झइन्द्र भण्डारी,प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाले लकडाउनका कारण रोकिएका योजना तथा विकास निर्माणका कामहरूलाई सञ्चालन गर्ने भएको छ ।
आज मङ्गलबार बसेको कार्यपालिका वैठकले लकडाउनका कारण रोकिएका निर्माण योजनाहरुको काम कामदारको सुरक्षालाई पूर्ण रुपमा ध्यानमा राख्दै सञ्चालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले जानकारी दिनुभयो ।
योजना तथा विकास निर्माणका लागि चाहिने कामदारहरू सकेसम्म नगरपालिकाभित्रकै प्रयोग गरिने उहाको भनाई छ । कामदारलाई आवाश्यक पर्ने निर्माण तथा खाद्यान्न सामाग्री उपभोक्ता समिति तथा ठेकेदारहरूले पूर्ति गर्ने व्यवस्था मिलाउने रोकाले सुनाउनुभयो । ‘मजदुरको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काम गर्ने मजदुरलाई बाहिर जान र बाहिरका कसैलाई संलग्न नगराई कोरोना संक्रमणबाट सुरक्षित राखेर काम सञ्चालन गर्ने निर्णय गरेका छौ । ‘लकडाउन लम्बिदै जादा योजना तथा विकास निर्माणका कामहरू अलपत्र पर्ने र यसको ठूलो असर पर्ने हुनाले यस्तो निर्णय गरेको नगरप्रमुखको भनाइ छ ।
स्वर्गद्धारीमा लकडाउनकैबीच निर्माणका योजना सञ्चालन गर्ने
स्वर्गद्धारीमा लकडाउनकैबीच निर्माणका योजना सञ्चालन गर्ने

Advertisement
तपाईको प्रतिक्रिया