• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ३. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ४. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

  • ५. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ६. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • ७. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ८. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ९. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

  • १०. जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

कोरोनाको तनाबले कब्जियत तथा पेटको समस्या


  •   शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित
  • गोपाल ढकाल। ५० बर्षिय एक पुरुषलाई लकडाउनको ५/७ दिन देखि दैनिक दिसा नलाग्ने, दिशा भए पनि थोरै हुने,पेट फुल्ने ,दिसा गर्न अप्ठ्यारो हुने,पेट भारी हुने, पेटमा ग्यास बन्ने, पेट सफा नहुने ,असपट हुने, शरीर चंगा र छरितो नहुने,पेट कराउने, जस्ता कब्जियतका लक्षणहरु देखिए । कोरोनाको त्रासले आफु भयभित बैचेनी र तनाबमा रहेको समेत बताउदै मनोपरामर्शका लागि मनोबिदलाई फोन गरे। साथै आफुलाई पहिला देखिनै डर चिन्ताको मानसिक समस्या भएको जानकारी समेत गराए ।
    लकडाउनको समयमा तपाईलाई पनि यस्तै कब्जियत वा पेटसँगका अन्य समस्याहरु त देखिएका छैनन ?

    Advertisement

    कब्जियत तथा पेटसँग सम्बन्धित अन्य समस्याहरु तनाव र चिन्ताको कारणले समेत हुनेगर्दछ। कोरोनाको प्रकोप तथा लकडाउनले स्बभाबिक रुपले मानिसहरुमा मानसिक तनाव, डर , त्रास , चिन्ता बढाएको छ । तनावले पाचन थैलीबाट निस्कने ग्याष्टिक एसिडसहित विभिन्न हर्मोन र रासायनिक पदार्थको उत्पादनमा प्रत्यक्ष प्रभाव पर्छ। मानसिक तनाव हुँदा शरीरबाट बिभिन्न खालका स्टेस हर्मनहरु निस्कन्छन । तनावले कब्जियत हुनुका साथै पेटमा ग्याँस उत्पन्न भइ ग्याष्टिकको समस्या समेत देखिन्छ सक्छ ।तनाबले पाचन प्रणालीमा असर पुर्याउछ। जसको कारण पेट दुख्ने , कब्जियत हुने , पखला लाग्ने , वान्ता हुने वा पेटमा गडबडी हुने जस्ता समस्याहरु देखिन सक्छन ।कब्जियत हुनुको अर्को कारण जीवन शैली खानपना पनि हो । कोरोनाको संक्रमणक‍ो कारण लकडाउन गरिएको अहिले अबस्थामा हाम्रो जिवन शैलीमा परिबर्तन आएको छ। केही असन्तुलित समेत हुन पुगेकोछ। असन्तुलित खानपान र जीवन शैली हुँदा लकडाउनको समयमा धेरैमा कब्जियतको समस्या देखिएको हुनसक्छ ।

    लकडाउनले शारीरिक रुपमा हामी निष्क्रिय जस्तै भएकाछौ। चौबीसै घण्टा हामी घर भित्रै बस्न बाध्यछौ । लामो समयसम्म घरमा बसिरहँदा , शरीर चलायमान नहुदा वा शारीरिक श्रम नहुदा खानेकुरा सहजै पच्दैन । जसले गर्दा कब्जियत वा पेटका समस्याहरु बढेर जान्छ ।

    लकडाउनमा कब्जियत हुनबाट जोगिन कस्तो हुनुपर्छ दैनिकी ?

    शरिरलाई सक्रिय वा ब्यस्त राख्ने तथा मनलाई शान्त र आनन्दित बनाउने दैनिक किर्याकलाप हुनुपर्छ ।

    आफ्नो दैनिकीलाई नियमित र संतुलित बनाउनु पर्छ । काम गर्ने , खाने, सुत्ने समय निश्चित हुनु पर्छ । शैचालय जाने समय पनि निश्चित र नियमित बनाउनु पर्छ।

    शारीरिक ब्यायम गर्नु अहिलेको समयमा अति जरुरी हुन्छ । योगाभ्यास वा शारीरिक ब्यायमले तनाब कम हुन्छ । साथै शरिरको पाचनशक्ति समेत बढाउन मद्दत गर्छ ।

    तनाबको समयमा प्रशस्त आरामको जरुरत पर्छ । दैनिक कम्तीमा ७- ८ घण्टा सुत्नु जरुरी हुन्छ। सुत्ने समय भने निश्चित हुनुपर्दछ । फुर्सद छ भनेर धेरै समयसम्म सुतिरहनाले पनि पाचन प्रणालीमा असर पुुग्छ।

    राति अबेलासम्म टेलिभिजन हेरेर बस्ने , मोबाइल तथा ल्यापटपको बढि प्रयोग गर्ने जस्ता ब्यबहारले पाचन प्रणालीमा असर पुर्‍याउने गर्छ। यसको प्रयोगलाई सिमित गर्नुपर्छ ।

    मनलाई शान्त राख्न ध्यान , श्वासप्रस्बासको अभ्यास ,आरमदायिक अभ्यास गर्नु पर्दछ । जसले तनाव ब्यबस्थापनमा सहयोग पुग्छ।

    लकडाउनको समयमा कस्ता खानेकुराहरु खाने ?
    लकडाउनको कारणले हाम्रो खानपान नमिलिरहेको पनि हुनसक्छ । जसले गर्दा कब्जियत भएको हुनसक्छ । त्यसैले यी कुराहरुमा ख्याल गर्नुपर्छ।

    पचाउन सजिलो हुने प्रकृतिक खाद्यान्नहरु जस्तो रेसादार खानेकुरा , हरियो सागपात, सब्जी ,सलाद,फलफुल ,गेडागुडी, टुसा उम्रेका अन्न,काँक्रा, गाजर, मूला जस्ता खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । प्रशस्त मात्रामा पानी, दही, मही , जुस, सुप वा झोलियो खानेकुरा खानुपर्छ ।

    अमिलो–पिरो, फस्टफुड र ड्राईफुड, धेरै चिल्लो ,तारेको, भुटेको , माछा,मासु, अण्डाजस्ता मांसाहार नखाके वा कम खाने। कोल्ड ड्रिंक र फास्टफूड सेवन गर्नु हुदैन । यसले पाचन प्रक्रियालाई असर गर्छ ।

    तनाबको बेला कि खानै मन लाग्दैन कि अरुबेला भन्दा धेरै खान पुगिन्छ । लकडाउनमा परिवारसँगै हुने, फुर्सदिलो भएका कारण खाने मात्र काम हुनसक्छ । जसले गर्दा खाएको खाना पच्न पाउदैन र कब्जियत हुनसक्छ । त्यसैले दिनमा ४-५ पटक गरेर थेरै थेरै खानु उपयुक्त हुन्छ ।

    चिया, कफि पनि धेरै खानु हुदैन। धूमपान तथा मद्यपान त गर्नैहुदैन । तर तनाबको बेला यसको सेबन बढने जोखिम पनि हुन्छ । यसमा सचेत रहनु पर्छ । दैनिक जीवन शैलि र खानपानमा ध्यान पुर्याउदा पनि कब्जियत वा पेट सम्बन्धि समस्याहरु कम नभएमा घरेलु उपाय अपनाउन सकिन्छ । जस्तो त्रिफला चूर्ण जस्ता आयुर्वेदिक अौषधीको सेबन गर्न सकिन्छ । तर लामो समयसम्म कब्जियतको समस्या रहिरहेमा भने सम्बन्धि बिशेषज्ञलाई देखाउनुपर्छ । एन्जाईटी वा चिन्ताका जन्य मानसिक रोगहरु , डिप्रेसन जस्ता मानसिक समस्याको कारणले पनि कब्जियत वा पेट सम्बन्धि समस्या देखिन सक्छ । मानसिक रोगका कारणले यस्तो भएको हो भने मनोरोग बिशेषज्ञलाई देखाउनु पर्छ । मानसिक रोगको कारण पेटको समस्या आउदा जति सुकै ग्याष्टिक वा पेटको अौषधी उपचार गरेपनि रोग निको हुन गार्‍हो हुन्छ। हाँस्य कलाकार केदार घिमिरेलाई पनि एक पटक असाध्यै पेट दुख्ने समस्याले सतायो। पेटको जति नै अौषधि उपचार गरेपनि पेट दुख्न कम भएन। पछि उनलाई डिप्रेसन भएको थाहा भयो । डिप्रेसनको उपचार पछि उनको सबै समस्याहरु कम भएर गयो।

    लेखक ढकाल मनोविद हुन । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।

    शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ३.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ४.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक

    • ५.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ६.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    भर्खरै

    • १.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

    • २.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

    • ३.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    • ४.
      ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

    • ५.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ६.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

    • ७.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ८.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation