• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, फागुन १२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल

निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

लोकप्रिय समाचार

  • १. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • २. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ३. झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

  • ४. राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

  • ५. बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

  • ६. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

  • ७. ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

  • ८. कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

  • ९. निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

  • १०. विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

क्रान्तिको अवसरवादी प्रक्षेपण


  •   बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
  • – अनन्त यात्री । नोभेम्बर १२, २०१९ मा बोलिभियको राष्ट्रपति इभो मोरालेसले १४ वर्ष लामो सत्तामात्र होइन देश नै छाडेर म्यक्सिकोमा शरण लिन पुगे । यो घटना संगै विश्व राजनीतिक मञ्मा १९९० पछि दक्षिण अमेरिकामा आएको गुवाबी लहर फुस्रोमा परिणत भएको र ल्याटिन अमेरिकाबाट बामपन्थी सत्ता समाप्तीको दिशामा गएको टिप्पणीहरु आएका छन ।

    Advertisement

    १९५९ मा फिडेल क्यास्त्रो र चे ग्यभाराको नेतृत्वमा क्यूवा क्रान्ति सम्पन्न भए संगै ल्याटिन अमेरिकामा बामपन्थी लहर आएको थियो भने १९९२ बाट चुनावको मध्यमबाट भेनाजुयाला, ब्राजील, म्याक्सीको, इक्वेडर, उरुग्ये, होण्डरस, अर्जेन्टिना सबैमा धमाधम बामपन्थी सरकार बनेको थिए ।जसलाई गुलवी लहर र अमेरिकाको नाकैमा बामपन्थी सरकार भनेर टिप्पणी गरिन्थ्यो । क्यास्त्रो र हुगो चावेजको निधनसंगै यो गुलावी लहर ओरालो लागेको छ । जलस्रोतको पहिलो धनी राष्ट्र तथा ल्याटिन अमेरिकी ठूलो देश ब्राजिलमा बाम राष्ट्रपति लुला र डिल्माको शासन पछि उग्रदक्षिणपन्थीले चुनाव जितेको छ । चावेजको निधनपछि भेनाजुयालामा निकोलस मडुरो निकै संकटमा छन । यसरी एक पछि अर्को बामपन्थी सरकारहरु संकटमा पर्दै गएको अवस्था छ । आखिर किन यसरी बाम सरकारहरु ढल्दै गएका छन त ? जनताका आधारभूत आवश्यकता पुरा गर्ने, न्यया र समानता कायम गर्ने, मानवीय सम्मान अभिवृढि गर्ने अर्थात सम्बृढि कायम गर्ने कुरामा पुजीवादी सत्ता भन्दा कम्यूनिष्ट अगाडी हुनुपर्ने होइन र ? यदि न्यया र समानता कायम गदै सम्बृढिको यात्रामा अगाडी बढेको भए किन धक्का खाइरहेको छ त ? विश्व कम्यूनिष्ट आन्दोलनले गंभिर समिक्षा गर्न ढिला गरिरहेको छ ।  राज्यसत्ता र क्रन्तिको संबन्धमा आज विश्व कम्यूनिष्ट आन्दोलनमा गंभिर विचलन र अवसरबाद हावी भएको छ । यो अवसरवादी विचारले कम्यूनिष्ट आन्दोलनलाई समाप्त पार्ने स्थितिमा पुगेको छ । कोपाअमेरिकामा आएको एक पछि अर्को संकट र नेपालमा सम्पन्न भयो भनिएको कथित क्रान्ति वा जनवादको खास संबन्ध छ । त्यो राज्यसत्ता र क्रन्तिको संबन्धको बारेमा आएको वैचारिक पतनको उपज हो । पेरिसक्रान्तिको बेलामा माक्र्स जीवत थिए उनले क्रान्तिका लागी बस्तुगत परिस्थिति तयार छैन भनेको थिए। तर क्रान्तिअगाडी बढेसंगै माक्र्सले क्रान्तिको समर्थन गरे । क्रानितकारीहरुले जिते र ७२ दिन सम्म कम्यूनको अभ्यास पनि भयो तर ७२ दिन पछि पेरिस सेनाले सत्ता उल्ट्याए ।
    पेरिस कम्युनको पतन पछि माक्र्सले क्रान्ति र राज्यसत्ताको खास सबन्धको ब्याख्या गरे । उनले निष्कर्ष निकालेकी पुरानो राज्यसत्ताको सामरिक यन्त्रहरुलाई ध्वष्त नगरि सर्वहारा वर्गले राज्यसत्ता कब्जा गरे पनि सञ्चालन गर्न सक्तैन । त्यसकारण क्रान्तिको महान अविभारा पुरानो राज्यको बनीबनाउ सामरिक यन्त्रलाई ध्वस्त पार्नु हो । माक्र्सले पुरानो राज्यका सामरिक यन्त्रको बारे पनि व्याख्या गरे र सेना, प्रहरी, अदालत, कर्मचारी र संबैधानिक निकायहरु राज्यका खास बनीबनाउ सामरिक यन्त्र हुन भनेकाछन । क्यूवामा क्रान्ति सम्पन्न भएको ६२ वर्ष वितेको छ जहाँ पुरानो राज्यको सम्पूर्ण सामरिक यन्त्रलाई ध्वस्तपारिएको थियो । चीनमा क्रान्ति सम्पन्न भएको ७१ वर्ष वितेको छ र समाजवाद निर्माण गर्न अझै ३० वर्ष लाग्ने कुरा सी जिनपीङ्ग बिचारमा आएको छ ।
    यतिबेला नेपालमा जनवाद आइसक्यो, क्रान्ति सम्पन्न भइसक्यो भन्ने लफ्फाजी गरिदै छ जहाँ राज्यका बनीबनाउ संयन्त्रमा एक इच्च परिवर्तन भएको छैन । यो फगत, लफ्फाजीमात्र होइन, यो त योजनाबद्ध ढङ्खले गरिएको नेपाली वामअभियानको विसर्जन तथा अवसरवादमा पतन हो । माक्र्सवादको आलोकमा पुरानो राज्यसत्तामा पूर्णरुपमा परिवर्तन गरी जनवादी व्यवस्थाको स्थापना गर्दै समाजवादमा पुग्ने मार्ग तया हुन्छ । यसरी निर्माण भएको जनवादमा सर्वहारा वर्गको पूर्ण नियन्त्रण हुन्छ अथवा लेलिनको भाषा सर्वहारा वर्गको अधिनायकत्व कायम हुन्छ । खासमा क्रान्तिको राज्यसंगको संम्बन्ध भनेकै राज्यका सम्पूर्ण संयन्त्रमा सर्बहारा वर्गको नियन्त्रण कायम गर्नु हो ।

    हाल नेकपाले भनेको क्रान्ति तथा स्थापना गरेको जनवाद के हो त ? उनीहरुको तर्क छ राजा फलियो गणतन्त्र आयो । के गणतन्त्र आउदैमा जनवादी व्यवस्था हुन्छ ? यदि हुन्छ भने अमेरिकामा जनवाद छ ? भारतमा जनवाद छ ? फ्रान्समा जनवाद छ ? राज्यको नियन्त्रण सर्वहारा वर्गमा छ कि दलालहरुमा छ ? राज्यको बनिबनाउ संयन्त्रहरु फेरिएका छन कि पुरानै छन ? यी प्रश्नहरुको उत्तर नखोजी हामी क्रान्ति पुरा भयो भन्न सक्तैनौ । अहिले राज्यसत्ताको पूर्ण नियन्त्रण दलाल वर्गले गरिरहेको छ भने राज्यका बनिबनाउ संयन्त्रहरु सामनतवादी र दलालहरुको नियन्त्रणमा छ ।

    हामीले हेरिरहेका छौं, २००७ सालको आन्दोलन होस्, वा २०४६ सालको जनआन्दोलन र २०६२ सालको जनआन्दोलनले प्राप्त गरेका उपलब्धीहरु प्रत्येक दश वर्षमा खोसिएका छन । यसरी जनताको सवालहरु संबोधन नहुनुमा प्रमुख रुपमा माक्र्सले भने झै राज्यका बनिबनाउ संयन्त्रहरु अदालत, सेना, प्रहरी, कर्मचारीतन्त्र र संबैधानिक निकाय बाधक भएका छन । उदाहारणको लागि २०५२ साल भदौ १२ गते तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले घोषणा गरेको मध्यवति निर्वाचन रोक्ने गरि सर्वोच्च अदालतबाट आदेश नआएको भए देश निकै अगाडी जान्थ्यो । जननिर्वाचित सरकारले एउटा सेनापति फेर्न सक्तैन । भूमीसुधारको मुद्दामा जहिले पनि अदालत वाधक बनेको छ । कर्मचारीतन्त्रलाई समावेशी बनाउन सन्दर्भमा लोकसेवा आयोग र अदालत बाधक भएको छ । एउटा कम्यूनिष्ट पार्टीको सरकार समावेशीताको विपक्षमा उभिन्छ । यसलाई कसरी जनवाद भनिदैछ ।

    यसको मतलब यो हो कि अहिलेको सत्तासीन पार्टीले कुनै रुपान्तरणको पक्षमा अगाडी बढ्ने भन्दा पनि राज्यका पुरानो संयन्त्रमा आफुलाई फिट गर्दै राज्यको स्रोतको दोहन गर्ने चरम अवसरवादी दिशा पतन भइरहेको छ । भरखरै गोकर्ण रिसार्टलाई नेपाल ट्रष्टको नाम रहेका २७९३ रोपनी जग्गा प्रतिरोपनी ५६२ को डरले भडामा दिएको छ । काठमाडौमा सामान्य जग्गा पनि रोपनीको प्रतिवर्ष दश हजार भन्दा कममा पाइदैन तर गोकर्ण जस्तो अन्तराष्ट्रिय स्तरको रिसोर्टलाई किन यति सस्तोमा त्यो पनि म्याद सकिन ६ वर्ष बाकी छदै दिइयो त ? यो जस्तो दलालीकरण र राज्यस्रोतको दोहन अरु के हुन्छ ? यसैमा लिप्त हुनेहरुलाई जनवाद आयो तर साच्चिकै सर्वहारा वर्गको मुक्तिको लागि लडेकाहरुको लागि जनवाद अझै सपना नै हो । यो सपना अहिलेको दलाल नेतृत्वबाट संभव छैन । लेटिन अमेरिकी गुलावी लहरको पतन नेपालको बाम लहरको पतन संगैसंगै हुने देखिन्छ । ब्राजिलमा बाम सरकारको पतनको मुख्याकारण भ्रष्टाचार हो जुन बाटोमा नेपाल पनि गैरहेको छ ।
    किन दलालीकरण भयो नेपालको बाम अभियान ? यसका सैद्धान्तिक, राजनीति, आर्थिक र सामाजिक आयमहरु छन । सैद्धान्तिक र राजनीतिक रुपमा तत्कालिन नेकपा एमालेले जनताको बहुदली जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा अगाडी सारेर, संसदीय संघर्षलाई एक मात्र संघर्षको बाटो बनायो भने नेकपा माओवादीले एक्काशौं शताब्दीको जनवादको नाममा जनताको वहुदलीय जनवादकै नक्कल गर्यो । यो बाटोबाट जित्नको लागि मनी र मसल प्रयोग गर्न व्यपारी, दलाल तथा भ्रष्ट कर्मचारीहरुलाई साथमा लिने, उनीहरुबाट चन्दा लिने रातारात नेता बनाउने प्रवृति हावी भयो । यो दालाल, तथा भ्रष्टहरुको लागि सबै भन्दा राम्रो अवसर थियो र उनीहरुले प्रयोग गरे । एक एक गरि बाम नेताहरुलाई फसाउदै लगे अन्त्यमा सबै चुप लाग्नुपर्ने भयो । आफ्नो स्वार्थको अगाडी जनताका मुद्दा गौण भए । आर्थिक र सामाजिक आयमबाट हेर्दा नेकपाको नेतृत्व र राज्यको सामरिक संयन्त्र कब्जा गरेर बसेकाहरुको वर्ग स्रोत एउटै छ । यदि यसो नहुँदो हो त जनआन्दोलनबाट जनविरोधी सावित भएका लोकमान सिङ्ग कार्की कसरी अख्तियारको प्रमुख बन्थे । सामाजिक र धार्मिक आयाम अझ बलियो छ । शाहीकालिन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे गायत्री नेपाल(माधव नेपालको पत्नी)को धर्म दाई हुन । माधव नेपलसंगै भूमिगत राजनीति गरेका रामअवतार पासवान किन गायत्री नेपालको धर्म दाइ बन्न सकेनन ? किन उनको रोजाइमा रमेशनाथ परे ? जनमुक्ति सेनाका पुर्वडेपुटी कमाण्डर प्रभाकरका छोरी कविता शर्माको भरखरै आलोकप्रताप राणसंग विवाह भयो । किन उनको रोजाइमा राणा परे ? यही हो वर्गीय दृष्टिकोण ? यो त जातीयता र हिन्दुत्वको उपज हो ।
    क्रान्तिकारी भन्नेहरुले जब जमिन छाडे, सोझै पुरानो राज्यसंयन्त्रको चंगुलमा पुगे जहाँ सबै आफ्ना दाजुभाइ, आफ्नै जाती र बन्धुहरु देखे । पीँधमा रहेका जनाताहरु असक्षम, फोहरी लाग्न थाल्यो । अनि निष्कर्ष निकालेकी राज्यका सबै अंगहरु हाम्रै जातीहरुले भरिएको छ, आफ्नै बन्धु छन भने यो त जनबाद नै हो । वास्तवमा यस्तो जनवाद त राणकालमा राणाहरुलाई थियो, पञ्चायतमा पञ्चहरुलाई थियो र शाहीकालमा राजाहरुलाई थियो तर आम नेपाली जनतालाई थिएन र छैन । यो छद्यम अवसरवादको प्राकाष्टा हो मात्र होइन माक्र्सवादी चिन्तनको मनुवादी बिर्सजन र सर्वहारा वर्गीय आन्दोलनको पतन हो । जसरी पुर्डोनको अवसरवादी विचारको विरुद्ध माक्र्सले, काउत्स्की र बर्नस्टनजस्ता अवसरवादीका विरुद्ध लेलिनले कठोर संघर्ष गरे त्यसरी नै अवसरवादी नेतृत्वको विरुद्ध संघर्ष गर्ने आँट गर्न जरुरी छ ।

    बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग
    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

    लोकप्रिय

    • १.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • २.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    • ३.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव

    • ४.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • ५.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह

    • ६.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको

    भर्खरै

    • १.
      दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

    • २.
      सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल

    • ३.
      निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

    • ४.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • ५.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • ६.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ७.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ८.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation