• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

धर्तीको स्वर्ग : क्या ! सुन्दर रुकुमकोट


  •   सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित
  • कामना डेली,रुकुमकोट।नेपालको कान्छो जिल्लाको रूपमा चिनिने रुकुम पूर्वको सदरमुकाम हो रुकुमकोट । यहि ठाउँको नामबाट २ जिल्लाहरू बनेका छन् ।रुकुम ५२ पोखरी ५३ टाकुरीको जिल्ला हो। रुकुम कोट पश्चिम क्षेत्रकै पर्यटकीय हब हो। रुकुमकोट पहिलाका राजा रजौटाहरुले राज्य गरेको ठाउँ हो भन्ने भनाई छ। रुकुमको १० कोस पूर्वमा पर्ने रमणीय ठाउँ नै रुकुम कोट हो। यो प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।रुकुमकोटमा रहेको रुक्मिणी देवीको नामबाट रुकुम कोट रहेको र पछि रुकुमकोटबाट पछि रुकुम नाम रहेको जनश्रुति पाइन्छ। यहाँ रहेको कमल ताल धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको ताल हो। यहाँ महाशिवरात्रि, चैत्रे दर्शै, हरितालिका तीज र वडा दसैँमा भव्य मेला लाग्ने गर्दछ। यो तालमा नुहाएमा विभिन्न छालाका रोगहरू निको हुने जनविश्वास छ।रुकुमकोटको बाहुनथानामा रहेको अवस्थित यो ताल नेपालको नक्सा जस्तो देखिन्छ। यो ताल सुन्दर र मनमोहक देखिनुका साथै नेपालमा पाहिने कमलको फुलहरू मध्ये सबैभन्दा राम्रो कमलको फुल मानिन्छ।यो तालको पूर्वमा पर्ने वनमा विभिन्न किसिमका जडीबुटीहरू पाइन्छन्। साथै यो तालको वरिपरि विभिन्न किसिमका चराहरू पाइने भएकोले वर्ड वाचिङ्गको लागि उपयुक्त स्थान हो। रुकुम कोट पुग्नको लागि अहिले बाटो घाटोको राम्रो सुविधा छ। स्थल र हवाई मार्गबाट जान सकिने यो ठाउँ अत्यन्तै रमणीय ठाउँ हो।

    Advertisement

    पर्यटकिय स्थलहरू :

    रुक्मिणी ताल :  रुकुम जिल्लाका विभिन्न तालहरूमध्ये कमल ताल संरक्षणको अभावमा ओझेलमा परेको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको तालको संरक्षणका लागि कुनै प्रयास नभएपछि ताल लोप हुने अवस्थामा पुगेको छ। ताल उत्पतिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो तालमा बर्षेनी शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज, बडादशैंमा भब्य मेला लाग्ने गर्दछ। तालमा नुहाएमा विभिन्न रोगहरू निको हुने जनविश्वास रहेको पाइन्छ। तालको संरक्षणसँग प्रचार प्रसार भएमा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीय व्यवसायीहरू बताउँछन्। स्थानिय भाषामा कमल दह पनि भन्ने गरिन्छ। रुकुमकोटको बाहुन्थानामा अवस्थित यो ताल नेपालको नक्शा जस्तो देखिन्छ। यसको क्षेत्रफल १.९५ वर्ग कि.मी.छ। यहाँ नुहाउदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुशार माघे सक्रान्तिमा तिर्थयात्रिहरू आएर नुहाउने चलन छ। यो ताल सुन्दर र मनमोहक हुनुकासाथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल पाइन्छ। प्राय चैत बैशाख महिनामा यस ताल बाट कमल निकाल्ने गरिन्छ,जुनबाट अचार या तरकारि बनाइन्छ त्यसबाहेक यसलाई कमलपित्त (जन्डिस) या अन्य रोगको उपचारको लागि पनि प्रयोग गरिन्छ। अनि असार,साउन र भदौ तिर तालले माला भिरेझै देखिने कमलको हरियो पात अनि त्यसमथि फुलेको कमलको फुलले रुकुमकोटमा लाग्ने तिज् मेलामा अर्कै रौनक थपेको हुन्छ। यो तालको पूर्वमा पर्ने वनमा बिभिन्न किसिमका जडिबूटिहरू पाइन्छन्, साथै यो ताल वरिपरि बिभिन्न किसिमका चराहरू पाइने भएकोले बर्ड् वोचिङ्को लागि उपयूक्त ठाँउ हो।

    शिवालय(शिवजिको मन्दिर) : शोभा गा.बि.स.अन्तरगत रुकुमकोटमा रहेको रुक्मिणी ताल(कमल दह)को उत्तर छेउमा अवस्थित यो मन्दिर स्थानिय बुद्धिजिबी मणीराम गौतमका अनुशार राणाकालमा बनाईएको हो। हरेक बर्ष शिवरात्रिको बेला ठूलो मेला लाग्ने गर्दछ। यो मन्दिर राणाकालमा निर्मित मध्यपश्चिममा अवस्थित एउटा ऐतिहासिक नमूना हो।

    सिस्ने हिमाल : रुकुमको उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाम हो सिस्ने हिमाल। यसलाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ। यो कान्जिरोवा हिम श्रीङ्खला अन्तर्गत पर्दछ। यसको उचाई ५,८४१मि.छ। रुकुमकोटलाई वरिपरि बाट सर्प झै डांडांले घेरेको छ त्यसैले पहिले रुकुमकोटको नाम सर्पकोट थीयो पनि भन्ने गरिन्छ। मैदान डांडां बाट सिस्ने हिमालको अबलोकन गर्न सकिन्छ। यस हिमालमा आजसम्म कोही पनि नचढेको हुंदा यसलाई कन्या हिमाल पनि भनिन्छ। यो हिमालको वरिपरि बिभिन्न सना-ठूला हिम् तालहरू रहेका छन्। रुकुमकोटको पूर्वी-उत्तरका मैदान डांडां वा खोर्सले लगायतका डांडांहरूबाट सिस्ने हिमालको मनमोहक दृश्य हेर्न सकिन्छ।

    देउरालि गुफा : स्थानिय भाषामा देउरालि ओडार पनि भनिने यो गुफा रुकुमकोट देखि पूर्बमा रुमगाड नदि(लुकुम गाड)को किनारमा अवस्थित छ। सांघुरो प्रवेशद्वारबाट भित्र पस्यो भने बिशाल भवन भित्र प्रवेश गरेको अनुभव हुन्छ। गुफा भित्र प्राकृतिक रूपमा बनेका मानिसका बिभिन्न दैनिक क्रियाकलाप या बिभिन्न देवि देवताका मूर्तिहरू हेर्न सकिन्छ,प्राकृतिक रूपमा बनेका यि मुर्तिहरू कसरी बनेका होलान एउटा अनौठो अनुभव हुन्छ। यो गुफा भित्र ९ भन्दाबढि तलाहरू भएको र अनुशन्धानको कमिले गर्दा अहिले २ तला सम्म अवलोकन गर्न सकिन्छ। पहिले यो ठाँउमा बर्षको एक पटक ठूलो मेला लग्ने गर्दथ्यो। अहिले पनि चैते दशैको दिनमा ठूलो मेला लाग्ने गर्दछ। रुकुमकोटबाट त्यहां पुग्न लगभग ४०/५० मिनेट पैदल लाग्छ। यो गुफा पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ।
    कमल दह ब्रहाजिको मन्दिर : यो मन्दिर एउटा नेपालका पुराना ऍतिहासिक मन्दिरहरू मध्ये एकको रूपमा लिन सकिन्छ। यो मन्दिरको इतिहासको बारेमा अझैपनि कुनैपनि खोजमूलक कार्य हुन सकिरहेकोछैन। स्थानिय बुद्दिजिविहरूका अनुशार यो मन्दिर १६ औं शताब्दि भन्दा पनि पुरानो भनेर भन्नेगरिन्छ तर आधिकरिक पुष्टि हुंनभने बांकिनै छ। यो मन्दिरमा गएर पुजा गरि भाकल गरेमा चिताएको कुरा पुग्ने बिश्वास गरिन्छ।

    सानी भेरी नदी : धौलागिरि हिमालको दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाई यो नदी बगेको छ। बाग्लुङको ढोरपाटन हुदै रुकुमको तकसेरा, जाङ्, नायगाड, रुकुमकोट, पोखरा,माछ्मी, गरायला हुदै ठुली भेरी नदी मिलेको छ। रुकुमकोटको धाउनेमा यो नदिले ठूलो बगर बनाएको छ जुन धाउने बगर रुकुमकोटको अर्को आकर्षणको रूपमा रहेको छ। जहाँ बाट राफ्टिनङ् गर्दै ठुली भेरीसम्म पुग्न सकिने सम्भाबना देखिन्छ।
    यातायात
    निर्मानाधिन पुष्पलाल पहाडि लोकमार्ग अन्तर्गत पर्ने रुकुमकोट काठमान्डौबाट स्थलमार्ग अथवा हवाइमार्ग हुँदै रुकुमकोट पुग्न सकिन्छ।

    स्थलमार्ग : काठमान्डौबाट -दाङ् -सल्यान – सोलाबांङ् रुकुम (रात्रि बस २० घन्टाको यात्रा),अनि सोलाबांङ् बाट ४ घन्टाको जिप यात्रा – रुकुमकोट
    दाङ् -सल्यान – सोलाबांङ् रुकुम (रात्रि बस १० घन्टाको यात्रा), अनि सोलाबांङ् बाट ४ घन्टाको जिप यात्रा – रुकुमकोट
    हवाइमार्ग : काठमान्डौ – सल्ले एरपोर्ट्(मुसिकोट)१घन्टा १५ मिनेटको यात्रा, अनि सोलाबांङ् बाट ४ घन्टाको ३० मिनेटको जिप यात्रा – रुकुमकोट
    नेपालगन्ज – सल्ले एरपोर्ट्(मुसिकोट) २५ मिनेटको यात्रा, अनि सोलाबांङ् बाट ४ घन्टाको ३० मिनेटको जिप यात्रा – रुकुमकोट
    साथै रुकुमको खारा हुँदै मुसिकोट, स्यार्पू ताल, पोखरा हुँदै ट्रेकिङ् गर्दै पनि रुकुमकोट पुग्न सकिन्छ।

    बस्ने सुबिधाहरू
    रुकुमकोमा होम स्टे अथवा लजहरूको ब्यवस्था भएकोले सानो बजेटले पनि बस्न सकिन्छ।

     

    सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...