• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ५. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ६. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ७. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ८. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ९. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • १०. गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

व्यबहार र आचरण ठिक नभए ,नामले मात्र कम्युनिस्ट भईदैन


  •   शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित
  • ध्रुव गिरी। मैले बुझेको कम्युनिस्टको सिद्धान्त दर्शन भनेको साम्यवादी व्यवस्था हो । विगत १ सय वर्षमा कैयांै देशमा विभिन्न तरिकाले यसको व्याख्या गर्दै आएको पाइन्छ । यो व्यवस्थामा राजा हुँदैन, एकदलीय शासन व्यवस्था हुन्छ । लोकतन्त्र, प्रजातन्त्र हँुदैन, कुनै विपक्षी पार्टी हुँदैन, नेता हुँदैन । घर, गाडी निजी केही हुँदैन । ३ करोड जनता भएमा सबै जनताका प्रतिनिधि, सबै जनता हुन्छन् । यो व्यवस्था कसरी आउन सक्छ त ? क्रान्ति, द्वन्द्व, वर्गसंघर्षबाट मात्र कम्युनिस्ट सिद्धान्त आउँछ भनिन्छ । यस व्यवस्थामा सिद्धान्ततः कोहीसँग पैसा पनि हुँदैन, मालिक पनि हुँदैन । सबै कुरा जनताको हो, सबै जनता हो । २० औं शताब्दीमा कार्लमाक्सको यो सिद्धान्त संसारभर चर्चित बन्यो । १८१८–१८८३ मा यिनले ठूला–ठूला राष्ट्रको गतिविधि हेर्दै ५० वटाभन्दा बढी अफ्रिकी राष्ट्र घुमेर राजनीतिक र दार्शनिक विचारधारा लेखे । ४०–५० को दशकमा संसारभरि धैरै देशले कम्युनिष्ट सिद्धान्त प्रयोग गरेको पाइन्छ । संसारलाई सुरु–सुरुमा यो सिद्धान्त मन परयो । रूस, क्यूबा, निकाराबा, चीन, लाओस, भियतनाम, उत्तर कोरिया, भेनेजुएला, कम्बोडिया आदि देशमा क्रान्ति सुरु भयो, तर आर्थिक रूपमा चीनबाहेक कुनै पनि देश सम्पन्न हुन सकेनन् । कार्ल माक्र्सको सिद्धान्त परिवर्तनमा आधारित छ । तर, यिनले लेखे मात्र, व्यवहारमा भने लागू गरेनन् । लेनिन, स्टालिन र माओले यो विचारधारा अँगाल्दै व्यवहारमा ल्याएको पाइन्छ । साम्यवादी व्यवस्थामा मालिक कोही हुँदैन, जनता नै सबै हुन्छ । कुनै किसिमको वर्ग हुँदैन, कुनै भेदभाव हुनु हुँदैन । कोही ठूलो–सानो हुँदैन । साम्यवादमा सरकार हुँदैन, कुनै शासन–व्यवस्थाको जरुरत पर्दैन । साम्यवादी व्यवस्था असफल हुँदै गयो । शक्तिशाली सोभियत संघमा कम्युनिष्ट विचारधारा असफल भयो । खेतमा काम गर्न जाऊ या फ्याक्ट्रीमा या कम्पनीमा, समान ज्याला हुने भयो । उदाहरणका लागि प्रतिव्यक्ति ३ हजार ज्याला भएमा जति नै दुःख गरे पनि उसको तलब ३ हजारबाट ४ हजार कहिल्यै नहुने । सबै बराबर हुने भएपछि मान्छेले मेहनत नै गर्न छोडे । मेहनत गरे पनि ३ हजार, नगरे पनि ३ हजार । सय केजी आलु उत्पादन हुने ठाउँमा बढी मेहनत गरेर २ सय केजी उत्पादन गरे पनि १ सय केजी बढी उत्पादन गरेछौ भनेर न कसैले जस दिन्छ, न गुनगान गाउँछ । यस्तै हिसाबले मान्छेलाई दिक्क लागेर जनताले मेहनत नै गर्न छाडे ।
    अमेरिकी पुँजीवादी व्यवस्था संसारमा सबैभन्दा बढी प्रयोग गरेको पाइन्छ । पुँजी, उद्योगधन्दा, कलकारखाना बढाउन नसकिएको खण्डमा कसरी समाजको आर्थिक व्यवस्था चल्छ भन्ने सोचविचार अँगाल्दै आर्थिक र सैनिक क्षेत्रमा शक्तिशाली बन्दै गयो । यो देशमा सबै जनताको, सबै कुराको बिमाको व्यवस्था गरिएको छ । बेरोजगारीलाई बेरोजगार भत्ता उपलब्ध गराइएको छ । रोगीलाई निःशुल्क उपचार गरिन्छ । अमेरिका विश्वको सबैभन्दा सभ्य र विकसित देश बन्न गयो । साम्यवादी शासन भएको देशमा जनतामा नैराश्य छाउन थाल्यो । फलतः नयाँ चिजको विकास शून्य हुँदै गयो । मान्छेलाई सबैभन्दा ठूलो कुरा लोभ हुनु जरुरी छ । साम्यवाद असफल हुनुको अर्को कारण प्रतिस्पर्धा नहुनु हो । प्रतिस्पर्धा नहुँदा अल्छीपनको विकास हुँदै गयो । साम्यवाद समाजवादको अंश हो, समाजवादको एउटा सोच हो, हरेक समाजवादी साम्यवादी हुन सक्छन्, हरेक साम्यवादी समाजवादी हुन सक्दैनन् । दुनियाँमा जति पनि कम्युनिस्ट विचारधारा छन्, ती सबै माक्र्स र लेनिन विचारधाराअन्तर्गत रहँदै आएका छन् । माओवादपछि चीनमा अलि छुट्टै किसिमको विचारधारा आयो । यसलाई पुँजीवाद र समाजवादको केही अंशका रूपमा लिन सकिन्छ । माक्र्सवाद लेनिनवाद कम्पनी कारखानासँग बढी सम्बन्धित थियो भने माओवाद किसान, खेतसँग सम्बधित थियो । त्यति बेला चीनमा उद्योग, कलकारखाना त्यति थिएनन् । चीनको क्रान्ति नै किसानले मात्र गरेका थिए । माओले साम्यवादी व्यवस्था सुरु गरे । माओलाई चीनमा भगवानसरि पुज्दै आए पनि उनको पालामा अर्थतन्त्र शून्य भयो । माओको एउटा सिद्धान्त थियो— शक्ति बन्दुकको नालबाट जन्मन्छ । माओले प्रजातान्त्रिक विचारधार प्रयोग गरे पनि कम्युनिस्ट विचारधारामा लोकतन्त्र उसको सबैभन्दा ठूलो शत्रु हुन्छ । १९६६ मा जब माओको देहावसान भयो, त्यसपछि देङ ज्याओले पुँजीवादी र समाजवादी विचारधारालाई अँगाल्दै कलकारखाना, उद्योगधन्दा खोल्ने वातावरण बनाए । त्यसैको प्रतिफल आज चीन संसारकै समृद्ध मुलुक बन्दै छ । कम्युनिस्ट सिद्धान्त भनेको विज्ञान हो । जति पनि राज्यको स्रोतसाधन छन् समान हुन्छन्, तर यो वैज्ञानिक विचार, व्यावहारिक संसारमा कमजोर हुँदै गयो ।
    नेपालकको हकमा भने तत्काल साम्यवादी विचार भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले पनि धेरै कठिन देखिन्छ । २००६ सालमा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे, तर पछि आएर धैरैले आ–आफ्नो ढंगले विश्लेषण गर्दै आएको पाइन्छ । नेकपा एमालेका मदन भण्डारीले बहुदलीय जनवादी अवधारणा ल्याए । यो भनेको के हो भने बहुदल मान्छु, प्रजातन्त्र मान्छु, लोकतन्त्र मान्छु, इमानदार भएर बसे भने राजा पनि मान्छु भन्ने अवधारणा हो । यो अवधारणापछि नेपालमा कम्युनिस्टको संख्या पनि बढेको हो भन्ने विश्लेषण गरिन्छ, तर यो अवधारणालाई लत्याएर माओवादीले हतियार उठायो । साम्यवादको नारा दियो, तर अहिले यो नाराबाट ऊ पनि पछि हटेर एक्काइसौं सताब्दीको जनवादको नारा लिएर आयो शब्दमा फरक भएपनी सारमा बहुदलीय जनबादभन्दा भिन्न थिएन । त्यसैले अहिले माओवादी एमालेसँग एकीकरण भएको छ । नेपालका ९० प्रतिशत जनताले राजनीति बुझेको देखिँदैन । कोही क्षेत्रीको रिसले बाहुनलाई तह लगाउने एउटा राजनीतिक व्यवस्थामा लागेको देखिन्छ भने कोही बाहुन क्षेत्रीलाई तह लगाउन अर्को पार्टीमा लागेको छ । कोही नाता पर्ने, कोही होहल्ला गर्ने तरिकाले लागेको देखिन्छ, कोही साथीभाइको नजरमा असल बन्न तथा कोही अवसर कता मिल्छ त्यतै हाम फाल्ने क्रम जारी छ । यही कारणले नेपालमा राजनीतिक चिन्तनभन्दा पनि विशेष रुचिका कारण पार्टीको पछि लाग्नेको संख्या बढी छ । त्यही भएर अहिले नीति सिद्धान्त भन्दापनि स्वार्थ र अवसर प्राप्त गर्ने हेतुले तत्काल के फाइदा लिन सकिन्छ भन्ने सोच राखेर राजनैतिक पार्टी छानिन्छ र यीनै कुरालाई मात्रै ध्यान दिएर मतदान गरिन्छ । अहिले देशमा कोरोनाको महामारी हुँदा कतिपय नीजी अस्पतालले बिरामी भर्ना गर्न नमान्नु तर कार्वाही गर्ने हैसियत नराख्नु कोरोना परीक्षणका औजारको तत्काल पायक पर्ने ठाउँमा ब्यवस्था गर्न नसक्नु यी पछिल्ला उदाहरण मात्रै हुन ।त्यसैले न त कम्युनिस्ट ब्यबवस्था हो न त कम्युनिस्ट चरित्र हुन्छ न समाजवाद न त बैज्ञानिक साम्यवाद आउँछ । किनभने नामले कम्युनिस्ट भइदैन कामले कम्युनिस्ट हुनुपर्छ ।

    Advertisement

    लेखक:प्रगतिशिल लेखक संघ राष्ट्रीय परिषद सदस्य हुनुहुन्छ।

    शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation