• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

विदेशबाट आएका व्यक्तिको आफन्तमा सर्‍यो भाइरस


  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
  • काठमाडौं । विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई कोभिड–१९ को संक्रमण भएको पाइएको छ । यससँगै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो । दुबईबाट भारत हुँदै फर्किएका कैलालीका संक्रमित एक युवकबाट उनकी ३४ वर्षीया आफन्तमा संक्रमण सरेको शनिबार पुष्टि भएको हो ।‘यो पुष्टिसँगै नेपाल कोभिड–१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने।नेपालमा यसअघि विदेशबाट आएकामा मात्र संक्रमण देखिएको थियो। पहिलोपटक पुष्टि भएको ७३ दिनपछि नेपाल कोभिड–१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरण नियन्त्रणका लागि पहिलोभन्दा जटिल हुने विज्ञहरू बताउँछन्। रोकथाम र उपचारमा तेस्रो र चौथो चरण झन् जटिल हुने भएकाले लकडाउनको समय बढाउन उनीहरूले सुझाव दिएका छन्।कोभिड–१९ प्रभावित राष्ट्रहरूबाट आएकाहरूमा संक्रमण देखिनुलाई पहिलो चरण भन्ने गरिन्छ। उनीहरूबाट संक्रमण नजिकको सम्पर्कमा रहेका वा आफन्तमा देखिन थाल्नुलाई दोस्रो चरण मानिन्छ। दोस्रो चरणमा केही व्यक्ति संक्रमित भएको अवस्थामा कन्ट्याक्ट ट्रेसिङ (सम्पर्कलाई पछ्याउनु) गर्न सजिलो हुन्छ। ‘यो स्थितिमा आइसोलेसन, सेल्फ क्वारेन्टाइन, उपचार प्रक्रियाले संक्रमण थप फैलिनबाट जोगाउन सकिन्छ,’ निर्देशक डा. पाण्डेले भने।संक्रमणको दोस्रो चरण रोक्न नसके समुदायमा फैलन्छ जसलाई तेस्रो चरण भनिन्छ। तेस्रो चरणमा मुलुक गयो भने ठूलो जनसंख्या संक्रमित हुन सक्छ। चौथो चरण संक्रमणको सबैभन्दा नराम्रो अवस्था हो। यस अवस्थामा संक्रमणले महामारीको रूप धारण गर्छ जसलाई नियन्त्रण गर्न अत्यन्त गाह्रो हुन्छ। ‘हामीले जे, जसरी, जुन प्रकारले भए पनि संक्रमणको विस्तारलाई दोस्रो चरणबाट तेस्रोमा जान दिनु हुँदैन, नत्र हामी महामारीको भुमरीमा फस्छौं,’ डा.पाण्डेले भने। विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका सबै व्यक्तिको सम्पर्क पछ्याउँदै परीक्षण, क्वारेन्टाइन, उपचार गरेर यो चरणलाई नियन्त्रण गर्न सकिने उनले बताए।नेपालमा पहिलोपटक चीनको वुहानबाट फर्किएका ३२ वर्षीय नेपाली विद्यार्थीमा गत माघ ९ मा संक्रमण देखिएको थियो। शनिबार भने तीन जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कैलालीकी ती ३४ वर्षीया महिलाबाहेक भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक र उत्तराखण्डबाट फर्किएका ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। योसँगै नेपालमा संक्रमित भएकाको संख्या ९ पुगेको छ। डा. देवकोटाले संक्रमण दोस्रो चरणमा गइसकेको अवस्थामा क्वारेन्टाइन अनिवार्य रहेको बताए। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    Advertisement

    आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation