• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ५. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ६. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ९. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • १०. दाङमा बाघको छालासहित तीन जना पक्राउ

जाने हैन त घुम्न जगदीशपुर ताल?


  •   शनिबार, भदौ ०७, २०७६ मा प्रकाशित
  • कपिलवस्तु।कपिलवस्तुस्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल जैविक विविधता र चराका कारण महत्वपूर्ण मानिन्छ। सदरमुकाम तौलिहवादेखि ९ किमि उत्तरको निग्लिहवास्थित जगदीशपुर तालमा पर्यटकहरू घुम्न र मनोरञ्जन लिन आउने गरेका छन्। १५७ हेक्टरमा फैलिएको यो कृत्रिम तालमा जाडो छल्न हिउँद याममा साइबेरिया (रूस), चीन, मंगोलिया, तुर्किस्तान, किर्गिस्तानलगायतबाट चरा आउँछन् ।हरेक वर्ष जाडो सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने आगन्तुक चरा गर्मी महिनाको सुरुआतसँगै फर्किन्छन्। यो ताल हजारौं घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, किराहरू र बोटविरुवाको आश्रय स्थल हो। जगदीशपुर ताल हिउँदमा साइबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एसियाका देशबाट समेत चराचुरुङ्गी हरेक वर्ष घुम्न आउने गरेका छन्। आयाताकार यस तालको पूर्वी भाग छिपछिपे पानीयुक्त छ र पश्चिमतिरको भाग गहिरो पानीले भरिएको छ। खासगरी उत्तरी धु्वमा हिमपातको सुरुआतसंँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा वर्षेनि हजारौं चरा आउने गर्छन्। हिउँदे पर्यटक यी चराहरु यस क्षेत्रमा आउने क्रम भदौ मध्यदेखि माघको मध्यसम्म जारी रहन्छ। उनीहरु प्रायजसो चैतसम्म फर्किसक्छन्। स्थानीयको लागि जीवनयापनको आधार पनि बनेको छ। नेपाल सरकार सिंचाइ विभागको स्वामित्वमा रहेको जगदीशपुर जलाशय खेतीयोग्य जमिन, सामुदायिक वन र केही स–साना पोखरी लगायत नहर संरचनाले वरिपरिबाट घेरिएकोे छ। जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय हिसावले पनि यो ताललाई महत्वपूर्ण मानिन्छ ।विश्वमा नै दुर्लभ मानिएका आठ प्रजातिका चरा पनि यहांँ देख्न पाइन्छ। यस क्षेत्रले १० प्रजातिका स्तनधारी जनावरहरूको वासस्थानलाई सघाउ पुर्याएको छ। यससंगै कछुवा र शंखेकिराका थुप्रै प्रजाति पनि यहाँ पाइन्छन्।जलाशयको उत्तरी भागमा दलदले घांँसे मैदान फैलिएको छ भने बांँध क्षेत्र सिसौका रुखहरूले ढाकिएको छ। यहाँं १२ परिवारका २५ प्रजाति माछा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप रहेका छन्। तालले १ सय ५० प्रजातिका चराको आवतजावतलाई मध्यवर्ती क्षेत्रको काम गरेको छ। गत वर्ष माघदेखि ताल नजिकै थारु गाउँमा ‘होमस्टे’ सञ्चालनमा आएसंगै पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको हो। विगतमा वास्ता नगर्ने स्थानीय बासिन्दा अहिले तालको संरक्षणमा लागेका छन्। होमस्टे सञ्चालनमा आएपछि थारु महिलाहरू सक्रिय बनेको स्थानीय ललित गुरुङले बताए। ‘पहिले तालको महत्त्व नबुझ्दा संरक्षणमा समस्या थियो’, उनले भने, ‘अब समुदाय सचेत बनेको छ।’ होमस्टेका थारु महिलाहरू हप्ताको एकपटक ताल आसपासमा सरसफाइ गर्छन्। आन्तरिक र विदेशी पर्यटकहरूको आवतजावत र पर्यटन ट्रयाकलाई विस्तार गर्न यहाँका संघसंस्थाहरूले विभिन्न योजना ल्याउने गरेका छन्।

    Advertisement

    शनिबार, भदौ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा
    कोरोना प्रभाव :  सुनसान लुम्बिनी

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ५.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ६.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ४.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ७.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ८.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation