जसरी देशको सिमाना नै हड्प्दा
स्तब्ध रहेनी राज नेताहरू ,
त्यसैगरी तिमिले मेरो साथ लत्याएर जादा
स्तब्ध रहे यी मेरा ओठहरु
न त म किन को नै जवाफ दिन सक्छु तिमिलाई
न त तिमी प्रश्न नै गर्न सक्छौं
यसरी सुघौली सन्धिमा टुक्रिएको मेरो देश झै गरि
टुक्रिएको छ मेरो मुटुको चार कोठहरु।।
आखिरमा अगाल्नु पर्ने नै रहेछ “देश अनुसारको भेष”
अनि त्याग्नुपर्ने नै रहेछ अधुरो प्रमेको केश ।।।
तिमिले अनि मैले रचेका काल्पनिक हारो त्यो खुसी जीवन
जहाँ , माया, मोह, धन र चयन भरिभराउ थियो नि है।
आज त्यस्तौ रहेछ जस्तै लाग्छ मलाई, मेरो देशको योजना “नयाँ नेपाल, खुशी नेपाली,समृद्ध नेपाल”
तुलना गरौँ न यहि मैदानमा मिल्दो जुल्दो रहेछ नि है ।
आखिरमा अगाल्नु पर्ने नै रहेछ “देश अनुसारको भेष”
अनि त्याग्नुपर्ने नै रहेछ अधुरो प्रमेको केश ।।।
देश समृद्ध बोलेर हुदैन त्यसको लागि पुर्वाधारको
उच्चतम उपयोग खाँचो पर्छ नि है
त्यसै गरि मेरो जीवनको पुर्वाधार बनेको तिमी।
तर मलाई केही नसोधी भोलीको मेरो समृद्ध
जीवन उजाड बनाई म बाट टाढा भै दियौ है।।
आखिरमा अगाल्नु पर्ने नै रहेछ “देश अनुसारको भेष”
अनि त्याग्नुपर्ने नै रहेछ अधुरो प्रमेको केश ।।।
संसारकै सानो देश भएता पनि शिर सगरमाथा न हो
सिमाना सार्दैमा अनि छिमेकीले माया मार्दैमा
डगमगाउन ददिदैनौ नि हाम्रो राष्ट्रियता
नेपाली मनहरु मिलेर भत्किएको संरचना पुन निर्माण गरेझैं गरि
बचाउदै छु निजि जीवन, जोड्दै छु टुक्रिएका मुटुका पाटाहरु
अनि रंग थपी उज्वल बनाउदै छु कृतिम निजि जीवन
आखिरमा अगाल्नु पर्ने नै रहेछ “देश अनुसारको भेष”
अनि त्याग्नुपर्ने नै रहेछ अधुरो प्रमेको केश ।।। ©रिता काफ्ले