• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

लोकप्रिय समाचार

  • १. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • २. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ३. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ४. ‘दुःख सुनाएर के काम ?’

  • ५. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ६. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ७. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ८. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ९. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

  • १०. तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

राहत लिएर मन्त्री ज्ञवाली तेस्रो पटक पनि पहिरो प्रभावित क्षेत्रमा


  •   शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीको सत्यवतीका पहिरो पिडितहरुको लागि राहत लिएर तेस्रो पटक पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रभावित क्षेत्रमा पुगेका छन् । शुक्रवार मन्त्री ज्ञवाली सहित बिभिन्न संघ संस्थाका प्रमुखहरु अस्थायी आवासलाई आबश्यक पर्ने राहत सामाग्री सहित पुगेका थिए ।
    गत साउन ७ गते राति गएको पहिरोले ठूलो जन धनको क्षती गरेको थियो । पहिरोले ठूलो क्षेती पुराएपछि यस अघि पररामन्त्री ज्ञवाली २ पटक हेलिकप्टर मार्फत राहत सामाग्री लिएर प्रभावित क्षेत्रमा पुगेका थिए । प्रभावितहरुको लागि अस्थायी आवासमा बस्नका लागि आबश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु सहित हस्तातरण गरिएको हो । स्कुलमा बस्दै आएका पहिरो पिडितहरुको लागि आबश्यक १ सय २० वटा सेट किचनकिड (४६ वटा आइटम भएका सामाग्रीहरु) प्रभावितलाई बितरण गरिएको सत्यवती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० लाई पीडित र प्रभावितहरुलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा छ । रोटरी क्लव मार्फत उपलब्ध गराइएका अस्थायी आवासका सामाग्रीहरु ९० वटा पलङ, १ सय २० वटा टेन्ट, १ कुन्टल चिउरा ५० केजी सोयावडी लगायतका सामाग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीले प्रभावितलाई हस्तातराण गरेका हुन् ।शुक्रवार ८२ जनालाई हस्तातरण गरिएको हो । परराष्ट्रमन्त्री ज्ञवाली मार्फत अस्थायी आवासका लागि आबश्यक सामाग्रीहरु थप बाटोमै आउने क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।अस्थायी आवासको लागि सामाग्री हस्तातरणमा ज्ञवाली सहित प्रदेश ५ का साँसद दिनेश पन्थी, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्ष लगायत नेकपा गुल्मीका जिल्ला स्तरिय नेताहरु बिभिन्न सुरक्षा निकायका प्रमुखहरु पनि पुगेका थिए । सामाग्री हस्तातरण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले प्रभावितहरुको उचित व्यवस्थापन गर्न सरकार जिम्मेवार ढंगबाट लागि परेको बताए ।मन्त्री ज्ञवालीले पहिरो प्रभावितहरुको अस्थायी आवास देखि दिर्घकालिन समाधानको लागि पनि योजना बनाएर अघि बढिने बताए । प्रभावित क्षेत्रमा मन्त्री ज्ञवालीले राहत बितरणमा नेपाल सरकारसँगै रहेको बताए । घर बाँस गुमाएकाहरु र जोखिमपूर्ण बस्तीमा बिस्थापितहरुलाई पुनरवासको लागि ठाउँ हेरेर सुरक्षित आवास निर्माण गर्न तिनै तहको सरकारको भूमिका रहने ज्ञवालीले बताए । हाम्रा बस्तीहरु असुरक्षित, अव्यवस्थित बस्तीहरु रहेकाले सरकारले पनि नागरिकलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने सरकारको पनि निति रहेकाले जोखिम बस्तीहरुलाई सुरक्षित ठाउँमा आवास निर्माण गरिने बताए ।

    Advertisement

    झण्डै डेढ करोड रकम संकलन
    सत्यवतीका पहिरो पिडितको खातामा झण्डै डेढ करोड नगद राहत संकलन भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नं.३ र ४ को विपद व्यवस्थापनका लागि तपशीलका १ करोड २३ लाखरुपैयाँ संकलन भएको सत्यवति गाउँपालिका प्रमुख प्रशासकीय कार्यकारी अधिकृत यादव भण्डारीले बताए । गाउँपालिकाले खोलेका खाताहरुमा संकलित रकम बाहे जिन्सी सामाग्रीहरु पनि संकलन भएको छ । विभिन्न स्थानीय तह, राजनैतिक दल र संघसंस्थाले गरेको सहयोग गरेका छन् ।अझै पनि सहयोग प्राप्त हुने क्रम रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । त्यस्तै नगद र खाद्य, लत्ता कपडा एवं अन्य राहतका सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।सवैभन्दा बढि भौतिक क्षति वडा नं ३ ठुलोलुम्पेकमा भएको छ । जसका कारण नगद तथा राहत सामग्री ठुलोलुम्पेकमा धेरै संकलन भएको छ ।ठुलोलुम्पेकमा तीन सय ८० क्वीन्टल चामल, २२ क्वीन्टल ८० केजी दाल, १३ क्वीन्टल नुन, १३ सय २३ लिटर तेल तथा तीन सय ७० ब्लाङकेट, एक सय १८ थान कम्बल, पाँच सय २२ थान विभिन्न कपडा प्राप्त भएको छ ।
    आइतवारबाट बिद्यालय सञ्चालन हुँदै
    सत्यवतिमा पहिरोले बिद्यालयमा आश्रय लिएका स्थायिनलाई अस्थायी शिविरमा राखिएको छ । गत साउन ७ गतेको पहिरोबाट प्रभावित वडा नं. ३ र ४ तथा वडा का बिद्यालयमा आश्रय लिएकालाई घरको अबस्था हेरिकन व्यवस्थापन गरिने भएको छ ।बिद्यालयमा बस्दै आएकाहरुलाई साउन आइतवार भदौ १ गते पछि विद्यालयहरु संचालनमा आउने भएकोले अस्थायी आवासमा राख्ने तयारी भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जोखिमयुक्त घरपरिवार मध्ये कम जोखिमयुक्त घरपरिवारका व्यक्तिहरुलाई स्थिति सामान्यीकरण हुँदै गएकोले घरतर्फ फिर्ता गर्ने वातावरण तयार गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पिडितहरुको लागि अस्थायी आवास निर्माणको लागि काम भइरहेकाले शनिवारसम्म बिद्यालयमा बस्दै आएका पिडितहरुलाई अस्थायी आवासमा सार्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पिडितहरुलाई अस्थायी आवासमा राख्नको निम्ति आश्यक काम भइरहेको सत्यवति गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत यादव भण्डारीले बताए । अस्थायी आवासमा राख्नको लागि ठाउँ लगायतत अरु प्राबिधिक पक्षहरु बरे तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए । करिब १ सय १० घर परिवार जति अझै पनि उच्च जोखिमयुक्त घर परिवार भित्र रहेकोले उनीहरुको लागि टिन तथा टेन्टको प्रयोग गरी अस्थायी शिविर निर्माण गर्नुपर्ने देखिएकोले सुरक्षित स्थानका टोल टोलमा जग्गाको छनौट गरी योजना बनाई अगाडि बढइने भएको छ । घरपरिवार मध्ये कतिपय परिवारहरु आफ्नो घरगोठमा पुग्न बाटोघाटो अवरुद्ध हुँदा तथा स्थानीय बजारमा खाद्यान्नर लगायतका सर समान उपलब्ध नहुँदा आश्रय समेत लिएका छन् । गत साउन ७ गते राति गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो । गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका पीडित परिवारको राहत र पुर्नस्थापनाका लागि एक करोड बढि रकम संकलन भएको छ ।

    शुक्रबार, साउन ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत
    गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै
    रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै
    प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    लोकप्रिय

    • १.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • २.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ३.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ४.
      ‘दुःख सुनाएर के काम ?’

    • ५.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ६.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको

    भर्खरै

    • १.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    • २.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • ३.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ४.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ५.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • ६.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    • ७.
      बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

    • ८.
      गौमुखीमा प्युठान जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...