• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • १०. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

विदेशबाट आएका व्यक्तिको आफन्तमा सर्‍यो भाइरस


  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
  • काठमाडौं । विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई कोभिड–१९ को संक्रमण भएको पाइएको छ । यससँगै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो । दुबईबाट भारत हुँदै फर्किएका कैलालीका संक्रमित एक युवकबाट उनकी ३४ वर्षीया आफन्तमा संक्रमण सरेको शनिबार पुष्टि भएको हो ।‘यो पुष्टिसँगै नेपाल कोभिड–१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने।नेपालमा यसअघि विदेशबाट आएकामा मात्र संक्रमण देखिएको थियो। पहिलोपटक पुष्टि भएको ७३ दिनपछि नेपाल कोभिड–१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरण नियन्त्रणका लागि पहिलोभन्दा जटिल हुने विज्ञहरू बताउँछन्। रोकथाम र उपचारमा तेस्रो र चौथो चरण झन् जटिल हुने भएकाले लकडाउनको समय बढाउन उनीहरूले सुझाव दिएका छन्।कोभिड–१९ प्रभावित राष्ट्रहरूबाट आएकाहरूमा संक्रमण देखिनुलाई पहिलो चरण भन्ने गरिन्छ। उनीहरूबाट संक्रमण नजिकको सम्पर्कमा रहेका वा आफन्तमा देखिन थाल्नुलाई दोस्रो चरण मानिन्छ। दोस्रो चरणमा केही व्यक्ति संक्रमित भएको अवस्थामा कन्ट्याक्ट ट्रेसिङ (सम्पर्कलाई पछ्याउनु) गर्न सजिलो हुन्छ। ‘यो स्थितिमा आइसोलेसन, सेल्फ क्वारेन्टाइन, उपचार प्रक्रियाले संक्रमण थप फैलिनबाट जोगाउन सकिन्छ,’ निर्देशक डा. पाण्डेले भने।संक्रमणको दोस्रो चरण रोक्न नसके समुदायमा फैलन्छ जसलाई तेस्रो चरण भनिन्छ। तेस्रो चरणमा मुलुक गयो भने ठूलो जनसंख्या संक्रमित हुन सक्छ। चौथो चरण संक्रमणको सबैभन्दा नराम्रो अवस्था हो। यस अवस्थामा संक्रमणले महामारीको रूप धारण गर्छ जसलाई नियन्त्रण गर्न अत्यन्त गाह्रो हुन्छ। ‘हामीले जे, जसरी, जुन प्रकारले भए पनि संक्रमणको विस्तारलाई दोस्रो चरणबाट तेस्रोमा जान दिनु हुँदैन, नत्र हामी महामारीको भुमरीमा फस्छौं,’ डा.पाण्डेले भने। विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका सबै व्यक्तिको सम्पर्क पछ्याउँदै परीक्षण, क्वारेन्टाइन, उपचार गरेर यो चरणलाई नियन्त्रण गर्न सकिने उनले बताए।नेपालमा पहिलोपटक चीनको वुहानबाट फर्किएका ३२ वर्षीय नेपाली विद्यार्थीमा गत माघ ९ मा संक्रमण देखिएको थियो। शनिबार भने तीन जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कैलालीकी ती ३४ वर्षीया महिलाबाहेक भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक र उत्तराखण्डबाट फर्किएका ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। योसँगै नेपालमा संक्रमित भएकाको संख्या ९ पुगेको छ। डा. देवकोटाले संक्रमण दोस्रो चरणमा गइसकेको अवस्थामा क्वारेन्टाइन अनिवार्य रहेको बताए। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    Advertisement

    आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ३.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ४.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ५.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ६.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ७.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ८.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation