• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

सामुदायीक विद्यालयमा स्वास्थ्य सेवाको खाँचो


  •   बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित
  • मदन शर्मा, बुटवल। पछिल्लो समय विद्यार्थी बालबालिका तथा किशोरीहरुको स्वास्थ्य ब्यबस्थापनमा राम्रो काम भईरहेका छन् । विद्यालयमा नियमित स्वास्थ्य जाँच गर्ने, महिनावारी स्वास्थ्यका लागी सेनेटरी प्याड वितरण गर्ने जस्ता कामले गति लिएको छ । रुपन्देही जिल्लामा करीब ३ सय ६५ सामुदायीक र ३ सय ३० निजी विद्यालय रहेका छन् । तर यहाँ रहेका सामुदायीक विद्यालयमा स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्यकर्मि भने राखिएको छैन । रुपन्देहीको कञ्चन गाउँपालीकामा स्थाई घर भई हाल बुटवल बस्दै आउनुभएका २५ वर्षिय जिवन क्षेत्रीले आफूले पढ्ने बेलामा यस्ता सुविधाको अनुभव गर्न नपाएको भएपनि हरेक विद्यालयमा स्वास्थ्य सेवाका लागि व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । उहाँका अनुसार कतिपय निजी विद्यालयहरुमा स्वास्थ्यकर्मि सहितको सेवा दिईरहेका छन् । तर सामुदायीक विद्यालयहरुमा यस्तो सुविधा रहेको छैन । प्रदेश अथवा स्थानीय सरकारको रहोवरमा यस्ता कुरालाई अगाडि ल्याउनुपर्ने उहाँको सुझाव छ ।निमावि र मावि तहका विद्यालयमा मुख्य गरी साना साना बालबालीका र किशोरावस्थामा रहेका विद्यार्थीहरु अध्यन गर्ने गर्दछन् । यो अवस्थामा उनीहरुको शारीक तथा मानसिक विकास तिर्व रुपमा हुने गर्दछ । त्यसैले पढाई लेखाई सँगसँगै उनीहरुको स्वास्थ्यलाई पनि मुख्य प्राथमिकतामा राख्नुपर्ने हुन्छ । विद्यालय समयमा विभिन्न क्रियाकलापमा संलग्न हुँदा चोटपटक लाग्ने, किशोरीहरुमा महिनावारीको समस्या हुने र अन्य दुर्घटना निम्तीने भएकाले उनीहरुको पढाई र स्वास्थ्यमा प्रतक्ष्य असर पुगिरहेको हुन्छ ।बुटवलको कालीका मानवज्ञान माविका प्रधानाध्यापक घनश्याम पाठकले हालसम्म आकिस्मक स्वास्थ्य सेवा प्रवाहका लागि सामान्य प्राथमिक उपचार बाहेक अन्य चिकित्सकीय सेवा उपलब्ध नरहेको बताउनुभयो । विद्यार्थीलाई जोखिमपूर्ण दुर्घटनाबाट बचाउनको लागि अस्पतालनै दनैडाउनुपर्ने अवस्था रहेको बताउँदै उहाँले स्थानीय तथा प्रदेश सरकारसँग पहल गरिरहेको तर यो विषयमा केही गृहकार्य नभएको उहाँको भनाई छ । त्यस्तै कालीका मानवज्ञान माविका सहायक प्रधानाध्यापक पिताम्बर बञ्जाडेले विद्यालयहरुमा दुर्घटना घट्ने सम्भावना अतयाधिक रहने हुँदा उचीत स्वास्थ्य सेवाको सुविधा दिनुपर्ने बताउनुभयो । त्यसका लागि भएसम्म चिकित्सक सहितको सेवा दिईनुपर्ने नत्रभने सामान्य महिला स्वास्थ्य सहायक सम्मको सेवा राख्नुपर्ने धारणा राख्नुभयो ।कालीका मानवज्ञान मावि सँगै जिल्ला भित्र रहेका अन्य सामुदायीक विद्यालयमा पनि यो सुविधा नरहेको अवस्था छ । बुटलको हाटबजार लाईनमा रहेको कान्ती माविका प्रधानाध्यापक गोविन्द ज्ञवालीले आकस्मिक अवस्थामा विद्यालय बाहिर रहेको मेडिकल मार्फत सेवा दिईरहेको बताउनुभयो । साथै अन्य जटिल समस्या आए अस्पतालनै लैजानेगरेको उहाँको भनाई छ । उहाँका अनुसार माथिल्लो तहबाटै यसको सुनुवाई भईदिए व्यवस्थित हुन्छ । प्रत्यक विद्यालयमा स्वास्थ्य कर्मचारी राख्न नसके २ देखि ३ विद्यालयलाई सेवा दिने गरेर स्वास्थ्य टिम हुनुपर्ने उहाँको बुभाई छ ।विद्यालयमा तत्काल स्वास्थ्य सेवा अत्यावश्यक भएपनि अहिलेसम्म प्रदेश भित्रका मुख्य गरि सामुदायीक र धेरै जसो निजि विद्यालयमा नियमित गरिएको छैन । तर केही निजी विद्यालयमा स्वास्थ्य सहायक, डाक्टर र नर्स सहितको सेवा भने दिने गरिएको छ । जसमध्ये एक बुटवलको न्यू होराईजन स्कूल हो । न्यू होराईजन माविमा विगत १५ वर्ष देखि स्वास्थ्य संयोजकको रुपमा रहनुभएका नारायण नेपालले विद्यालयमा स्वास्थ्य सेवाको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । उहाँले भन्नुभर्यो बालबालीका खेल्दा, दौडिदा अनेकौँ प्रकारका चोट लाग्ने गर्छ त्यतिबेला उनीहरुलाई अस्पताल दौडाउनु जोखिमपूर्ण हुन्छ त्यसैले विद्यालयमै स्वास्थ्यकर्मि सहितको सेवा दिनु उपर्यूक्त हो ।’ साथै हरेक निजि तथा सामुदायीक विद्यालयमा स्वास्थ्य सेवाको प्रभावकारीता राम्रो हुने उहाँको बुझाई छ । अहिलेको अवस्थामा प्रदेश सारकारसँग सहकार्य गर्ने वातावरण सरल भएको बताउँदै उहाँले सम्पूर्ण विद्यालयले यस्ता कार्यलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ ।सामुदायीक विद्यालयमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सारकारले पनि गृहकार्य गरिरहेको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयमा कार्यरत नर्सिङ अधिकृत थुमा पुनका अनुसार तत्कालका लागि प्रदेश ५ को बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा, दाङ्ग, कपिलवस्तु र रुपन्देही गरी ७ वटा जिल्लाका ८ वटा सामुदायीक विद्यालयमा नर्सिङ्ग सेवा उपलब्ध गराउने तयारी भईरहेको छ । जसअन्तर्गत रुपन्देहीका २ र अन्य जिल्लाका १/१ सामुदायी विद्यालय छनोटमा परेका छन् । रुपन्देहीबाट छनोट भएका विद्यालयमा कोटीहमाई गाउँपालीका स्थित खातीमा जाहेरा मावि र सिद्धार्थ नगरपालीका स्थित बहिरा मावि रहेको पनि उहाँले जानकारी दिनुभयो ।तत्कालको लागि सिमित विद्यायमा सामुदायीक विद्यालय नर्सिङ्ग सेवाको प्रभावकारीता हेरिने बताउँदै उहाँले यस कार्यमा सफल भए सम्पूर्ण सामुदायीक विद्यालयमा व्यवस्था मिलाईने निर्णय भएको बताउनुभयो । सामुदायीक विद्यालय नर्सिङ्ग सेवाको लागि अहिले ३० जना नर्सलाई छनोट गरिएको र अन्तीम चरणको परिक्षा (भाईबा) बाँकीरहेको उहाँले बताउनुभयो । फागुन २२ गते विहीवार सो परिक्षा हुने र त्यसपश्चात उनीहरुलाई सरकारी पक्रियानुसार चुनीएका ८ विद्यालयहरुमा पठाईने उहाँको भनाई छ ।

    Advertisement

    बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation