-दीपक एम.सी.
बुढी भएकी मेरी आमा
मेरै बाटो कुरेर बस्छिन।
अरुबेला भन्दा दशैमा
उहाको घाउ बल्झिन्छ।
जब तिमी आउछौ,
छिमेकका अरु सबै आउछन्
अनि आमाले सोध्छिन्-
“छोरा त कहिले आउने?”
भिडियो कलमा आमाले आँसु बगाउछिन्
मैले पुछ्न सक्दिन,
मेरा हात भिज्दैनन्,
तर मैले भिजेको अनुभुती गर्छु,
भक्कनो पर्छ, मुटु काम्छ,
आँसु बल्ल बल्ल रोक्छु
अर्को दशैमा आउछु भनी टार्छु।
मलाई सम्झेर आमालाई रुवाउन,
मलाइ बिदेशमै हण्डर खुवाउन,
यति धेरै पीडा दिन
भो दशै तिमी नआउ!
खै प्यारी संगै दशै नमनाएको कति भो?
भन्छिन् अब त अति भो!
कति दशै आए, गए
मलाई फर्काएनन्
बरु आफै फर्की फर्की आए!
बिहे सङ्गै मुग्लान छिरेको म
खै कहिले फर्खन्छु मैलाई थाहा छैन!
डर लाग्छ- सानो छोराले
कतै भन्ने त हैन-
यो मान्छेलाइ चिन्दिन
बाबा पनि भन्दिन!
त्यही छोरालाई दशै मनाउने
नया कपडा किन्न,
उसलाई मुग्लान छिर्न दिन्न
भन्नका लागि म आएको छु!
सधै फर्क प्यारा भन्ने प्यारीलाई
झन रिसाउने र रुने गराउन,
पुरानो दशै बिर्सिएर पनि सम्झन्न
भन्दा पनि सम्झाउन
यो मनमा बिझाउन
भो दशै तिमी नआउ!