• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

जापानिज डा.इसिदा थवाङका जनताको सेवामा रमाउदै


  •   मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
  • बिमलराज डाँगी, रोल्पा (थवाङ) । भन्निछ नि अरुको सेवा गर्नु नै सबै भन्दा ठुलो धर्म हो । मान्छेले त्यही धर्म कमाउन अनेक दुख÷प्रयास गर्नुपर्छ । धर्म कमाउनलाई त्यती सजिलो हुदो रहेन्छ । जापान जस्तो सुखसयलमा जिन्दगी विताइरहेका इसिदाले अरुको सेवा गर्न सानै उमेर देखि रुचि राख्ने गर्थे त्यसैले हुनु पर्छ इसिदाले आफ्नै देश जापानमा डाक्टर पढ्ने रुचि गरे अनि डाक्टर पढे । डाक्टर पढदै गर्दा उनले नेपालको बारेमा र त्यसमा पनि थवाङको बारेमा इन्टरनेटबाटै भएपनि धेरै कुराको अध्ययन गर्न पाएका थिए डा.इसिदाले । इसिदाकोे मनमा एकपटक जसरी पनि रोल्पाको थवाङमा पुगेर थवाङ्गी जनताहरु सँग भेट गर्ने रहर लाग्न थल्यो र डाक्टर पढ्दै गर्दा उनलाई नेपाल आउनको लागी अवसर जु¥यो । र आज भन्दा २२ वर्ष पहिले उनी थवाङमा पाइला टेके र थवाङमा केही समयसम्म रहे । थवाङ वस्दै गर्दा डा.इसिदाले अझ धेरै अध्यन गर्न पाए । थवाङको संस्कृती,रितिरिवाज,यहाको मान्छेको स्वभाव र अबस्था देख्दा झनै उनको मन थवाङले तान्यो । थवाङमा मगर जातिको बहुल्यता भएको गाउमा उनले मगरजातिहरु इमान्दार हुन्छन भन्नेकुरा मैले धेरै बुझ्ने मौका पाए । थवाङको एक वर्षको बसाईलाई विट मार्दै डा.इसिदा जापान फर्कनु पर्ने समय आयो। थवाङ्गीहरुले डा.इसिदालाई थवाङमै वस्न आग्रह गरे। डा.इसिदालाई थोरै समयको लागी मात्रै नेपालको भिसा पाएका थिए । त्यसैले डा.इसिदा जापान फकर्दा उनले थवाङ्गीलाई बाचा गरे। पुन थवाङ आउने प्रतिवदता जनाउदै उनी जापान फर्किए । जापानमै डाक्टरी पेशाको जागीर गर्न सुरु गरे । तर,थवाङबासिलाई संझिरहे उनले। दिनरात मनमा कुरा खेलिरहन्थ्यो । त्यही समयमा नेपालमा तत्कालीन नेपाल कम्युनिष्ट्र पार्टी माओवादीले जनयुद्ध थालनी ग¥यो । त्यो पनि रोल्पा रुकुमलाई नै आधारक्षेत्र बनाएर जनयुद्ध सुरु भयो । डा.इसिदालाई झन मनमा धेरै कुरा खेल्न थाल्यो तर उनी सरकारी जागीर छोडेर नेपाल आउन भने मिल्दैन थियो । आफ्नो देशमा काममा व्यस्त भएकाले नेपाल आउन पाएन्न । करिव ६० वर्षको उमेर हुदा डा.इसिदाले सरकारी जागीरबाट अवकास लिएर नेपालको थवाङ आउने निधो गरे । जनयुद्धबाट थलिएको थवाङमा आएर उनी जनताको सेवामा खटिरहे । नया नेपालको हरेक राजनिती परिवर्तनमा थवाङ्गी जनतको अग्रगामी हात भएता पनि थवाङलाई सरकारमा पुगेका नेताले नै विर्सने गरेको उनको भनाइ छ । वि.स.२०६८ सालमा पुष्पकमल दाहाल प्रचण्ड थवाङ आउदा डा.इसिदाले आग्रह गरे नेपालको राजधानी काठमाडौं र थवाङको दुरी हरेक कुरावाट धेरै टाढा रहेको र त्यो दुरीलाई विकासको गतिबाट नजिक ल्याउन डा.इसिदाले प्रचण्डलाई आग्रह गरेको कुरा स्मरण रहेको र यहि थवाङले गर्दा प्रचण्डमा अहिले जुन ठाउमा छन त्यो ठाउमा पुगेको उनले बताए । यहिलेको नेपाल सरकारले हरेक गाउँपालिकामा १५ सैयाको अस्पताल हुनु पर्ने प्रावधान रहेको र मैले काम गरिरहेको यस जलजला सामुदायिक अस्पताललाई स्वीकृत नगरेकोमा उनले दुखेसो पोखे । छिमेकी जिल्ला रुकुम,प्युठान र सल्यानबाट समेत यहा उपचार गराउनको लागी विरामीहरु आउने गरेका छन । अहिले ७२ वर्ष पुगिसके मेरो श्रीमती र छोराहरु जापानमै वस्छन उनिहरुले परिवार सगै वस्न आग्रह गर्छन तर मेरो मनले थवाङ छोड्न मानदैन । परिवार भेट्न वेला वेला समय निकालेर जापान जाने गरेको छु । छोराले पनि यहा आफु वस्न नसके पनि

    Advertisement

    मैले गरेको काममा मेरो जिवन पछि पनि यहाको जनतालाइ आफुले सक्ने सहयोग गर्ने बताएका छन । करिव ११ वर्षको अवधीमा समयमा उपाचर नपाउदा सत्केरी व्यथा लागेकी आमा र सिशु दुवैको हाम्रै हातमा ज्यान गएको एक दुखद क्षण याद आइरहन्छ । यहा अस्पतालमा धेरै समस्या छन चाहिए जति जनसक्ती छैनन भने जस्तो भौतिक संरचना छैन नत भने जस्तो प्रविधी नै छ । काम गर्न गाह्रो छ तर यहा भको कर्मचारीहरुले आफुले सक्दो काम गरिरहनु भएको छ तर त्यो पुगिरहेको छैन । पहिले भन्दा थवाङका जनताहरुमा अहिले शिक्षा स्वास्थ्य अवस्था धेरै सुधार भएको छ । खै मेरो आयु कति छ त्यो मलाई त थाहा छैन तर वाचुन्जेल यहि माटो थवाङ्गीहरुको सेवामै जिवनदिनेछु यदि म मरिहाले भनेपनि मलाई यहि माटोमा,यहि ठाँउमा मर्न दिनु र यही थवाङमा मेरो अन्तिम कामकाज गर्नु बाचुन्जेल थवाङ्गी जनतको सेवामा खटिने छु आसु झार्दै डा.इसिदाले भने । डा.इसिदा वि.सं २०६६ साल देखी थवाङमा रहेको जलजला सामुदायिक अस्पताल थवाङमा कार्यरत छन् ।

    मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation