• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

पुस्तक समिक्षाः भाषाको प्राण र यसको व्यवसायिकता


  •   सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
  • भनिन्छ, ‘भाषाको मुटु भनेकै व्याकरण हो ।’ यहीँ श्वासत उद्धरणसँग सुहाउँदो पुस्तक हो, ‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर ।’ अंग्रेजी भाषामा लेखिएको यो पुस्तक अहिले विद्यार्थी, शिक्षक, प्राध्यापक र लोकसेवा आयोग तयारी गर्दै गरेकाहरूको हात–हातमा देख्न सकिन्छ । पुस्तक प्रकाशन भएको सातादिन नबित्दैँ हजारौँ प्रति बजारमा खपत भएको छ ।‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर ।’ नामक पुस्तक समय सान्दर्भिक पुस्तक हो । पछिल्लो समयमा विश्वभर अंग्रेजी भाषाको दबदबा बढिरहेको बेला यो भाषाले नेपालमा पनि स्थान पाएको हो । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा झण्डै एकसय २३ भाषा बोलिन्छ । त्यसको अलवा अंग्रेजी पनि बोलिन्छ । अंग्रेजी भाषा सरकारी कामकाजीको भाषामात्रै नभएर विभिन्न निजी तथा सरकारी विद्यालय, कलेज र विश्वविद्यालयका पाठ्यपुस्तकहरूमा पनि पढाई हुने गर्दछ । अंग्रेजी भाषा विश्वका ३७ करोड २० लाख मानिसहरूले भातृभाषाको रुपमा बोल्ने गर्दछन् । दिनानुदिन यस भाषाको लोकप्रियता बढ्दै गएको छ । यहीँ लोकप्रियतालाई ध्यानमा राखेर लेखकले अंग्रेजी भाषा र उक्त भाषाको व्याकरणलाई समेटेर एउटा पुस्तकको आकार दिएका छन् । उक्त पुस्तक तीन खण्डमा विभाजन गरिएको छ ।

    Advertisement

    पहिलो खण्ड

    यस पुस्तकको पहिलो खण्डमा अंग्रेजी भाषा नेपालीमा र नेपाली भाषा अंग्रेजीमा अनुवाद कसरी गर्ने भन्नेबारेमा स्पष्ट र सरल ढंगबाट दुबै भाषामा सिकाईएको छ । नेपाली भाषीहरूका लागि चुनौतिपूर्ण बन्दै गएको यो भाषालाई शुलोलित ढंगले उल्था गरिएको छ र अनुवाद गर्न पनि सिकाएको छ।छोटा एवं संयोजन जस्ता लघुतावाची शब्दहरूको प्रयोग कसरी गर्ने भन्नेबारेमा पनि प्रशस्त ज्ञान दिएको छ । र, पहिलो खण्डको अन्तिममा विशिष्टिकरण उद्देश्यमा आधारित रहेर अभ्यास गराउँनका लागि विभिन्न खाले प्रश्नहरू पनि सोधिएको छ। यो खण्ड पढिसकेपछि उक्त प्रश्नहरू अभ्यास गर्न जरुरी देखिन्छ । यसले गर्दा पाठकले पढेका कुराहरूमा थप स्पष्ट भईन्छ ।

    दोस्रो खण्ड

    नेपालमा मात्रै नभएर बाह्य देशका विभिन्न भाषाभाषिकाको आ–आफ्नो व्याकरण हुन्छ । त्यसको सही प्रयोग गर्न विभिन्न व्याकरणिक नीति तथा परिबन्ध पनि तोकिएको हुन्छ। तोकिएकै व्याकरणमा टेकेर देखने वा बोल्ने गर्नुपर्छ । हरेक भाषाको मुटु भनेको व्याकरण हो। यो कुरा जानिएन भने बोलेको वा लेखेको भाषा नै अपाङ्ग हुन्छ अथवा अस्पष्ट हुनपुग्छ । त्यसैले भाषिक ज्ञानमात्र भएर पुग्दैन। यसकालागि व्याकरण सिक्न अति महत्वपूर्ण र जरुरी छ । यहीँ कुरालाई ख्याल गर्दै लेखकले बडो मेहनतकासाथ लेखेका छन्। जटिल भाषाशैलीलाई सरल ढंगले प्रस्तुत गरेका छन्। यसअन्तर्गत आर्टिकल, अंग्रेजी व्यापकरण, शब्द, वाक्य उच्चारण र लेखन आदि कुरालाई मीठास शैली र सरल भाषामा लेखेको छ । यसकासाथै भूत, वर्तमान, भविष्य कालहरूको बारेमा पनि व्याकरणको नीतिमा रहेर लेखेका छन् । यसका अलवा अंग्रेजी व्याकरणलाई छोटो, मीठो भाषाशैलीमा क्रमबद्ध ढंगले उक्त पुस्तकमा उल्लेख गरेका छन् । यस व्याकरणको अन्तमा प्रश्न सहित उत्तरकुञ्जिका पनि राखिएको छ ।

    अन्तिम खण्ड

    यस पुस्तकको तेस्रो वा अन्तिम खण्डमा अंग्रेजी भाषा कसरी पढ्ने वा लेख्ने भन्ने भन्ने बारेमा सहजै बुझ्न सक्ने शैलीमा लेखिएको छ । विशेषतः एसइई परीक्षामा परीक्षार्थीकालागि सोधिने अंग्रेजी विषयको अनुच्छेद र उक्त अनुच्छेद पढेर उत्तर दिन सकुन भन्ने हेतुकासाथ सहज ढंगले पठन र लेखनमा जोड दिएको पाईन्छ । योसँगै निवेदन, चिठी कसरी लेख्ने आदिका बारेमा नीतिसंगत शैली पनि सिकाएको छ। विद्यार्थीहरूलाई आफ्नोबारे, विद्यालय, देश र राष्ट्र आदिकाबारेमा स्वतन्त्रपूर्वक कसरी लेख्न सकिन्छ । त्यसको बारेमा पनि उल्लेख्य जानकारी दिएको छ ।

    पुस्तकका लेखक मंगलबहादुर थापा

    अन्ततः

    ‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर’ नामक यो पुस्तक सबैकालागि पठनीय छ । यो एउटा घरको शिक्षक वा गुरु पनि हो । विद्यालय नगएर घरैमा बसेर जोकोहीँले स्वःअध्ययन गरी फरर अंग्रेजी भाषा बोल्न र लेख्न सिकाउँने गतिलो साधन हो । यस पुस्तकले ज्ञानमात्रै होइन, व्यवसायिक बन्न पनि सिकाउँछ । यदि अंग्रेजी भाषा जानेको छ भने उसले कुनै पनि ठाउँमा बेरोगार भएर बस्नुपर्दैन । यस भाषाको दखल छ भने जिन्दगी चलाउँन सहज हुन्छ । युधिष्ठरको परीक्षामा सोधिएको यक्षप्रश्न थियो, ‘परदेशको मित्र को हो ?’ उनले उत्तर दिए, ‘परदेशको मित्र विद्या हो ।‘ साँच्चिकै उनको उत्तर आजसम्म पनि उत्तिकै प्रेरणादायी र उपयोगी छ । यो पुस्तक वास्तवममै परदेशको मित्र नै हो । अंग्रेजी भाषा मित्रमात्रै पनि होइन यो एउटा व्यवसाय पनि हो । यसले कयौँ मानिसको आयमूलक स्रोतको खानी बनेको छ । अधिकांश व्याकरणका कुरा यस पुस्तकमा समेटिएको छ । मलाई लाग्छ, यो पुस्तक सरसर्ती पढिसकेपछि विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, लोकसेवा लगायत विभिन्न सेवामा प्रवेश गर्न चहानेकालागि बहुउपयोगी पुस्तक हो। यो पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी मंगलबहादुर थापा हुन्। उनी बझाङ्गका हुन् । विगत केहीँ वर्ष यता त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी भाषा, साहित्यको अध्ययन गर्दैछन् । लेखक थापा राजनीतिमा प्रत्येक्ष, परोक्ष संलग्न पनि छन् । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल र टेलिभिजन कार्यक्रममा उनी चर्चामा छन् । उनको पुस्तक ‘अ टेक्सटबुक अन इंलीस ग्रामर फर इन्स्पेक्टर एण्ड सब–इन्स्पेक्टर’ इन्टलेक्चुअल बुक प्यालिस् कीर्तिपुर, काठमाडौंले प्रकाशन गरेको हो । यो पुस्तकको लोकार्पण फागुन ४ गते एक औपचारिक कार्यक्रकाबीच त्रिभुवन विश्वविद्यालयमा गरिएको थियो ।
    पुस्तकको समिक्षा त्रिभुवन विश्वविद्यालय काठमाडौंमा अध्ययनरत विद्यार्थी नरेश रानाले गरेका हुन् ।

    सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘डल्ले सराय’ विमोचन, विजयराज आचार्य सम्मानित
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम
    गौमुखीमा निःशुल्क घर बीमा, पहिलो लाभग्राहीलाई बिमा भुक्तानी

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...