• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

जाने हैन त घुम्न जगदीशपुर ताल?


  •   शनिबार, भदौ ०७, २०७६ मा प्रकाशित
  • कपिलवस्तु।कपिलवस्तुस्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल जैविक विविधता र चराका कारण महत्वपूर्ण मानिन्छ। सदरमुकाम तौलिहवादेखि ९ किमि उत्तरको निग्लिहवास्थित जगदीशपुर तालमा पर्यटकहरू घुम्न र मनोरञ्जन लिन आउने गरेका छन्। १५७ हेक्टरमा फैलिएको यो कृत्रिम तालमा जाडो छल्न हिउँद याममा साइबेरिया (रूस), चीन, मंगोलिया, तुर्किस्तान, किर्गिस्तानलगायतबाट चरा आउँछन् ।हरेक वर्ष जाडो सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने आगन्तुक चरा गर्मी महिनाको सुरुआतसँगै फर्किन्छन्। यो ताल हजारौं घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, किराहरू र बोटविरुवाको आश्रय स्थल हो। जगदीशपुर ताल हिउँदमा साइबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एसियाका देशबाट समेत चराचुरुङ्गी हरेक वर्ष घुम्न आउने गरेका छन्। आयाताकार यस तालको पूर्वी भाग छिपछिपे पानीयुक्त छ र पश्चिमतिरको भाग गहिरो पानीले भरिएको छ। खासगरी उत्तरी धु्वमा हिमपातको सुरुआतसंँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा वर्षेनि हजारौं चरा आउने गर्छन्। हिउँदे पर्यटक यी चराहरु यस क्षेत्रमा आउने क्रम भदौ मध्यदेखि माघको मध्यसम्म जारी रहन्छ। उनीहरु प्रायजसो चैतसम्म फर्किसक्छन्। स्थानीयको लागि जीवनयापनको आधार पनि बनेको छ। नेपाल सरकार सिंचाइ विभागको स्वामित्वमा रहेको जगदीशपुर जलाशय खेतीयोग्य जमिन, सामुदायिक वन र केही स–साना पोखरी लगायत नहर संरचनाले वरिपरिबाट घेरिएकोे छ। जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय हिसावले पनि यो ताललाई महत्वपूर्ण मानिन्छ ।विश्वमा नै दुर्लभ मानिएका आठ प्रजातिका चरा पनि यहांँ देख्न पाइन्छ। यस क्षेत्रले १० प्रजातिका स्तनधारी जनावरहरूको वासस्थानलाई सघाउ पुर्याएको छ। यससंगै कछुवा र शंखेकिराका थुप्रै प्रजाति पनि यहाँ पाइन्छन्।जलाशयको उत्तरी भागमा दलदले घांँसे मैदान फैलिएको छ भने बांँध क्षेत्र सिसौका रुखहरूले ढाकिएको छ। यहाँं १२ परिवारका २५ प्रजाति माछा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप रहेका छन्। तालले १ सय ५० प्रजातिका चराको आवतजावतलाई मध्यवर्ती क्षेत्रको काम गरेको छ। गत वर्ष माघदेखि ताल नजिकै थारु गाउँमा ‘होमस्टे’ सञ्चालनमा आएसंगै पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको हो। विगतमा वास्ता नगर्ने स्थानीय बासिन्दा अहिले तालको संरक्षणमा लागेका छन्। होमस्टे सञ्चालनमा आएपछि थारु महिलाहरू सक्रिय बनेको स्थानीय ललित गुरुङले बताए। ‘पहिले तालको महत्त्व नबुझ्दा संरक्षणमा समस्या थियो’, उनले भने, ‘अब समुदाय सचेत बनेको छ।’ होमस्टेका थारु महिलाहरू हप्ताको एकपटक ताल आसपासमा सरसफाइ गर्छन्। आन्तरिक र विदेशी पर्यटकहरूको आवतजावत र पर्यटन ट्रयाकलाई विस्तार गर्न यहाँका संघसंस्थाहरूले विभिन्न योजना ल्याउने गरेका छन्।

    Advertisement

    शनिबार, भदौ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation