• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्युठान कारागारको कन्तबिजोग: भद्रगोल जेल,कैदी कोचाकोच


  •   मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान ।प्युठान कारागारका कैदिको अवस्था निकै दयनीय छ । यहा रहेका कैदी बन्दीले सजिलोसँग बस्न, सुत्न र खान पाएका छैनन्।  सरकारले कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने योजना बनाए पनि कार्यान्वयन नहुँदा उनीहरूले सास्ती पाएका हुन्।कारागारको भौतिक पूर्वाधार चित्तबुझ्दो छैनन् । जिल्लामा रहेको एक मात्र कारागारलाई सुधार गृह बनाउने खासै प्रयास नहुँदा सुरक्षा जोखिम पनि उत्तिकै बढ्दो छ ।  कारागार भौतिक अवस्था सुरक्षा र सुविधा दुवै दृष्टिबाट अनुपयुक्त छन् ।कारागारमा आधारभूत भौतिक सुविधा पनि छैन्न । सुरु देखि नै  कारागारको अवस्था यति सम्म नाजुक छ कि, कारागारका पर्खालका भित्ताहरु देख्दा भत्किन लागेका पर्खाल हुन कि भन्ने भान हुन्छ । पर्खालका भित्ताहरु पनि चर्किएका छन् । भवनको अवस्था पनि टिठलाग्दो छ । शौचालयबाट निस्कने ग्यास बाहिर जाने ठाउँ छैन । कारागार सुरक्षा प्रशासन, कैदी, भोजनालय, शौचालय, उनीहरूले बुन्ने मुढा लगायतका सामाग्री समेत सोही स्थानमा छ। खाना पकाएर खाने ठाउँ र शौचालय एकै ठाउँमा सटेकाले राम्ररी  खान मन पनि लाग्दैन । गर्मी मौसममा अति नै गर्मी हुन्छ, चिसोयाममा घाम ताप्ने त के घामको मुख समेत देख्न पाइदैन कारागारका कैदिहरु यस्तै गुनासो गर्छन ।

    Advertisement

    क्षमता भन्दा तेव्वर कैदिवन्दी

    कैदीबन्दीको संख्या बढ्दै गए पनि कारागार व्यवस्थापन भने भद्रगोल छ ।कारागार भवन साँघुरो हुँदा यहाका बन्दी कोचाकोच गरी बस्न बाध्य छन् । राणाकालमा घोडा राख्ने तवेलाको ठाउँलाई कारागारको रूपमा प्रयोजनमा ल्याइए पनि अहिलेसम्म आवश्यक सुधार हुन सकेको छैन। बर्षौदेखि क्षमता भन्दा बढी कैदी, बन्दी राखिने गरेको यो कारागारको ब्यास्थापन अझै पनि हुन सकेको छैन। २० जना कैदी राख्न मिल्ने क्षमताको जिल्ला कारागारमा अहिले  १०  महिला र ६३ जना पुरुष गरि ७३ जना कैदी राखिएका छन् ।  कारागारमा क्षमताभन्दा  तेव्वरले बढी कैदिबन्दी छन।  तर बिडम्बना त्यस अनुसारको  सुविधा छैन । भौतिक पुर्वाधारको अभावमा कैदिबन्दिहरु कोचिएर बस्न बाध्य छन।  कारागारमा बढेको कैदीहरुको चापले खान, बस्न, सुत्न र उनिहरुको दैनिकिमा धेरै समस्या भएको  कैदी थुनुवाहरुले कामनाकर्मीसंग गुनासो पोखे ।यसका लागि अन्यत्र कारागारमा कैदीको स्थानान्तरण गरिनुपर्ने,  जीर्ण अवस्थामा रहेको कारागार मर्मतसम्भार गर्नुपर्ने अवस्था देखिएको कैदीबन्दिको भनाई छ । क्षमता भन्दा बढी कैदीबन्दी भएका कारण सुत्न र बस्न समस्या हुने गरेको कारागारका प्रहरी हवल्दार  खिल बहादुर डागिले भन्नुभयो। वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई बस्न समस्या भएको उहाको भनाई छ । ‘सुत्ने बस्ने समस्या भयो भन्दै कैदीहरूले गुनासो गर्छन्’ हवल्दार डागि कैदिबन्दिहरुलाई उधृत गर्दै भन्नुहुन्छ, ‘सरोकारवाला निकाय देखेर पनि नदेखेझैँ गर्छन् ।’ भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको बढ्यै भयो,समस्या छ ।उहाले भन्नुभयो।भवन जीर्ण बन्दै जानु र कैदी थपिंदै जानुले कारागार व्यवस्थापनमा चुनौति थपिदै गएको छ।

    नया भवन बनाईदै

    यसैबीच  कारागारको नयाँ भवन निमार्ण हुने भएको छ । कैदिबन्दिको समस्यालाई ध्यानमा राख्दै कारागारको अबस्था बारे पटक पटक माग गरेर पठाएपछि नया भवनको लागि बजेट समेत परेको छ। भवन निर्माणका लागी यो बर्ष  स्वीकृत भएर एक करोड बजेट छुटिएको  प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार  कार्किले बताउनुभयो । हाल कारागारमा कर्तव्यज्यान , जबर्जस्तीकरणी र बहुबिबाह बढी छ ।   कर्तव्यज्यान मुद्दाका पुरुष १२, महिला ५ , जबर्जस्ती करणीका पुरुष १०, लागु औषधका २ , डाँकाचोरी पुरुष २, सवारी ज्यानका पुरुष ५,  ज्यान मार्ने उद्योग पुरुष २ ,  हाडनाता करणी पुरुष २ चोरी महिला २ पुरुष १ केही सार्वजनिक अपराध पुरुष १, अपहरण ६ र बहुविवाह पुरुष ९, महिला ४ बालविबाह पुरुष २ , हाड नाता करणी पुरुष २, भबितन्य ज्यान पुरुष ४, नैतिकता विरुद्ध पुरुष १, बन जङ्गल रुख काट्ने पुरुष १, लागू औषध  पुरुष २ , आगलागी अपराधी पुरुष १, आस्रित नाबालक १ जना छन् ।

    मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • २.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ४.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ६.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ७.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ८.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation