• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ८. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पर्यटकको रोजाईमा पर्दै त्रिवेणी धाम


  •   मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
  • कामना डेली,नवलपरासी।सोना, नारायणी र तपसा नदीको संगमस्थलमा पर्ने नवलपरासी स्थित प्रसिद्ध त्रिवेणी धाम पर्यटकको रोजाईमा पर्न थालेको छ।यस तीर्थस्थलमा पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्दो छ । नेपालको हरिद्वार भनेर चिनिने यो स्थलको हिन्दूधर्ममा ठूलो महत्व छ । गजेन्द्रमोक्ष धाममा आउने अधिकांश पर्यटक भने भारतका हुन्छन् । यहाँ आउने ७० प्रतिशत पर्यटक भारतबाट आउने गरेका छन् । त्रिवेणीधाममा धार्मिक पर्यटक वृद्धि भएसँगै यहाँका होटल व्यवसाय फष्टाउन थालेका छन् भने स्थानीयवासी पनि उत्साही भएका छन् ।कालिदासले रघुवंश नाटकमा चर्चा गरेको हिमालय नजिकको त्रिवेणी धाम यही थियो । यसको महिमागान वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि गरेका छन् । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचाहरू छन् । यो स्थान प्राकृतिक रूपमा सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण छ । स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरू सम्पन्न गर्ने उपयुक्त स्थानका रूपमा त्रिवेणी धामलाई नै लिने गरिएको पाइन्छ । कात्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा यहाँ ठूलठूला मेला लाग्दछन् । त्यति बेला तीर्थयात्रीहरूको ठूलो भीड लाग्ने गर्दछ । त्रिवेणी धामका मेलामा नेपालका भन्दा भारततिरका श्रद्धालुहरूको ज्यादा घुइँचो हुने गर्दछ । त्रिवेणीको स्नान अति उत्तम मानिन्छ । स्वर्गबाट देवता र अप्सराहरूसमेत यहाँ स्नानका लागि आउने गर्दथे भन्ने जनविश्वास छ ।त्रिवेणी धामको ख्याति जनक वंशदेखि चलेको मानिन्छ । तसर्थ यस स्थानको महिमा राम–सीता तथा रामका गुरु वाल्मीकिसँग पनि गाँसिएको छ । नारायणी नदीको किनारमा रहेको हुनाले पनि यसको धार्मिक महत्व ज्यादा रहेको हो । नारायणी नदीमा शालिग्राम नदीका रूपमा रहेको कालीगण्डकी मिसिने र शालिग्राम विष्णुको प्रतिरूप मानिने हुँदा त्रिवेणी धाम वैष्णव तीर्थका रूपमा पनि प्रसिद्ध छ । नजिकै वाल्मीकि आश्रम, हरिहरक्षेत्र र देवघाट लगायतका अन्य प्रसिद्ध तीर्थहरू रहेकाले पनि त्रिवेणी धामको महत्व बढेको हो ।

    Advertisement

    मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा
    कोरोना प्रभाव :  सुनसान लुम्बिनी

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • २.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ३.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ४.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ७.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ८.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation