• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ७. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ८. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

  • ९. स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

  • १०. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

महिला सशक्तिकरणका लागि  उद्यमशिलता प्रबर्धन जरुरी


  •   बिहिबार, असार २६, २०७६ मा प्रकाशित
  • निर्मला पोख्रेल । महिला सशक्तिकरणको उद्देश्य भनेको महिलालाई आत्मनिर्भर बनाउने र आफै निर्णय गर्न सक्ने बनाई आर्थिक, सामाजिक र राजनीतिक क्रियाकलापमा महिला सहभागिता बढाउनु नै हो ।  तर हाम्रो देश नेपालमा महिला उद्यमशिलताको अवस्था धेरै चुनौतीपुर्ण छ। नेपाली जनको संकुचित सोचले पनि यसमा ठूलो भूमिका खेलेको छ । उद्यमशिलताको कुरा गर्दा विकसित मुलुकहरुमा महिला र पुरुषबीच भिन्नता छैन। यस क्षेत्रका महिलामा पारिवारिक दायित्व बढी छ जसले गर्दा उद्योग व्यवसायमा बढी समय दिन सक्दैनन् । यस्तै, लगानीको कुरा पनि छ । यो समाज महिलाले बढी लगानी लगाएर उद्योग खोले भने त्यसलाई संचालन गर्न सक्दैनन् भन्ने सोचबाट ग्रसित छ ।पहिलाको तुलनामा धेरै परिवर्तन आएको छ । तर, हाम्रो सामाजिक सोच र पारिवारिक दायरा भित्र बस्नुपर्ने भएकाले पनि सोचे अनुरुप महिलाको उद्यमशिलता विकास हुन सकेको छैन । पछिल्लो समय यस क्षेत्रका महिलाहरुमा चेतनाको विकास भएको छ । केही गर्नुपर्छ भन्ने भावना पलाएको पाइन्छ जसले गर्दा केही समयभित्रै महिला उद्यमशिलता विकासले गति लिने बुझाई पनि छ । नेपालको तुलनामा अन्य देशमा महिला उद्यमशिलता केही बढी भएको देखिन्छ । उनीहरुको अनुभवबाट सिक्ने र सिकाउने कामलाई निरन्तरता दिनुपर्ने देखिन्छ । पछिल्लो समय यता तथ्याङ्कले पनि महिलाहरु उद्यमशिलतामा एकदमै कम छन् भन्ने देखाउँछ । त्यसमा साना तथा घरेलु उद्योगमा मात्र सिमित छन् ।नेपालमा महिला उद्यमशिलता अत्याबश्यक कुरा हो र यसले आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउछ भन्ने सोचको विकास भएको छैन । सार्कका देशमा पर्ने श्रीलंका र भुटानमा जस्ता मुलुकमा पनि महिला उद्यमशिलता धेरै अघि बढिसकेको छ । त्यहाँ हरेक कुरामा महिला र पुरुषलाई समान अवसर दिइन्छ । त्यस्तै शैक्षिक विकासमा पनि अघि बढेको छ । तर, नेपाल, पाकिस्तान, अफगानिस्तानजस्ता देशमा समान खालको व्यवहार गरेको पाइँदैन ।संविधानमै नेपालमा महिला र पुरुषका लागि समान हक दिइएको छ तर, नियम बाएर मात्र हुँदैन व्यवहारमा पनि लागू गर्न सक्नुपर्छ । व्यवहारिक रुपमा हेर्ने हो भने अझै कार्यान्वयन भएको छैन । महिला उद्यमशिलतामा बंगलादेश तथा पाकिस्तान पनि पछि नै छन । कानुनमा जे भएपनि व्यवहारमा यी देशमा महिलालाई समान रुपमा हेरेको देखिँदैन । परम्परागत सोचमा परिवर्तन नआएसम्म सामाजिक तथा आर्थिक रुपमा परिवर्तन आउन सक्दैन। हाम्रो परम्परागत सोचमा परिवर्तन नल्याएसम्म जस्तोसुकै कानुन बनाएपनि व्यवहारिक रुपमा लागू हुन सक्दैन ।अन्य विकसित देशको प्राक्टिस हेर्ने हो भने उद्यमशिलतालाई विशेष स्थान र पहिचान दिएर राखेको हुन्छ । सरकारले काम गर्ने वातावरण बनाइदिएको हुन्छ । तर नेपालमा त्यस्तो वातावरण निकै कम छ। पहिला महिलाले कतिसम्म काम गर्न सक्छन् भनेर पूर्वाअनुमान गरिन्थ्यो तर अहिले अवस्था त्यस्तो रहेन । देशको उच्च पदमा महिलाले नै नेतृत्व गरिरहेका छन् । तर, उद्योग क्षेत्रमा अझ नेतृत्व गर्न सकेका छैनन् । उद्यमशिलताको क्षेत्रमा महिलाको प्रबेश हुनु जरुरी छ । हाम्रो जस्तो मुलुकमा महिला उद्यमशिलतालाई अघि नबढाएसम्म देश आर्थिक र सामाजिक रुपमा विकास गर्न सकिदैन। महिलालाई जिम्मेवारी दिइयो भने जुनसुकै काम सफल रुपमा गर्न सक्छन् । तर, हाम्रो समाज पुरुषमा लगानी गर्दा सुरक्षित र महिलामा लगानीगर्दा असुरक्षित हुन्छ भन्ने सोचबाट ग्रसित छ ।महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवं ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध बिस्तार गरी ब्यवसायीक अनुभव आदान प्रदानका साथै महिला उद्यमीलाई कर शिक्षा, लेभलिङ्ग, प्याकेजिङ्ग, एव व्यवसायि स्थायित्वको बारेमा ब्यावसायिक विज्ञद्धारा प्रशिक्षण दिएर महिलालाई सवल सक्षम बनाउन अनिवार्य देखिन्छ हुनत यतिबेला  कयौं नेपाली महिला दिदिबहिनीहरु आफ्नै मेहनत र पौरख बाट सफल हुनुभएको छ , यस्ता महिला उद्यमीहरुको प्रेरणाबाट हामी अघि बढ्नुपर्छ । कसैले गरेको हेरर नै सिक्ने हो । नेपालको परिपेक्षमा हेर्दा महिला उद्यमीशिलता एकदमै न्युन छ । यसलाई अघि बढाउनका लागि संस्थागत रुपमा जानु पर्छ व्यक्तिगत तरिकाबाट गएर सम्भव हुँदैन । व्यक्तिगत रुपमा बुझ्नु भन्दा संस्थागत रुपमा जानकारी लिँदा धेरै फाइदा हुन्छ । संस्थागत रुपमा जाँदा सीप विकास, लगानीका लागि स्रोत जुटाउन सहजता हुन्छ भने अवसर पनि त्यतिकै पाइन्छ ।
    नेपाल सरकार अन्तर्गत घरेलु तथा साना उद्योग बिकास समितीको मातहतमागाउँमा रहेका महिला तथा युवाहरुलाई उद्यमी उत्पादन गरि गरिबीको रेखामुनी रहेका तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई रोजगारी तथा स्वरोजगार प्रवद्र्धन गर्न र उद्यमिलाई बिना धितो कर्जा उपलब्ध गराइनु ,प्रबिधी उपलब्ध गराउनु पनि अत्यन्तै राम्रो कार्य हो ।आफुले बिगत देखि  यसै कार्यालय अन्तर्गत  ग्रामिण आर्थिक बिकास मंच प्युठान बाट गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम सन्चालन गर्दै जादा कयौं महिला दिदिबहिनिहरु आत्मनिर्भर भएको देख्दा अबसर पाए महिलाले जे जस्तो काम पनि गर्ने सकिने छर्लङ्ग छ।हुन त महिला उद्यमशिलता विकासका लागि  विश्वका विकसित देशका महिलाले उद्यमशिलताका क्षेत्रमा धेरै फड्को  मारिसकेको अबस्थामा एउटा जिल्लाका महिलाहरूमा मात्र यस्तो उपलब्धि हुनु ठूलो कुरा त होईन । त्यसैले यस विषयमा नेपालका सबै स्थानीय तहबाट नै  महिलाहरुलाई सशक्तीकरणको माध्यम बाट सोचको विकास गर्नु जरुरी छ भने पुरानो सोचलाई परिवर्तन गरी नयाँ सोच ल्याउनु उत्तिकै  आवश्यक छ ।महिला र पुरूषबीचको असमानताले देशको विकासमा बाधा पुर्याइरहेको छ । साथै राष्ट्र निर्माणमा पनि वाधा पुग्छ । यो महिलाको जन्मसिद्ध अधिकार हो जो समाजमा पुरुष सरह उनीहरुलाई महत्व दिनुपर्छ । विशेषतः महिलालाई पनि आफूमा सशक्तीकरण ल्याउनुभन्दा पहिले आफ्नो अधिकारका पनि ज्ञान हुन अनिवार्य छ । महिलाहरू केवल घर–परिवार तथा पारिवारिक झैं–झमेलाको जञ्जालमा मात्र नफसेर सामाजिक र उद्यमशिलताको क्षेत्रमा पनि आफ्नो सकारात्मक भूमिका निभाउन सिक्नु पर्ने छ । किनकी सामाजिक कार्यले महिलालाई आफ्नो स्थानमा दरिलो बनाउन साथ दिन्छ । महिला सशक्तीकरणमा यतिसम्म शक्ति छ की उनीहरू देशका धेरै कुरामा परिवर्तन ल्याउन सक्छन् । महिलाहरू समाजका कतिपय समस्यालाई पुरुष भन्दा सजिलो ढंगले सल्टाउन सक्छन् । महिलाले परिवारको तथा देशको आर्थिक स्थितिलगायत आर्थिक आपूर्तिको प्रबन्ध पनि राम्रोसँग गर्न सक्छन् । पुरुषको तुलनामा महिलाले परिवारभित्र मात्र नभएर सामाजिक विषयमा पनि चाँडै समाधान निकाल्न सक्छन् ।महिला सशक्तीकरणद्वारा महिला पुरुषमा समानताको भाव त आउँछ साथै दुवैको शक्ति र बुद्धि मिलाउँदा अर्थब्यवस्थाका धनी पुरुषप्रधान देशलाई सहजै उल्टाउन सकिन्छ । देशकै अनुहार परिवर्तन भएर जानेछ । महिला सशक्तीकरणमार्फत् हरेक परिवारका सदस्यहरूको विकास हुने देखिन्छ । आमा नभएको घर जसरी भाँडिन्छ त्यसरी नै महिला बिनाको समाज पनि भाँडिएर जानेछ । किनकी महिलाले घर मात्र होइन समाज पनि चलाउन सक्छन् । महिला सशक्त भए समाज आफैं सशक्त भएर जाने छ।
    लेखक: ग्रामिण आर्थिक बिकास मंच प्युठान कि अध्यक्ष हुनुहुन्छ ।

    Advertisement

    बिहिबार, असार २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    भर्खरै

    • १.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • २.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ७.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ८.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation