्यकता हो। पछि परेका वा पारिएका बर्ग र कथित माथिल्लो जातका मानिस विच नैराश्यता, घृणा भाव हैन भाइचाराको सम्बन्ध नहुदा सम्म यो विषय हल नहुने देखिन्छ। जातीय बिभेदको चर्को बिरोध गर्ने तर व्यवहारमा छुवाछूतको प्रथा चलाईरहने, जातीयताको नारालाई राजनितीक मुद्दा बनाएर अाफूलाई पद पड्काउने खेल गर्ने, जातजातिको विभेदको अन्त्य गर्ने नीति कार्यक्रमको भत्ता कुम्ल्याउने तर सिन्को नभाँच्ने सबैप्रति हामी सवै सजग रहनुपर्छ। अारक्षण प्रदान गर्दैमा समस्याको हल हुने होइन यो त एउटा राहत मात्रै हो। दीर्घकालीन समाधान भनेको पछि पारिएका सबै बर्गलाई सशक्तीकरण र सबलिकरण नै महत्त्वपूर्ण अस्त्र हो। अारक्षण पाएका तर संसद्मा लिखित वक्तव्य समेत पढ्न नसक्ने स्थिति देखिएका सासंदहरु छन्। यस्तो अवस्था अाउनुमा पनि सशक्तीकरण र सबलिकरण विनाको अारक्षणको व्यवस्था हो।यस प्रकारको व्यवस्थाले अारक्षण पाउने सवैलाई सधैं अारक्षणको भर परेर मात्रै अगि बढ्न सकिन्छ भन्ने बनाउँछ तर अाफै सक्षम बन्न त्यति प्रेरित गर्दैन। सशक्तीकरण र क्षमता विकास अाजको अावश्यकता हो, एउटा दौड्न सक्छ र एउटा दौड्न सक्दैन भन्दैमा दोड्न सक्नेको खुट्टा बाँध्नु भन्दा कमजोरलाई बलियो बनाउँ र दौड्न सामर्थ्य राख्ने बनाउँ, समानता मात्रै हैन समतामूलक बनाउँ। यसो भन्दैमा पछि परेका र पारिएका सबै बर्ग र समुदायका मानिसलाई ठाउँ र अवसर नदिउँ, दिइएको अवसर हटाउँ भन्ने पटक्कै हैन बरु उचित प्रबन्ध गर्न उनिहरुको सीप, कला कौशलको सशक्तीकरण गरौँ अनि समान व्यवहार प्रदर्शनपनि संगसंगै पक्कै गरौं भन्ने हो। उनिहरुको श्रमको अवमूल्यन नगरौं , समान हेेैसियत कायम गराउन सबै जुटौं।

    कहिले अरु जातीको पानी छोएको निहुँमा , कहिले मन्दिर पसेको निहुँमा त कहिले अन्तरजातीय विवाह र प्रेममा रहेको निहुँमा दिनानुदिन मानिस कहिले जिउँदै जल्न विवश छन त कहिले दिसापिसाब समेत खुवाईएका छन् त कहिले यसकै चपेटामा परेर कतिको ज्यान समेत जाने गरेको बर्बर खबर अाइरहन्छन। यसेै विच केही दिन अगि अन्तरजातीय प्रेम बिहे गर्न जाजरकोटबाट पश्चिम रुकुम आएका युवाको समूहलाई जातीय रुपमा गालिगलौज मात्रै गरिएन ढुंगामुढा गरेर लखेटियो, ज्यान बचाउनकै लागि भेरीमा हामफालेका तीनजनाको शव भेटियो, तीन अझै बेपत्ता रहेको यस दुखद र दुर्भाग्यपूर्ण खबरले स्तब्ध मात्रै बनाएन सोच्न बाध्य समेत तुल्याएको छ।दुलहा बनेर दुलही लिएर घर फिर्ने योजनामा रहेका युवा दुर्भाग्यपूर्ण तवरले लास बनेर भेरी नदीमा बगे। यस मुटु नै हल्लिने कहालिलाग्दो घटनाले फेरि एकपटक हाम्रो नेपाली समाज कता जाँदैछ भनेर पुष्टि मात्रै गरेन मानवीय संवेदना र करुणा पनि भेरी नदीको पानी संगै अोरालो लागेको प्रष्ट सङ्केत गरेको छ । त्यसै गरि यस घटनाले जातीय उत्पीडन र जातीय छुवाछूत उन्मुलनको अभियानमा गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिकालाई लिन १९ जना युवा गएका थिए । पश्चिम रुकुमको चौरजहारी–८सोतीमा गाउँले र ती युवाहरुबीच झडप समेत भएको बताइन्छ । श्रोतका अनुसार ‘नवराजको शरीरभरि हेरिनसक्नु घाउ नै घाउ छ, टाउको र मुखमा ढुंगैढुंगाले हानेर हत्या गरेको देखिन्छ । नदीमा त मारेर फालिएको अाशंका गरिएको छ। यस घटनामा पनि तल्लो माथिल्लो भनिने जातकै कारण प्रेम बन्धन मात्रै हैन जीवनको बन्धन समेत छुटेको छ, एउटा पिडित परिवारलाई यो भन्दा दर्दनाक पीडा के हुन सक्ला ?

     

    यस किसिमका अमानवीय व्यवहार अाज एक्काइसौं सताब्दीमा पनि दिनहुँ घटिरहेको छ, के हामी जनतामा जनचेतनामूलक सन्देश प्रभावकारी ढङ्गबाट सम्प्रेषण गरेका छौँ त, के नीति हुदैमा नियत सुध्रिन्छ त, के छुवाछूत मुक्त जिल्ला घोषणा हुदैमा यस्ता घटना रोकिएका छन् त, के जनप्रतिनिधि र अभियान्ताका कार्यक्रम प्रभावकारी छन् त? यी र यस्तै कैयौं प्रश्न हामी सामु तेर्सिएका छन्।

    अझैपनि चेतना विस्तार गर्न चेतनामूलक कार्यक्रम, प्रभावकारी न्याय निरोपण, शिक्षाको विस्तार, दण्ड सजायको कडा व्यवस्था, सामाजिक समानताको प्रत्याभूति नगर्ने हो भने यी र यी जस्तै घटना पून: दोहोरिन नसक्लान् भन्न सकिन्न। परिवारको निरन्तर असहमति रहिसकेपछि पारिवारिक रुममा सुल्झाउने प्रयास गरेको भए यस्तो दुर्दशा अाइपर्ने थिएन होला तर पनि जातकै अाधारमा कसैको ज्यानै लिने किसिमको हर्कतमा संलग्नलाई हदैसम्मको कानुनबमोजिम कारबाही गरिनुपर्छ। हिजोअाजको प्रेम पनि वास्तविक प्रेम भन्दा पृथक छ। अपरिपक्व अवस्थामै जीवनको छिनोफानो गरिनुले पनि यस्ता घटना निम्त्याउन सक्छन् । यस तर्फपनि सबैको ध्यान जानू जरुरी छ। केटिपक्ष र केटा पक्षको परिवारको निरन्तर असहमति हुदाहुदै यस्तो बन्दाबन्दिको( लकडाउन)अवस्थामा पनि समूह नै लिएर जानुपनि सान्दर्भिक थिएन पनि होला। अापसी सहमति र सम्झौता मार्फत विहेको कुरा छिनोफानो गरेको भए झनै उचित हुन्थ्यो जुन दुर्भाग्यले भएन तर यसो भन्दैमा जातकै कारण यत्रो निन्दनीय कार्य गर्ने सबैप्रति शंकाको सुविधा दिइरहन सकिन्न।यो घटनाको घोर भत्सर्ना गरौं । यो घटना पनि बर्षा यामको भेल जस्तो नहोस्, ठोश छानबिन होस् । यस्ता घटनाबाट पाठ सिकौं, अाफ्नो क्षेत्रबाट सम्बन्धि पक्षलाई अावाज दिऊँ।अवका दिनमा यस्ता घटनाहरु नघटुन्, दिवंगत विक सहित सबैको अात्माको चीर शान्तिको कामना, शोकाकुल परिवार जनप्रति गहिरो समवेदना संगै दोषीलाई कारबाहीको जोडदार माग गरौं।

    ©कृष्ण समर्पण
    सुनवल ११, भडरी , नवलपरासी
    हाल= ब्रिसबेन, अष्ट्रेलिया
    www.krishnapaudyal803@gmail.com

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य
    सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले
    खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो
    नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न
    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    प्युठानमा १४ जनाको मनोनयन दर्ता

    लोकप्रिय

    • १.
      सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई

    • २.
      `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान

    • ३.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ४.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ५.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ६.
      एमाले उम्मेदवार थापालाई स्थानीयले ‘आफ्नै भाषा’मा स्वागत

    भर्खरै

    • १.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • २.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ३.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ४.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    • ५.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ६.
      झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

    • ७.
      सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    • ८.
      `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation