• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

पुस्तक समिक्षाः भाषाको प्राण र यसको व्यवसायिकता


  •   सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
  • भनिन्छ, ‘भाषाको मुटु भनेकै व्याकरण हो ।’ यहीँ श्वासत उद्धरणसँग सुहाउँदो पुस्तक हो, ‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर ।’ अंग्रेजी भाषामा लेखिएको यो पुस्तक अहिले विद्यार्थी, शिक्षक, प्राध्यापक र लोकसेवा आयोग तयारी गर्दै गरेकाहरूको हात–हातमा देख्न सकिन्छ । पुस्तक प्रकाशन भएको सातादिन नबित्दैँ हजारौँ प्रति बजारमा खपत भएको छ ।‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर ।’ नामक पुस्तक समय सान्दर्भिक पुस्तक हो । पछिल्लो समयमा विश्वभर अंग्रेजी भाषाको दबदबा बढिरहेको बेला यो भाषाले नेपालमा पनि स्थान पाएको हो । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा झण्डै एकसय २३ भाषा बोलिन्छ । त्यसको अलवा अंग्रेजी पनि बोलिन्छ । अंग्रेजी भाषा सरकारी कामकाजीको भाषामात्रै नभएर विभिन्न निजी तथा सरकारी विद्यालय, कलेज र विश्वविद्यालयका पाठ्यपुस्तकहरूमा पनि पढाई हुने गर्दछ । अंग्रेजी भाषा विश्वका ३७ करोड २० लाख मानिसहरूले भातृभाषाको रुपमा बोल्ने गर्दछन् । दिनानुदिन यस भाषाको लोकप्रियता बढ्दै गएको छ । यहीँ लोकप्रियतालाई ध्यानमा राखेर लेखकले अंग्रेजी भाषा र उक्त भाषाको व्याकरणलाई समेटेर एउटा पुस्तकको आकार दिएका छन् । उक्त पुस्तक तीन खण्डमा विभाजन गरिएको छ ।

    Advertisement

    पहिलो खण्ड

    यस पुस्तकको पहिलो खण्डमा अंग्रेजी भाषा नेपालीमा र नेपाली भाषा अंग्रेजीमा अनुवाद कसरी गर्ने भन्नेबारेमा स्पष्ट र सरल ढंगबाट दुबै भाषामा सिकाईएको छ । नेपाली भाषीहरूका लागि चुनौतिपूर्ण बन्दै गएको यो भाषालाई शुलोलित ढंगले उल्था गरिएको छ र अनुवाद गर्न पनि सिकाएको छ।छोटा एवं संयोजन जस्ता लघुतावाची शब्दहरूको प्रयोग कसरी गर्ने भन्नेबारेमा पनि प्रशस्त ज्ञान दिएको छ । र, पहिलो खण्डको अन्तिममा विशिष्टिकरण उद्देश्यमा आधारित रहेर अभ्यास गराउँनका लागि विभिन्न खाले प्रश्नहरू पनि सोधिएको छ। यो खण्ड पढिसकेपछि उक्त प्रश्नहरू अभ्यास गर्न जरुरी देखिन्छ । यसले गर्दा पाठकले पढेका कुराहरूमा थप स्पष्ट भईन्छ ।

    दोस्रो खण्ड

    नेपालमा मात्रै नभएर बाह्य देशका विभिन्न भाषाभाषिकाको आ–आफ्नो व्याकरण हुन्छ । त्यसको सही प्रयोग गर्न विभिन्न व्याकरणिक नीति तथा परिबन्ध पनि तोकिएको हुन्छ। तोकिएकै व्याकरणमा टेकेर देखने वा बोल्ने गर्नुपर्छ । हरेक भाषाको मुटु भनेको व्याकरण हो। यो कुरा जानिएन भने बोलेको वा लेखेको भाषा नै अपाङ्ग हुन्छ अथवा अस्पष्ट हुनपुग्छ । त्यसैले भाषिक ज्ञानमात्र भएर पुग्दैन। यसकालागि व्याकरण सिक्न अति महत्वपूर्ण र जरुरी छ । यहीँ कुरालाई ख्याल गर्दै लेखकले बडो मेहनतकासाथ लेखेका छन्। जटिल भाषाशैलीलाई सरल ढंगले प्रस्तुत गरेका छन्। यसअन्तर्गत आर्टिकल, अंग्रेजी व्यापकरण, शब्द, वाक्य उच्चारण र लेखन आदि कुरालाई मीठास शैली र सरल भाषामा लेखेको छ । यसकासाथै भूत, वर्तमान, भविष्य कालहरूको बारेमा पनि व्याकरणको नीतिमा रहेर लेखेका छन् । यसका अलवा अंग्रेजी व्याकरणलाई छोटो, मीठो भाषाशैलीमा क्रमबद्ध ढंगले उक्त पुस्तकमा उल्लेख गरेका छन् । यस व्याकरणको अन्तमा प्रश्न सहित उत्तरकुञ्जिका पनि राखिएको छ ।

    अन्तिम खण्ड

    यस पुस्तकको तेस्रो वा अन्तिम खण्डमा अंग्रेजी भाषा कसरी पढ्ने वा लेख्ने भन्ने भन्ने बारेमा सहजै बुझ्न सक्ने शैलीमा लेखिएको छ । विशेषतः एसइई परीक्षामा परीक्षार्थीकालागि सोधिने अंग्रेजी विषयको अनुच्छेद र उक्त अनुच्छेद पढेर उत्तर दिन सकुन भन्ने हेतुकासाथ सहज ढंगले पठन र लेखनमा जोड दिएको पाईन्छ । योसँगै निवेदन, चिठी कसरी लेख्ने आदिका बारेमा नीतिसंगत शैली पनि सिकाएको छ। विद्यार्थीहरूलाई आफ्नोबारे, विद्यालय, देश र राष्ट्र आदिकाबारेमा स्वतन्त्रपूर्वक कसरी लेख्न सकिन्छ । त्यसको बारेमा पनि उल्लेख्य जानकारी दिएको छ ।

    पुस्तकका लेखक मंगलबहादुर थापा

    अन्ततः

    ‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर’ नामक यो पुस्तक सबैकालागि पठनीय छ । यो एउटा घरको शिक्षक वा गुरु पनि हो । विद्यालय नगएर घरैमा बसेर जोकोहीँले स्वःअध्ययन गरी फरर अंग्रेजी भाषा बोल्न र लेख्न सिकाउँने गतिलो साधन हो । यस पुस्तकले ज्ञानमात्रै होइन, व्यवसायिक बन्न पनि सिकाउँछ । यदि अंग्रेजी भाषा जानेको छ भने उसले कुनै पनि ठाउँमा बेरोगार भएर बस्नुपर्दैन । यस भाषाको दखल छ भने जिन्दगी चलाउँन सहज हुन्छ । युधिष्ठरको परीक्षामा सोधिएको यक्षप्रश्न थियो, ‘परदेशको मित्र को हो ?’ उनले उत्तर दिए, ‘परदेशको मित्र विद्या हो ।‘ साँच्चिकै उनको उत्तर आजसम्म पनि उत्तिकै प्रेरणादायी र उपयोगी छ । यो पुस्तक वास्तवममै परदेशको मित्र नै हो । अंग्रेजी भाषा मित्रमात्रै पनि होइन यो एउटा व्यवसाय पनि हो । यसले कयौँ मानिसको आयमूलक स्रोतको खानी बनेको छ । अधिकांश व्याकरणका कुरा यस पुस्तकमा समेटिएको छ । मलाई लाग्छ, यो पुस्तक सरसर्ती पढिसकेपछि विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, लोकसेवा लगायत विभिन्न सेवामा प्रवेश गर्न चहानेकालागि बहुउपयोगी पुस्तक हो। यो पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी मंगलबहादुर थापा हुन्। उनी बझाङ्गका हुन् । विगत केहीँ वर्ष यता त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी भाषा, साहित्यको अध्ययन गर्दैछन् । लेखक थापा राजनीतिमा प्रत्येक्ष, परोक्ष संलग्न पनि छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल र टेलिभिजन कार्यक्रममा उनी चर्चामा छन् । उनको पुस्तक ‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर’ इन्टलेक्चुअल बुक प्यालिस् कीर्तिपुर, काठमाडौंले प्रकाशन गरेको हो । यो पुस्तकको लोकार्पण फागुन ४ गते एक औपचारिक कार्यक्रकाबीच त्रिभुवन विश्वविद्यालयमा गरिएको थियो ।
    पुस्तकको समिक्षा त्रिभुवन विश्वविद्यालय काठमाडौंमा अध्ययनरत विद्यार्थी नरेश रानाले गरेका हुन् ।

    सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...