शिवु खनाल, देउखुरी।लमही कोइलावास सडकमा नयाँ पक्की सल्याप हालिएको छ । लमही नगरपालिकाकाले लमही कोइलावास सडक खण्ड स्थित दुइवटा नयाँ पक्की सल्याप हालेको हो । केही दिन अगाडि लमही कोइलावास सडक खण्ड स्थित नाकाको दुइवटा पक्की सल्याप फुटेको थियो र उक्त सडक स्थित रहेको पुरानो सल्याप हटाइ नयाँ दुइवटा पक्की सल्याप हालिएको हो । जोखिमपूर्ण पुरानो फुटेको पक्की सल्याप हटाइ लमही नगरपालिकाले नयाँ दुइवटा पक्की सल्याप हालिएपछि आवागमनमा सहज बनेको छ ।।
Advertisement