• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ९. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

फेसबुक चलाउँदा यी हुन गर्नै नहुने ११ गल्ती


  •   सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
  • काठमाडौ। सामाजिक सँजालको क्रेज बढ्दो छ। मानिसहरुलाई दिनहुँ फेसबुकमा केही कुरा पोष्ट नगरेमा केही अपूरो जस्तो लाग्दछ । फेसबुकमा स्टाटस, फोटो तथा भिडियो पोष्ट गरेपछि त्यस्ले आफ्ना साथीहरुको ध्यान खिचोस् र प्रशस्तै लाइक्स तथा कमेन्ट्स आओस भन्ने चाहना सबैको हुन्छ । वास्तवमा सोसल मिडिया भनेको आफ्ना साथीसंगी तथा आफन्तहरुसँग सजिलैसँग सम्पर्क तथा सञ्जालमा रहनका लागि हो । तर जब साथीसंगी र आफन्तसँगको सम्बन्ध नै फेसबुकका लाइक र कमेन्टबाट निर्धारण गर्न थालिन्छ, तब समस्या उत्पन्न हुन सक्दछ ।फेसबुक प्रयोग गरिरहँदा हामीले यस्ता धेरै गल्तीहरु गरिरहेका हुनसक्छौं, जुन हाम्रो गोपनीयता तथा सामाजिक जीवनका लागि हानिकारक हुन सक्दछन् ।

    Advertisement

    त्यसैले फेसबुक प्रयोग गर्दा यी ११ गल्ती नगर्नुहोस्ः

    – फेसबुकमा आफ्ना धेरै व्यक्तिगत जानकारीहरु राख्ने : फेसबुकमा कुनै कुरा पोष्ट गर्दा पोष्ट बटन थिच्नु अगाडि उक्त पोष्टमा आफ्ना कति व्यक्तिगत जानकारीहरु शेयर गर्दैछु भन्ने कुराको एकपटक समीक्षा गर्नुहोस् । आफ्ना नजिकका साथीभाइ, परिवार तथा सहकर्मीहरुसँग गरिने कुराकानी तथा सम्बन्धित कुराहरु फेसबुकजस्तो सोसल मिडियामा पोष्ट गर्नु उपयुक्त हुँदैन । त्यसैले फेसबुकमा कुनै चिज अन्धाधुन्ध पोष्ट गर्नुअघि सोच्नुहोस् ।

    – मदिरा सेवनको बेला फेसबुक नचलाउनुहोस् : हामीलाई थाहै छ कि रक्सी सेवन गरेर गाडी चलाउनु हुँदैन । त्यसैगरी रक्सी सेवन गरेर मात्तिएको बेला फेसबुक पनि नचलाउनु सुरक्षित हुन्छ । अत्यधिक रक्सी सेवन गरेको बेला फेसबुक चलाउँदा कहिलेकाहीँ आपत्तिजनक तथा अनुपयुक्त पोष्ट हुन सक्दछन् वा कसैलाई यस्तै मेसेज पठाउने जोखिम हुन्छ । अहिले प्लेस्टोरमा केही एपहरु पनि उपलब्ध छन् जसले रक्सी सेवन गरेको बेला फेसबुक र अन्य सोसल मिडिया प्रयोग गर्न रोक्दछन् ।

    – जथाभावी सबैसँग फेसबुक साथी बन्नु : फेसबुकको फ्रेण्ड लिस्टमा ६ सय जना मानिस हुनुको अर्थ तपाईंका ६ सय साथी छन् भन्नु होइन । त्यसैले जो सुकैलाई आफ्नो फेसबुकको साथी बनाउन छाड्नुहोस् । फेसबुकयस्तो प्लाटफर्म हो जहाँ तपाईंले आफ्ना निजी विषयहरु शेयर गर्नुहुन्छ र तपाईंसँग सम्बन्ध र परिचय नै नभएको मानिसले तपाईंका त्यस्ता जानकारीहरु प्राप्त गर्नुको कुनै फाइदा छैन ।

    – प्रोफाइलमा प्राइभेसी सेटिंग्स नगर्ने : आफ्नो फेसबुक प्रोफाइलमा सबै कुरा जो सुकैले हेर्न पाउने गरी ‘पब्लिक’ गराउनु राम्रो होइन । आफ्नो स्कुलको नाम, कलेजको नाम, जन्मघर इत्यादिजस्ता विषयहरु सबैलाई देखाउनु भन्दा आफ्ना फेसबुक साथीहरुले मात्र देख्नेगरी प्राइभेसी सेटिंग्स गर्दा राम्रो हुन्छ । त्यस्तै फेसबुक पोष्टहरु पनि सम्बन्धित वा साथीहरूले मात्र देख्ने गरी प्राइभेसी सेटिंग्स गर्नु उपयुक्त हुन्छ ।

    – घर तथा कार्यालयको ठेगाना, कार्यालय समय शेयर गर्ने : आफ्नो घरको ठेगाना, कार्यालयको ठेगाना, कार्यालय समयजस्ता कुराहरु फेसबुकको प्रोफाइलमा पब्लिक गर्नु राम्रो हुँदैन । यस्ता जानकारीहरु सार्वजनिक गर्दा कहिलेकाहीँ तपाईंको व्यक्तिगत जीवनमै समस्या आउन सक्दछ ।

    – बालबालिकाका तस्वीर तथा जानकारीहरु शेयर गर्ने : आफ्ना छोराछोरीका तस्वीर तथा भिडियोहरु अत्यधिक रूपमा फेसबुकमा शेयर गर्ने बानी हुन्छ कतिपय बाबुआमाको । कतिपयले त बच्चाको स्कुलको नाम, ठेगाना, कक्षा, साथीसंगी, घुम्न जाने ठाउँ, मन पराउने खानेकुराजस्ता कुराहरुको जानकारी समेत फेसबुकमा शेयर गर्दछन् । बच्चाहरुका यस्ता संवेदनशील जानकारीहरु फेसबुकमा सबैले थाहा पाउनेगरी शेयर गर्दा कहिलेकाहीँ गलत मानसिकता भएका मानिसहरुले फाइदा उठाउन सक्दछन् । त्यसैले फेसबुकमा आफ्ना बच्चाहरुको बारेमा धेरै कुरा शेयर नगर्दा राम्रो हुन्छ । यसले बालबालिकालाई असुरक्षित हुनबाट बचाउँदछ ।

    – फेसबुकमा धनमाल प्रदर्शन : आफु धनी छु भन्ने कुरा फेसबुकमा सो गर्नु आवश्यक नहुने मात्र होइन प्रत्युत्पादक पनि हुन सक्दछ । यदि तपाईंले नयाँ कार किन्नुभयो, नयाँ घर किन्नुभयो, नयाँ लगानी गर्नुभयो भने फेसबुकमा हल्ला नपिटट्नु नै बेस हुन्छ । आफ्ना यस्ता वित्तीय जानकारीहरु गोप्य नै राख्न राम्रो हुन्छ ।

    – फेसबुक पोष्ट वा मेसेन्जरमा गाली गर्नु : फेसबुकमा अपशव्द लेखेर कसैलाई दुव्र्यवार गर्नु वा कसैलाई मेसेन्जरमा अश्लील शव्दहरु लेखेर मेसेज पठाउनु निकै घातक हुन सक्दछ । मानिसहरुले तपाइँले पठाएका यस्ता सन्देश वा गरेका यस्ता पोष्टहरुको स्क्रिनसट राखेर भविष्यमै तपाइँकै बेइज्जतीका लागि प्रयोग गर्ने सम्भावना हुन्छ ।

    -पासपोर्ट, जहाज टिकट, बैंक स्टेटमेन्ट तथा प्रमाणपत्रको फोटो फेसबुकमा राख्ने : आफ्नो राहदानी, नागरिकता, बैंक खाता विवरण जस्ता निजी कागजातहरुका तस्वीर खिचेर फेसबुकमा हाल्ने बानी हुन्छ कतिपयको । कसैले त बारकोड सहितका यस्ता डकुमेन्ट समेत फेसबुकमा हालिदिन्छन्, जसबाट व्यक्तिको सम्पूर्ण जानकारी अन्य मानिसले पत्ता लगाउन सक्दछन् । त्यसैले आफ्नो बारेमा ‘शो’ गर्नका लागि यस्ता निजी कागजातहरु फेसबुकमा पोष्ट नगर्नुहोस् ।

    – जो सुकैलाई ट्याग गर्न दिने : फेसबुकको अर्को टाउको दुखाई भनेको फोटो ट्यागिङ हो । त्यसैले फेसबुकको प्राइभेसी सेटिंग्समा परिवर्तन गरी जो सुकैले आफुलाई ट्याग गर्न नसक्ने र गरेको ट्याग आफ्नो वालमा देखाउनका लागि अप्रुभ गर्नुपर्ने बनाउनुहोस् ।
    -अपरिचित तथा सम्पर्कै नभएकालाई पनि नहटाउने : आफ्नो फेसबुकमा भएका साथीहरुको सूचि बेला बखतमा हेर्नुहोस् र समीक्षा गर्नुहोस् । कुनै व्यक्ति तपाइँको साँच्चीकै साथी हो ? के फेसबुकमा साथी बनाइराख्न उपयुक्त छ ? के त्यो व्यक्तिगत फेसबुकमा अन्तरक्रिया हुन्छ ? भन्ने कुराको आधारमा फ्रेण्ड लिष्टमा भएका मान्छेहरुलाई हटाउने वा राख्ने निर्णय गर्नुहोस् । जो सँग फेसबुकमा वर्षौँसम्म पनि सम्पर्क भएको छैन, तपाइँका फेसबुक पोष्टहरुप्रति सदैव निस्क्रिय छ । त्यस्तालाई फेसबुकको फ्रेण्डलिष्टमा राखिराख्नु आवश्यक हुँदैन ।

    एजेन्सीको सहयोगमा

    सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • २.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ३.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ४.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ५.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ७.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ८.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation