कामना डेली,बुट्वल।दुई सय वर्षअघि नेपालले अंग्रेजसँग विभिन्न स्थानमा युद्ध लडेको थियो। अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन।कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाई भएको थियो। तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो। कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि १८७२ सालमा जित हासिल गरेको थियो। त्यही जित हासिल गरेको विरताको चिनो बुटवल स्थित जितगढी किल्ला अंग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गरेको एकमात्र ऐतिहासिक स्थल हो । नेपाल—अंग्रेज युद्धमा गौरवको गाथा बोकेको यो जितगढी किल्ला बुटवल नगरपालिकाको वडा नं. ३ मा अवस्थित छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बुटवल–कोहलपुर खण्डको तिनाउ नदिको पश्चिम किनारमा पक्कीपुल नजिक दक्षिणपट्टी रहेको यो किल्ला पाल्पाली सेन वंशिय स्मारकहरु मध्ये एक मानिन्छ । यहि किल्लाबाट सन् १८१४–१५ को नेपाल अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापाले नेतृत्व गरेको नेपाली सेनाले मेजर जनरल जोन सुलिभान उड्को नेतृत्वमा आएको आधुनिक हातहतियारले सुसज्जित अंग्रेज फौजलाई पराजित गरेको थियो ।नेपाली फौजको चतुर बुद्धि र पराक्रमको प्रयोग गरिएको ऐतिहासिक महत्वपूर्ण विजयको प्रतिक यो जितगढी किल्लाले नेपालीको अदम्य शाहस, पौरख, विरता र देशभक्तिलाई सदासर्बदा चित्रित गरिरहेको छ । सन् १८१४ मा नेपालको तत्कालीन कम्पनी सरकारसँग भएको सिमा विवाद मध्ये रौतहटका २२ ठाँउ र पाल्पा राज्य अन्र्तगत स्यूराज र बुटवल गरि दुई ठाउँका बिषयमा समस्याहरु अत्यन्त गम्भिर एवं जटिल थिए । सामरिक हिसावले महत्वपुर्ण यि दुइभागरु पश्चिम क्षेत्रको स्यूराज र बुटवलमा दुवैपक्ष नेपाल र कम्पनि सरकारको आ–आफ्नो भूभाग हो भन्ने दावि गरिहेको अवस्था थियो । यो समस्या समाधानका लागि वेतियामा दुवै पक्ष विच वार्ता भयो तर सफल रहेन, लगत्तै अंग्रेज गभर्नर लर्ड हेस्टिङ्गसले २५ दिनभित्र रौटहटका २२ ठाँउ र स्यूराज बुटवलको स्वामित्व त्याग्न र सेना फिर्ता लान नेपाल सरकारलाई चेतावनी पत्र पठाए । उनले सैनिक हस्तक्षेप गर्ने आदेश सँगसँगै लिइसकेका थिए । नेपाल सरकारले २५ दिनभित्र जवाफ दिएन, परिणाम स्वरुप २२ अप्रिल १८१४ मा ३ पल्टन अंग्रेज सेना स्यूराज र बुटवल क्षेत्र प्रवेशगरि युद्ध नगरिकनइ ति भूभागहरु आफनो कब्जामा लिएका थिए । अन्तत अंग्रेज फौजले ब्ुाटवलमा एक र स्यूराजमा गरी २ स्थान कायम गरी फर्के । केहि समयपछि २९ मेई १८१४ मा नेपाली सेनाले उक्त भूभागमा आफनो आधिपत्य पुनः कायम गरे । यस हमलामा अंग्रेजका दरोगा सहित १८ जना पुलिस मारिएका थिए । तत् पश्चगात अंग्रेज गर्भनर लर्ड हेस्टिङ्गसले १ नोभेम्बर १८१४मा नेपाल विरुद्ध औपचारिक रुपमा युद्धको घोषणा गरेका थिए । बुटवलको बाटो भै पाल्पा प्रवेश गर्न १ हजार अंग्रेज र ३ हजार भन्दा बढी देशी सिपाईहरु सहित मेजर जनरल उड खटिएका थिए । १५ नोभेम्वर १८१४ दिन अगाडी बढ्ने आदेश पाएको यो फौज डिसेम्बरमा मात्र अगाडी बढ्यो ।उनले आफनो सबै पल्टन २६ कम्पनि र ११ वटा गनको मद्दतले बुटवलको जितगढी कब्जा गर्ने निधो गरे । त्यसपछि पाल्पा हान्ने उनको दाउ थियो । ३ जनवरी १८१५ दिन मेजर जनरल उर्डको नेतृत्वमा सेना उत्तर तर्फ बढ्यो । बुटवल पुग्नु भन्दा अगावै तिनाउ नदि पार गरि पश्चिम र त्यसपछि उत्तर तर्फ लागे । उनिहरु कल्लाको नजिक पुगेको जस्तो लागेर किल्लाको रेकी गर्न एउटा सानो डपफ त्यसतर्फ पठाए । रेकी गरी फर्कने क्रममा भित्रबाट गोली चल्यो त्यसपछि दुवै तर्फ गोली हानाहान हुन थाल्यो । अंग्रेजी फौज अगाडी बढ्न सकेन त्यसपछि सबै फौज एक ठाँउमा जम्मा भएपछि त्यसलाई २ भागमा विभाजित गरी एउटा दलको नेतृत्व कमाण्डर क्रोकर र अर्को दलको नेतृत्व स्वय मेजर जनरल उडले गर्दै अगाडी मात्र के बढेका थिए, भिषण युद्ध शुरु भयो । कप्तान क्रोकरको टोलीको आक्रमणबाट सरदार सूर्य थापाले विरगति प्राप्त गरेका थिए सबुज र गुरुबक्स पल्टनका बाँकी फौजका साथ कर्णेल उजिर सिंह थापा नुवाकोटवाट ओर्ली जितगढी पुगेर लडाईको कमान आफनो हातमा लिए । घमासान युद्ध चलिरहेको थियो, दुश्मन अंग्रेज सेनातर्फ बृगेड मैजर हैट र इन्जिनियर लेफ्टिेण्ट मोरिसन नराम्ररी घाईते भए । लडाई जुन ढंगले भैरहेको थियो, त्यसले मेजर जनरल उडलाई निरास बनायो अन्तत उनले युद्ध परित्याग गर्ने फैसला गरे र पछि हटे उनि बाँकी सेना सहित २० जनवरी १९१५ का दिन सुरजपुर, खुर्द लौटन हँुदै गोरखपुर फर्के । मेजर जनरल उड फेरी जितगढी आक्रमण गर्ने प्रयत्नमा लागि रहे । ६ अप्रिल १८१५का दिन उनि सेना सहित लौेटन आई पुगे, उनको फौज तिनाउ नदिको पूर्वी किनारबाट अगाडी बढ्यो । उत्तर तर्फ बढ्दा बढ्दै फौज हालको खस्यौली बजार पुग्यो अंग्रेजहरुसँग २ वटा १८ राउण्डर गन र ४ वटा मोर्टारहरु थिए । अंग्रेज फौजको तुलनामा नेपाली फौज नगन्य थियो ।अगे्रजहरुले तिनाउ नदि पारीवाट गोलावारी शुरु गरे, नेपाली फौजले सामान्य प्रतिरोध मात्र गर्यो । त्यसपछि परिस्थिति शान्त देखियो, अंग्रेजहरुले बुटवल र गढी किल्ला खाली भएको महसुस गरे । जनरल उर्डले तिनाउ नदि पार गरि बुटवल र गढी कब्जा गर्ने आदेश दिए । अगं्रेज सेना नदिको मध्ये भागमा पुग्दा नगुग्दै जितगढीबाट भएङ्गकर गोली चल्यो । अग्रेंज फौजले अगाडी बढ्ने हिम्मत गर्न सकेन । अन्तत मेजर जनरल उड यूद्ध परित्याग गर्न बाध्य भए । यहि आक्रमणमा मणिमुकुन्द सेनको शितकालिन दरवार अंग्रेजहरुको गोलावारीले ध्वस्त भएको थियो । अंगे्रजहरु हरतरहले सवल र शक्तिशाली हुँदाहुदै बुटवल र जितगढीको वास्तविकता थाहा पाउन नसक्नु, किल्ला अभेद्य देखिनु र सानो स्थानका लागि धेरैको ज्यानको बाजी लगाउनु युक्तिसंगत नदेखिनु एवं स्वयम मेजर जनरल उडमा हिम्मतको कमीका कारणले अन्तिम प्रयास तुहियो । इतिहासकारहरुले अंग्रेजहरु आफै तर्सेर नभागेको भए परिणाम बेग्लै हुने थियो भन्ने अनुमान गरेता पनि अल्पसंख्यामा रहेको नेपाली फौजले सिमित हातहतियार र गोलावारुदका आधारमा उच्च मनोवल, अदम्य शाहस र विरताका साथ चतुर बुद्धी र पराक्रम प्रदर्शन गरि कर्णेल उजिर सिंहथापाको नेतृत्वमा लडाई लडेर नेपालीहरुको आत्मविश्वास , रणकौशल, चार्तुय र बहादुरीको अतुलनिय दृश्टान्त पेश गरेको छ ।बुटवल नगरपालिका वडा नं. ३ मा आंशिक भग्नावशेष अवस्थामा रहेको जितगढी किल्लाको २०५५ ÷०५६ सालमा सामान्य मात्रामा प्रारम्भिक चरणको उत्खनन् कार्य गरिएको थियो ।
हाल २०७० माघ ८ गते बाट बुटवल नगरपालिकाको अनुरोधमा यसको पुनः उत्खनन् कार्य पुरात्व विभागले शुरु गरेको अवस्था छ । यो ऐतिहासिक, पुरातात्विक महत्वको धरोहर जितगढी किल्ला बारे निम्न कथन रहेको जनबिश्वास विश्वास रहेको छ । नेपाली विर सेनाले अंग्रेजी साम्राज्यवादलाई परास्त गरेको यो प्रख्यात जितगढी किल्ला १६–१७ औं शताव्दी तिर सेनबंशीय ( पृथ्वी पाल सेन ) पाल्पाली राजाहरुको पालामा निर्माण भएको हुन सक्छ । प्रारम्भमा यो गढी किल्ला बुटवल बजारलाई छोप्नेगरी नै पहाडको एक छेउदेखि अर्को छेउसम्म पूर्व पश्चिम निकै लामो थिया,े कालान्तरमा तिनाउ नदिको कटानले र बढ्दो शहरीकरणको प्रभावले गर्दा हाल यसको धेरै सानो भाग करिब २०५ फिट लम्बाई, ८ फिट चौडाई र २० फिट उचाईको गारो सहितको केहिभाग मात्र बाँकी रहेको बाहिरबाट हेर्दा देखिन्छ । उत्खनन्का क्रममा जितगढी किल्लाको पूर्व पश्चिमबाट उत्तर खण्डको पर्खालसँगै गढीकिल्ला सँग सम्बन्धित सुरुङ्गमा प्रवेश गर्ने ७ –७ वटा खुडकीला भएको २ वटा सिँढी, तल्लो भागमा पलास्टर सहितको भूँई, बरण्डा, माथी छुने छपनी समेत फेला परेको थियो । यसका अतिरिक्त सिँढीको बिच भागमा समेत छपनि फेला परेको थियो । साथै सिँढीको बिच भागमा पूर्व र पश्चिमा तर्फ प्रवेश गर्ने एक प्रकारको मार्ग पनि भेटिएको थियो । उत्तरतर्पmको प्रवेशमार्ग सम्भवतः हातहतियार खजाना राख्ने ठूलो भण्डार कोठा हुन सक्ने, दक्षिण तर्फको प्रवेशद्धार सुरुङ्गभित्र जाने प्रवेशद्धार हुन सक्ने अनुमान पनि गर्न सकिन्छ ।
अँग्रेज सँगको युद्धमा तत्कालीन नेपाली फौजले अजय पराक्रमका साथै शसक्त चतुरता पनि प्रदर्शन गरेका थिए । नुवाकोटको डाँडामा राँगा भैँसीको सिंगमा राँको बालेर दौडाउँदै नेपाली फौजले धावा बोल्दा अँग्रेजी फौजको सातो पुत्लो उडेको थियो । नेपाली फौजले त्यही मौकामा अर्को मोर्चाबाट आक्रमण शुरु गरेपछि ईष्ट ईण्डिया कम्पनी फौज रणमैदान छोडेर भागेको थियो भन्ने जनश्रुती पनि छ । यो बिजय हासिल गरेपछि बुटवलदेखि पाल्पाको तानसेन सम्म भब्य बिजय जात्रा निकालीएको थियो । जुन अहिले पनि भगवती जात्राको नामले प्रसिद्ध छ ।देशको सार्वभौमसत्ता, मान मर्यादा र प्रतिष्ठा अक्षुण राख्ने जितगढीको यो विजय ईतिहासदेखि बर्तमान सम्म एवं युगयुगान्तर स्वर्ण अक्षरले अंकित रहने छ भन्ने हामीलाइ बिश्वास छ । ।
अंग्रेज हराउने वीरताको चिनो जितगढी किल्ला
अंग्रेज हराउने वीरताको चिनो जितगढी किल्ला

Advertisement
तपाईको प्रतिक्रिया