• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

दोस्रो गलकोट घुम्टे महोत्सवको तयारी तिव्र


  •   शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। झण्डै १३ वर्ष पछि गलकोटमा दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी यति बेला तिव्र पारिएको छ । गलकोट घुम्टे विकास केन्द्र बागलुङको आयोजनमा हुन गईरहेको महोत्सवलाई सफल पार्न अहिले विभिन्न ठाउँमा समुह बनाएर प्रचार प्रसार आर्थिक संकलनलाई दृढतापुर्वक अगाडी बढाईएको छ । केन्द्रले गलकोट सँगै देश तथा विदेशमा रहेका गलकोटे तथा बागलुङ जिल्लाबासी सँगको अन्तरकृया तथा भेटघाटलाई सकृयता पुर्वक अगाडी बढाएको छ । २०६३ सालमा पहिलो पटक गलकोटमा प्रथम गलकोट घुम्टे महोत्सव आयोजना गरिएको थियो । दोस्रो गलकोट घुम्टे महोत्सव नजिकिदै गर्दा त्यसको व्यवस्थापन कसरी गर्ने महोत्सवमा स्थानिय कला र संस्कृतिको प्रदर्शन लगायतका विषयमा अहिले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सबै वडामा आवश्यक गृहकार्य चलिरहेको छ । महोत्सवमा स्थानिय कला संस्कृति झल्कने हाम्रा लोक संस्कृतिहरु लोप हुन लागेको भन्दैं महोत्सवमा स्थानिय कला र संस्कृतिलाई मुख्य प्राथमिकतामा राखेक प्रदर्शन गर्ने तयारी भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो । मंसिर ४ गते देखि ११ गते सम्म गलकोट नगरपालिका वडा नं ५ हरिचौर बसाहफाँटमा हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा यस क्षेत्रमा रहेका पुराना लोपोन्मुख कला संस्कृतिलाई संरक्षण गर्ने उद्येश्य सहित विभिन्न जातजातिमा आधारित मौलिक, कला संस्कृतिहरु प्रर्दशन गर्न लागिएको थापाले बताउनु भयो । गलकोटमा रहेका स्थानिय कला संस्कृति सोरठी, सालैजो, ठाडो भाका, यानीमाया सुनिमाया, नानीलै, घुम्टे साइलो लगायतका भाकाहरु सँगै स्थानिय कला संस्कृति झल्कने झाँकीहरु र जात्राहरु समेत प्रर्दशन गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताउनु भयो । महोत्सवमा गलकोट लगायत आसपासका पालिकामा रहेका कला सँस्कृतिको समेत प्रर्दशन गरिने केन्द्रका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । महोत्सवमा गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी तथा मारुनी नाच, लाखे नाच तथा भजन किर्तनलाई पनि विशेष प्रस्तुतीका साथमा राखिने गलकोट घुम्टे पर्यटन केन्द्रका सचिव सेर बहादुर थापाले जानकारी दिनुभयो ।बागलुङ जिल्लाको गलकोट क्षेत्र कला संस्कृतिले भरिपुर्ण भएको ठाँउ मानिए पनि विभिन्न कारणले गर्दा गलकोटमा रहेका कला सँस्कृति पछिल्लो समय लोप हँदै गईरहेका छन् । गलकोटमा विभिन्न जातजातीको बसोबास रहेको छ । त्यि जातजातीहरुका पनि आफ्नै कला संस्कृतिहरु रहेका छन् । ती कला संस्कृति समेत अहिले नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु, नयाँ पुस्ताले सिक्नमा तदारुकता नदेखाउनु र कला संस्कृतिलाई संरक्षण गर्न सरोकारवाला पक्षको ध्यान नजानुले पनि विभिन्न संस्कार, संस्कृतिहरु अहिले लोप हुने अवस्थामा रहेका छन् । अहिले संविधानले पनि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्व बोकेका परम्परागत संस्कार सँस्कृतिलाई संरक्षण गर्नको लागि लिपिवद्व गरिसकेको बेला परम्परागत कला सँस्कृतिलाई जगेर्ना गर्नुपर्ने र लोपोन्मुख कला सँस्कृतिलाई जीवन्त राख्नुपर्ने सरोकारवालाको भनाई छ ।महोत्सवले गलकोट क्षेत्रको पर्यटन, कृषि, कला, संस्कृतिलाई खेलकुद लगायतलाई थप उचाईमा पुर्याउँदै आन्तरिक तथा बाह्य पर्यटन आवागमनमा वृद्वि हुने अपेक्षा लिईएको छ ।

    Advertisement

    शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation