बिमलराज डाँगी, रोल्पा (थवाङ) । भन्निछ नि अरुको सेवा गर्नु नै सबै भन्दा ठुलो धर्म हो । मान्छेले त्यही धर्म कमाउन अनेक दुख÷प्रयास गर्नुपर्छ । धर्म कमाउनलाई त्यती सजिलो हुदो रहेन्छ । जापान जस्तो सुखसयलमा जिन्दगी विताइरहेका इसिदाले अरुको सेवा गर्न सानै उमेर देखि रुचि राख्ने गर्थे त्यसैले हुनु पर्छ इसिदाले आफ्नै देश जापानमा डाक्टर पढ्ने रुचि गरे अनि डाक्टर पढे । डाक्टर पढदै गर्दा उनले नेपालको बारेमा र त्यसमा पनि थवाङको बारेमा इन्टरनेटबाटै भएपनि धेरै कुराको अध्ययन गर्न पाएका थिए डा.इसिदाले । इसिदाकोे मनमा एकपटक जसरी पनि रोल्पाको थवाङमा पुगेर थवाङ्गी जनताहरु सँग भेट गर्ने रहर लाग्न थल्यो र डाक्टर पढ्दै गर्दा उनलाई नेपाल आउनको लागी अवसर जु¥यो । र आज भन्दा २२ वर्ष पहिले उनी थवाङमा पाइला टेके र थवाङमा केही समयसम्म रहे । थवाङ वस्दै गर्दा डा.इसिदाले अझ धेरै अध्यन गर्न पाए । थवाङको संस्कृती,रितिरिवाज,यहाको मान्छेको स्वभाव र अबस्था देख्दा झनै उनको मन थवाङले तान्यो । थवाङमा मगर जातिको बहुल्यता भएको गाउमा उनले मगरजातिहरु इमान्दार हुन्छन भन्नेकुरा मैले धेरै बुझ्ने मौका पाए । थवाङको एक वर्षको बसाईलाई विट मार्दै डा.इसिदा जापान फर्कनु पर्ने समय आयो। थवाङ्गीहरुले डा.इसिदालाई थवाङमै वस्न आग्रह गरे। डा.इसिदालाई थोरै समयको लागी मात्रै नेपालको भिसा पाएका थिए । त्यसैले डा.इसिदा जापान फकर्दा उनले थवाङ्गीलाई बाचा गरे। पुन थवाङ आउने प्रतिवदता जनाउदै उनी जापान फर्किए । जापानमै डाक्टरी पेशाको जागीर गर्न सुरु गरे । तर,थवाङबासिलाई संझिरहे उनले। दिनरात मनमा कुरा खेलिरहन्थ्यो । त्यही समयमा नेपालमा तत्कालीन नेपाल कम्युनिष्ट्र पार्टी माओवादीले जनयुद्ध थालनी ग¥यो । त्यो पनि रोल्पा रुकुमलाई नै आधारक्षेत्र बनाएर जनयुद्ध सुरु भयो । डा.इसिदालाई झन मनमा धेरै कुरा खेल्न थाल्यो तर उनी सरकारी जागीर छोडेर नेपाल आउन भने मिल्दैन थियो । आफ्नो देशमा काममा व्यस्त भएकाले नेपाल आउन पाएन्न । करिव ६० वर्षको उमेर हुदा डा.इसिदाले सरकारी जागीरबाट अवकास लिएर नेपालको थवाङ आउने निधो गरे । जनयुद्धबाट थलिएको थवाङमा आएर उनी जनताको सेवामा खटिरहे । नया नेपालको हरेक राजनिती परिवर्तनमा थवाङ्गी जनतको अग्रगामी हात भएता पनि थवाङलाई सरकारमा पुगेका नेताले नै विर्सने गरेको उनको भनाइ छ । वि.स.२०६८ सालमा पुष्पकमल दाहाल प्रचण्ड थवाङ आउदा डा.इसिदाले आग्रह गरे नेपालको राजधानी काठमाडौं र थवाङको दुरी हरेक कुरावाट धेरै टाढा रहेको र त्यो दुरीलाई विकासको गतिबाट नजिक ल्याउन डा.इसिदाले प्रचण्डलाई आग्रह गरेको कुरा स्मरण रहेको र यहि थवाङले गर्दा प्रचण्डमा अहिले जुन ठाउमा छन त्यो ठाउमा पुगेको उनले बताए । यहिलेको नेपाल सरकारले हरेक गाउँपालिकामा १५ सैयाको अस्पताल हुनु पर्ने प्रावधान रहेको र मैले काम गरिरहेको यस जलजला सामुदायिक अस्पताललाई स्वीकृत नगरेकोमा उनले दुखेसो पोखे । छिमेकी जिल्ला रुकुम,प्युठान र सल्यानबाट समेत यहा उपचार गराउनको लागी विरामीहरु आउने गरेका छन । अहिले ७२ वर्ष पुगिसके मेरो श्रीमती र छोराहरु जापानमै वस्छन उनिहरुले परिवार सगै वस्न आग्रह गर्छन तर मेरो मनले थवाङ छोड्न मानदैन । परिवार भेट्न वेला वेला समय निकालेर जापान जाने गरेको छु । छोराले पनि यहा आफु वस्न नसके पनि
मैले गरेको काममा मेरो जिवन पछि पनि यहाको जनतालाइ आफुले सक्ने सहयोग गर्ने बताएका छन । करिव ११ वर्षको अवधीमा समयमा उपाचर नपाउदा सत्केरी व्यथा लागेकी आमा र सिशु दुवैको हाम्रै हातमा ज्यान गएको एक दुखद क्षण याद आइरहन्छ । यहा अस्पतालमा धेरै समस्या छन चाहिए जति जनसक्ती छैनन भने जस्तो भौतिक संरचना छैन नत भने जस्तो प्रविधी नै छ । काम गर्न गाह्रो छ तर यहा भको कर्मचारीहरुले आफुले सक्दो काम गरिरहनु भएको छ तर त्यो पुगिरहेको छैन । पहिले भन्दा थवाङका जनताहरुमा अहिले शिक्षा स्वास्थ्य अवस्था धेरै सुधार भएको छ । खै मेरो आयु कति छ त्यो मलाई त थाहा छैन तर वाचुन्जेल यहि माटो थवाङ्गीहरुको सेवामै जिवनदिनेछु यदि म मरिहाले भनेपनि मलाई यहि माटोमा,यहि ठाँउमा मर्न दिनु र यही थवाङमा मेरो अन्तिम कामकाज गर्नु बाचुन्जेल थवाङ्गी जनतको सेवामा खटिने छु आसु झार्दै डा.इसिदाले भने । डा.इसिदा वि.सं २०६६ साल देखी थवाङमा रहेको जलजला सामुदायिक अस्पताल थवाङमा कार्यरत छन् ।