प्रदिप बिवस भण्डारी,काठमाडौ। हरेक व्यक्तिलाई अरुको भाषा भनेपछि सिक्न बोल्न अलिक अप्ठेरो हुने गर्छ तर पनि कतिपय व्यक्तिले सोचेभन्दा छिटो नै नजानेका भाषाहरु सिक्ने गरेको पाइन्छ । यस्तै अमेरिकाकी भियानाले पनि नेपाली भाषा दुई महिनामै फररर जान्ने भएकी छिन् । उनी गत सेप्टेम्बर महिनामा नेपाल घुम्न आएकी हुन् र अहिलेसम्म पनि नेपालमै छिन् । उनले अहिलेसम्मको यो दुई महिनाको अवधिमा घुम्ने मात्रै होइन नेपाली भाषा पनि सिकी सकेकी छिन् ।पछिल्लो समय नेपालमा भित्रिने पर्यटकहरु नेपाली भाषा, साहित्य, सँस्कृतिप्रति निकै चाह राख्ने गरेको तथ्य भेट्न सकिन्छ । कति त नेपालमै बस्नसमेत रुचि राख्ने गर्छन् । भियानाले नेपाल आएर नेपाली नामसमे राखिसकेकी छिन् । उनको नेपाली नाम हो भावना । साउण्ड नेपालसंगको अन्तर्वार्तामा उनले निकै खुलेर नेपाली अन्तवार्ता दिएको छिन् । उनले नमस्ते, धन्यवादमात्रै होइन अन्य धेरै शब्दहरु प्रस्ट बोल्न सक्छिन् ।उनी अबको डिसेम्बरमा अमेरिका फर्कने कुरा अन्तर्वार्तामा खुलाएकी छिन् । उनका अनुसार अहिले अमेरिका फर्किएपनि फेरि अर्काेपल्ट नेपाल आउने बाचासमेत गरेकी छिन् । यहाँसम्मकी उनी अमेरिका गएपछि आफ्ना साथिहरुलाई नेपाली भाषा सिकाउने नेपाल घुम्न जान अपिल गर्ने प्रन पनि लिएकी छिन् ।
अन्तर्वार्तामा उनले नेपालीको सहयोगी मनलाई सम्मान गरेको बताएकी छिन् । नेपाली भाषाको मोहलाई पछ्याउँदै उनले अन्तर्वार्ता निकै रमाउँदै नेपाली गीतसमेत गाएकी छिन् ।
https://youtu.be/rnQVVOH4ufs