• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ७. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ८. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

फूलैफूलको मौसम: ढकमक फूल , तिहारको निम्तो


  •   सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
  • राजेश जीसी,(जुम्री) प्यूठान। हिन्दुहरुको अर्को ठूलो पर्व हो तिहार। तिहारलाई फूलैफूलको पर्व पनि भनिन्छ। तिहार आउन केही दिन मात्र बाँकी छ। केही बर्ष अघि सम्म गाउँ–गाउँमा सयपत्री ढकमक्क फुलेका देखिन्थे। त्यसयता सयपत्री यतिसम्म मासिएको थियो कि,प्युठानबासीलाई तिहारमा समेत बजारमा पाईने प्लास्टिकका तयारी माला प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो । तर, केही वर्ष यता प्युठानमा यस्को व्यवसायीक खेती हुँदै आएको छ । लक्ष्मीपुजाको दिन घर र कार्यालयमा माला लगाउन चाहिने सयपत्री फुल र भाइटिकाको दिन दाजुभाइलाई लगाउने यो फुल यसपाली भने तिहार अगावै तयार भएका छन। प्यूठान नगरपालिका ४ जुम्रीका स्थानिय राधा अधिकारी र रेखा खत्रिको फुलबारी यतिबेला थरीथरीका फूलले ढकमक्क छ । सामुहिक रुपमा उनिहरुले रोपेको फूल यतिबेला जुम्री क्षेत्रको विशेष शोभा नै बनेका छन् ।फुलखेतीमा राम्रो सम्भाबना र कम लगानीमा धेरै आम्दानी हुने भएकाले ब्यवसायिक रुपमा फुलखेती ब्यवसाय गरेको राधा अधिकारीले बताइन् । ‘प्यूठानमा यो ब्यवसायको सम्भाबना राम्रो छ’ उनले भनिन् । २०७५ सालबाट जुम्रीमा ब्यवसायिक रुपमा यो खेती गर्न थालेको अर्की कृषक रेखा खत्रीले बताइन् । पछिल्लो समय बढ्दै गएको प्लाष्टिकका मालाको प्रयोगलाई बिस्थापित गर्न तथा भारतीय फुल आयातमा कम गर्ने उद्देशयले प्यूठानमा पहिलो पटक ब्यवसायिक फुलखेती गरेको खत्री सुनाउछिन् । प्यूठान नगरपालिकाको सहयोगमा काठमाण्डौ पुगेर तालिम लिएपछि सामुहिक रुपमा फुलखेती सुरु गरेको उनीहरुले बताए । ‘हामीले गत बर्षबाट सामुहिक लगानीमा फुलखेती सुरु गरेका हौ’ अधिकारीले भनिन्,‘ फुलको माग बढ्दै गएको छ ।’ एक बर्षअघि ५ लाखको सामुहिक लगानीमा ३ रोपनी जग्गा भाडामा ल्याई ब्यवसायिक खेती सुरु गरेको उनीहरुले जानकारी दिए । उनीहरुले अहिले ४०–४५ थरिका फुलहरु उत्पादन गर्दै आएका छन् । साथै उनीहरुले फुलका साथै बेर्ना पनि उत्पादन गर्दै आएको अर्की कृषक रेखा खत्रीले बताइन् । ‘फुल खेतीबाट राम्रै आम्दानी भएको छ’ उनले भनिन्,‘गत बर्ष फुल तथा बेर्ना बेचेर करिब १ लाख आम्दानी भयो ।’ उनीहरुले फुलखेती बाट राम्रो आम्दानी हुन थालेपछि भर्खेरै थप ३ रोपनी जग्गा भाडामा ल्याई फुलखेतीलाई बिस्तार गरेका छन् । जिल्लामै पहिलो पटक फुलखेती बयवसाय सुरु गरका कारण खेतीलाई बिस्तार गर्न प्रदेश सरकारले ४ लाख रुपैया अनुदान दिएको उनीहरुले बताए ।अहिले जिल्लाका ठुला सभासमारोहमा यहिको फुल प्रयोग हुदै आएको छ । गत बर्ष फुलको माग धान्ने नसकेपछि अहिले ६ रोपनी जग्गामा फुलखेती बिस्तार गरी चाडपर्वलाई लक्षित गरी फुल उत्पादन गर्न थालेको उनीहरुले बताए । ‘बार्षिक ३५ हजार भाडा दिने गरी जग्गा लिजमा लिएका छौ’ उनीहरुले भने । उनीहरुको नर्सरीवाट उत्पादन भएको बेर्ना स्याउलीवाङ्ग, रजवारा, अर्खा, लगाएत स्थानीय बजार बिजुवार, जुर्मि र बाग्दुला समेत जाने गरेको छ । नर्सरीमा २० रुपैया देखी १५ सय रुपैया सम्मका फूलका बेर्नाहरु छन् । उनीहरुले केहि बेर्ना काठमाण्डौ, चितवनवाट ल्याएका हुन् भने केहि फूलहरु यहि उत्पादन गरेका छन् । जिल्लाको प्यूठान नगरपालिकाले जिल्ला बाहिरबाट फुलका बेर्ना ल्याउ दुख लागेका अधिकारीले गुनासो गरिन् । नगरपालीकाकै सहयोगमा ब्यवसाय सुरु गरेपनि नगरपालीकालेनै बेवास्ता गरेको उनले बताइन् । जिल्ला बाहिरबाट फुल आयात गर्नुभन्दा जिल्लाका ब्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

    Advertisement

    सोमबार, कार्तिक ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६

    भर्खरै

    • १.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • २.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ४.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ७.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ८.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...