कामना डेली,अर्घाखाँची। संस्कृत व्याकरणको उदगम थलो मानिने अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी तपोभूमि जंगलबिच रहेको छ। पाणिनी तपोभूमिको उत्तरतर्फको पानी काली गण्डकी र दक्षिणतर्फको पानी बाणगंगामा मिसिन आउँछ।ऐतिहासिक कलाकृतिले सजिएका मठ मन्दिर, ढुंगाका संरचना, भगवानका मूर्ती र ठुलो चौर छ । जैविक विविधता पार्क सहित तपोभूमि जिल्लाको पहिचान सहितको सम्पत्ती भएको स्थानीय बताउछन। ५० रोपनी क्षेत्रफलमा फैलिएको तपोभूमि स्थल वरपर रमाइलो र सुन्दर छ । जंगलको बीचमा भएकाले र हेर्ने मान्छे नभएकाले मन्दिरको मूर्ति, महत्वपूर्ण चिज, घण्टा लगायतका सामाग्री केही वर्ष पहिले चोरी भएको छ । एक सय किलोको ठुलो घण्ट थियो । पाणिनीले तपस्या गर्दा रातीको बेला घण्टा बज्ने गर्थाे । त्यो घण्टा बजाउ“दा पुरै अर्घाखा“ची, पाल्पा, गुल्मी, वाग्लुङ, बुटवल लगायत थुप्रै ठाउ“मा सुनिने बूढापाका बताउ“छन् । घण्टा बजेको सुन्न गाउ“लेले पर्खेर बस्थे । आवाज सुनेपछि शान्ति मिल्छ भन्ने धार्मिक विश्वास रहेको स्थानीयको भनाइ छ ।तपोभूमिमा मन्दिर, यज्ञशाला, पाठशाला, भ्यूटावर बगैँचा पाणिनी ऋषिको मूर्ती रहेको छ। अर्घाखाँचीको पोखाराथोक र पाल्पाको तिनधोरबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ। पाण्निी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल पनि हो ।पाणिनी ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर १४ सूत्रधार भनिएको र तिनैको आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त डौमुडीको निर्माण गरिएको हो भन्ने संस्कृत विज्ञको भनाइ छ।पणेना लेकमा आएर पाणिनीले ऋषिले गरेपछि भगवान शिव प्रसन्न भएर आशीर्वाद दिएसँग सो क्षमता विकास भएको हो भन्ने पौराणिक मान्यता र विश्वास छ।चारसय वर्ष पहिले पाकिस्तान देसबाट ऋषिमुनी पाणिनी नाम गरेका व्यक्ति अर्घाखा“चीको पोखराथोक र पणेनाको बीच जंगलमा ३० वर्षसम्म विश्व शान्तिको कामना गर्दै तपस्या गरेको इतिहास छ । उनले तपस्यास“गै विश्वको प्राचिन संस्कृत भाषाको व्याकरणको उत्पत्ती र रचना समेत गरेको धार्मिक तथा ऐतिहासिक ग्रन्थहरुमा उल्लेख छ ।यस क्षेत्रको व्यापक प्रचारप्रसार गर्न सके यसलाई विश्वमै नमुना धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।
यस्तो छ अर्घाखाँचीको पाणिनी तपोभूमि
यस्तो छ अर्घाखाँचीको पाणिनी तपोभूमि

Advertisement
तपाईको प्रतिक्रिया