सागर थापा,दाङ। तुलसिपुर उधोग बाणिज्य सघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरिक्षक शाहले सुरक्षा बिना बिकास र सम्बृद्धि सम्भाव नभएको भन्दै आम ब्यबसायी र नागरिकको सुरक्षामा कुनै कमि हुन नदिने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै डिआईजी शाहले आफुले आफ्नो कार्यकालमा बोलेर भन्दा काम गरेर देखाउने समेत प्रष्ट पार्नुभयो ।उहाले प्रदेश भित्रका हरेक समस्या र बिकासमा नेपाल प्रहरी हातेमालो गरेर अगाडि बढने समेत जानकारी दिनुभयो ।कार्यक्रममा निबर्तमान अध्यक्ष बिमल रिजाल,सस्थापक अध्यक्ष डिल्लिबहादुर बस्नेत ,सल्लाहकार सुरेश हमाल,प्रेस सल्लाहकार शरद रेग्मी लगायतले शुभकामना ब्यक्त गर्दै यस क्षेत्रमा भएका घटनाक्रम र ब्यबसायिक सुरक्षामा विशेष चासो दिन ध्यानाकर्षण गराउनु भएको थियोे ।सङघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियोे ।
नागरिकहरुको सुरक्षामा कुनै कमि हुन दिन्नौ : डिआईजी शाह
नागरिकहरुको सुरक्षामा कुनै कमि हुन दिन्नौ : डिआईजी शाह

Advertisement
तपाईको प्रतिक्रिया