• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ५. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ६. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ९. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • १०. दाङमा बाघको छालासहित तीन जना पक्राउ

कपिलवस्तु घट्नाका पीडित भन्छन न्याय खोज्न कहाँ जाऔं ?


  •   मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।नेपालको इतिहासमै कलंकको रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोईद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणले ज्यान मात्र गुमाएनन् ५० करोड रूपैयाँ बराबरको धनमाल लुटपाट तथा आगजनी भएको थियो ।३० गते हत्या भएपछि भड्किएको हिंसाका कारण चन्द्रौटा, कृष्णनगर, गणेशपुर, बिसनपुर, चनई लगायतका स्थानमा हत्या, बलात्कार, आगजनी हुँदा ठूलो धनजनको क्षति भएको थियो । १ सय ६० सवारी साधनमा आगजनी भएको थियो भने १० हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए ।घटनापछिका हरेक वर्ष भदौ ३० गतेलाई स्थानीयले कहिलेकालो दिन त कहिले स्मरण दिनको रुपमा मनाउने गर्दछन् । यसपालि सोही दिनको स्मरण गरिएको छ ।कपिलवस्तु घटनाको स्मरण गर्दै सोमबार आयोजित कार्यक्रममा कपिलवस्तु संघर्ष समितिका अध्यक्ष महादेव पोखरेलले भने, ‘सर्बोच्च अदालतमा दर्जानौ पटक पेसी सरिसकेको छ, हामी न्याय खोज्न कहाँ जाऔं अब ?’ उनले अहिलेको सरकारले पीडितहरुलाई न्याय र राहत दिने आशा व्यक्त गरे । कार्यक्रममा सहभागीहरुले ०६४ भदौ ३० गतेजस्तो त्रासदी फेरि कहिल्लै भोग्न नपरोस् भन्ने कामना गरे । कहाली लाग्दो यो घटनाको.१२ बर्ष बितिसक्दा पनि पीडितले अझैसम्म पनि राज्यबाट न्याय नपाएको गुनासो भन्दै राज्यले उचित क्षतिपुर्ती दिनु पर्ने राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडाले बताउनु भयो । मानव अधिकारकर्मी खतिवडाले सरकारीले क्षतिपूर्ति समेत नदिएकोले पिडितहरु झन पिडित बन्दै गएका छन । १२ बर्ष वितेको सरकारले न्याय दिनु पर्ने उहाले बताउनु भयो ।

    Advertisement

    चन्द्रौटा हिंसा भड्किएपछि आगजनी भएको गाडी ।।

    १२ वर्ष विति सक्दा पनि आफ्ना मागहरु सुनुवाई नभएपछि पीडितहरुले मल्लिक आयोगको छानविन प्रतिवेदनअनुसार क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढकाए । सर्वोच्च अदालतमा ८ वर्षअगाडि रिट दायर गरेको भए पनि रिटको अझैसम्म सुनुवाई भएको छैन ।घटनाको छानविन गर्न तत्कालिन सरकारले पुनरावेदन अदालत राजविराजका तत्कालिन न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिले ३ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । छानविनको क्रममा राज्यकोषबाट करीब डेढ करोड रूपैयाँ खर्च भएको थियो । तर, सो प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन ।हिंसात्मक घटना भएको १२ बर्ष वित्ते पनि कपिलवस्तुको चन्द्रौटामा बसाइ सर्ने गर्नेको चाप बढेको छ । २०६४ साल भदौ ३० गते कपिलवस्तुमा भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले पछिल्लो समय चन्द्रौटालाई विशेष सुरक्षा संयन्त्रमा राखेर कार्य थालेसँगै बसाइसराइ गरेर आउनेहरु बढेका हुन् । २०६४ साल भदौ ३० मा १५ हजारको हाराहारीमा रहेको चन्द्रौटाको जनसंख्या हाल २५हजार भन्दा बढी भएको छ । चन्द्रौटामा एक हजारको हाराहारीमा नयाँ घर बनिसकेका छन् भने केही निर्माणाधिन अवस्थामा छन् । ब्यापारिक केन्द्र चन्द्रौटामा गुल्मी, अर्घाखाँची लगायत जिल्लाका बासिन्दाहरु धेरै बसाईं सरेर आएका छन् ।

    मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ५.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ६.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ४.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ७.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ८.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...