शिवु खनाल, देउखुरी। नेपाल पत्रकार महासंघ दाङ शाखाको २७ औं स्थापना दिवसको अवसरमा आयोजीत मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहले हात पारेको छ । पहिलो टस जीतेर व्याटिङ्ग रोजेको जनप्रतिनिधिको समुहले १५ ओभरको समाप्ती संगै सम्पूर्ण विकेट गुमाउदै ८२ रन बनायो । जनप्रतिनिधिको समुहबाट भानु पन्तले २५ रनको योग्दान दिनुभयो । सद्धाम सिद्धिकीले २ छक्का हान्दै १७ रन जोड्नु भयो । पर्शु चौधरीले १० रन, नारायण जिसीले ८ रन र उत्तम विष्टले ७ रनको योग्दान दिनुभयो । पत्रकारको समुहबाट शिबराज खनालले ह्याट्रीक सहित चार विकेट लिएका थिए ।
पत्रकार दशरथ घिमिरेले २, शिवु खनालले २ विकेट लिनुभयो । प्रियास्मृती गजमेरले एक विकेटको योग्दान दिनुभयो । पत्रकारको समुहबाट सबै भन्दा धेरै अमित तामाङ्गले ५६, कौशल अधिकारीले १४, शिवराज खनालले दश रन, दशरथ घिमिरेले पाँच रनको योग्दान दिनुभयो । प्रतियोगीतामा एम्पायरको भुमिका राहुल शहानी र सुरज खनालले गर्नु भएको थियो । मैत्रिपूर्ण खेल आयोजनामा लमही स्थित सिभिल बैंक, गढवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले सहयोग गर्नु भएको थियो ।
राष्ट्रको सर्वाङ्गीन विकासमा खेलको भूमिका महत्वपूर्णः शर्मा
प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राष्ट्रको सर्वाङ्गीन विकास गर्न खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ दाङको २७ औं स्थापना दिवसको अवसरमा लमहीको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजीत जनप्रतिनिधि र पत्रकार बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै शर्माले खेलकुदको विकासमा वर्तमान सरकारले ध्यान दिएको र खेल क्षेत्र उत्साहित बनेको बताउनु भयो ।‘लमहीमा खेलकुद प्रतियोगीता राखेर खेलाडीमा हौसला प्रदान बढेको छ’शर्माले भन्नुभयो–‘खेल क्षेत्रमा हुने विकासमा राष्ट्रको सर्वाङ्गीन विकासमा महत्वपूर्ण योग्दान पु¥याउछ ।’नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिमबहादुर केसीले खेल क्षेत्रको विकासमा स्थानिय सरकारले लगानी लगाएको बताउनु भयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार महासंघका प्रदेश पार्सद दशरथ घिमिरेले गर्नु भएको थियो ।
मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगितामा पत्रकार समुह विजय
मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगितामा पत्रकार समुह विजय

Advertisement
तपाईको प्रतिक्रिया