• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लाज पचाउने पाचक खाएपछि…… ।


  •   आइतबार, असार १५, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने,नवलपरासी ।देशमा वाइडबडि काण्ड, बलात्कार पछिको निर्मला हत्याकाण्ड, ३३ किलो सुनकाण्ड जस्ता केही महत्वपुर्ण घटना घटे । ती घटनाहरुका मुख्य दोषीहरु अझसम्म पत्ता लगाउन नसक्ने दुई तिहाई सत्ता हाँकेको सरकारलाई लाज लाग्नुपर्ने हो, तर विडम्बना लाग्दैन किनकी लाज पचाउने पाचक जो उनिहरुलाई खाने बानी परेको छ । राष्ट्रको सम्पत्ति हिनामिना गर्ने मन्त्री, नेता, सरकारी हाकिम, कर्मचारीहरुलाई लाज लाग्नुपर्ने हो तर लाग्दैन । लाज कसैलाई लाग्यो भने त्यो समाचार पढ्ने, हेर्ने र सुन्ने हामीजस्ता आमनागरिकलाई मात्र होला ।प्राचिन कालमा मान्छेलाई लाज भन्ने कुरा के हो भन्ने थाहा थिएन रे ! त्यसैले अनुसन्धानविद्हरू भन्ने गर्छन् त्यतिबेलाका हाम्रा पुर्खाहरू लुगा नलगाईकनै हिँड्थे रे ! विस्तारै विकासक्रममा मान्छेलाई लाज ढाक्न र मौसमको प्रतिकूल असरबाट बच्नका लागि प्रकृतिले धेरै कुरा सिकाउन थाल्यो अनि पातपतिंगर र जनावरका छाला हुँदै मान्छेले थरीथरीका लुगा लगाउन थाल्यो । चेतनाको विकास पनि हुँदै गएपछि मान्छेले अरू जनावरहरूभन्दा आफूलाई श्रेष्ठ बनाउँदै लग्यो र अहिलेका हामी मान्छे विकसित प्रजातिका रूपमा बाँच्न पाएका छौँ ।
    समय र विकासक्रमसँगै लाजको परिभाषा पनि परिवर्तन हुँदै गएको छ । अब लाज लाग्नु÷नलाग्नु भनेको कपडाले शरीर ढाक्नु र नढाक्नुमा मात्र सीमित रहेन । लाज शारीरिक मात्र नभएर सामाजिक, मानसिक र बौद्धिक कुराहरूसँग पनि गाँसिने कुरा बन्यो । हामी सबैलाई लाज लाग्छ तर लाज कहाँ लाग्छ, किन लाग्छ वा कसरी लाग्छ भन्ने कुराचाहिँ हामीलाई थाहा छैन । नदेखिने कुरा भए पनि लाज लाग्ने भएर नै मान्छेले धेरै गर्न नहुने कुराहरू गर्नबाट आफूलाई बचाउँछ । तर, लाज नलाग्ने मान्छेले जे पनि गर्न सक्छ । नैतिकता, सामाजिक जिम्मेवारी, कसैप्रतिको कुनै पनि उत्तरदायित्व भन्ने कुरा लाज नलाग्ने मान्छेले बुझ्दैन । लाज लाग्नु तसर्थ मान्छेको आफना लागि र अरूका लागि पनि साह्रै महत्वपूर्ण कुरा हुन्छ ।
    केही महिना अघिको प्रसंग हो, भुमही देखि बुटवल सम्मको माइक्रोबसमा चढेको थिँए । बर्दघाटबाट भुमही हुँदै बुटवलसम्म चल्ने त्यो माइक्रोबसमा भुमहीबाट चढ्ने बेला नै सिटमा अटाउनेजतियात्रुहरू भरिइसकेका रहेछन् तर खलासीले दुई जना अलि पातलापातला मान्छेहरू बसेको ठाउँमा बस्न दिएको आदेशलाई मानि जसोतसो शरीर अडाइयो । त्यसपछि पाइलैपिच्छे जहाँ जसले हात उठाए पनि त्यो माइक्रोले यात्रु चढाउन थाल्यो । हरेकपटक लाग्थ्यो, अब त को कहाँ अटाउलान् र ? तर, मान्छेको शरीरमा जस्तोसुकै ठाउँमा पनि, जसरी भए पनि, जति पनि खाँदिन सक्ने अचम्मको शक्ति हुँदोरहेछ भन्ने ज्ञान त्यसदिनको माइक्रो बसको यात्राले दियो । देवदह पुग्ने बेलासम्म कोही कतै चलमल गर्न नसक्ने अवस्थामा पुगिसकेका थिए । भर्खरै चढेकी अल्लि भद्र मेकअपमा सजिएकी एउटी नारीले गुनासो गर्दै थिइन्, “कति मान्छे खाँज्न सकेको भन्या !” सिट भरसिकेको र पहिलेदेखि नै अटेसमटेस गरी भरएिका यात्रुहरूको भार थाम्न हम्मेहम्मे परेर एकातिर कोल्टे परेको माइक्रोलाई हात दिएर रोक्दै चढेका अन्य यात्रुहरूले उनको होमा हो मिलाए । मानौँ, उनीहरूलाई उभिरहेको ठाउँबाट खलासीले जबरजस्ती उचालेर ल्याएर इच्छाविपरीत त्यहाँ खाँदेको हो ।बुटवल आइपुग्दा पनि खलासीले सवारी साधनको प्रतीक्षामा बसेका यात्रुहरूलाई बोलाउन छाडेको थिएन । एक÷दुई जनाले अझै खाँदिने हिम्मत गरे, केही पन्छिए । मैले सकी नसकी टाउको घुमाउँदै मनमनै सोँचे…… त्यहाँभित्र बसेका, खाँदिएका, उभिएका, कुप्रिएका र झुन्डिएका गरी लगभग चालिस÷पैँचालिस जना यात्रु खाँदिएका होलान् । खाँद्ने र खाँदिने दुवैथरीलाई लाज नलागेको हो कि त ?मनमा खेलिरह्यो– कतै हामी हाम्रा पुर्खाको नजिक हुन थालेका हौँकी भन्ने प्रश्न मनमा खेलिरह्यो । हामीलाई लाज लाग्न छोड्न थालेको जस्तो छ । झूट बोल्न लाज लाग्नुपर्छ, असामाजिक काम गर्न लाज लाग्नुपर्छ, अनैतिक हुन, भ्रष्टाचार गर्न, जिम्मेवारीबाट भाग्न र आफनो सजिलोका लागि अरूलाई असजिलो बनाउन लाज लाग्नुपर्छ । तर, माथिदेखि तलसम्मका कसैलाई पनि ती सब कुरामा लाज लाग्दैन कि क्या हो अचेल ! बनेको सरकारलाई कसरी हुन्छ, नढाली नछोड्ने प्रतिपक्षी दलहरू, काम गर्न नसकेर गल्तीमाथि गल्ती गरेर राजीनामा दिने अनि आफूले राजीनामा गरेपछि अरूलाई पनि काम गर्न कसरी नदिने भनेर लागि पर्नेहरू, सरकारमा भएर पनि दिनैपिच्छे बोली फेर्ने, बोलेका कुरा पुर्याउन नसक्दा पनि नैतिक जिम्मेवारी लिन नसक्ने, आफ्ना असफलताका दोषजति सधैँ अरूका थाप्लामा हाल्न मात्र खोज्ने पार्टी, नेताहरू र आफूले खोजेजस्तो नहुन्जेल अरुलाई अप्ठेरोमा पार्छु भन्नेहरू सबैलाई लाज लाग्न छाडेको छ अचेल ।देशमा वाइडबडि काण्ड, बलात्कार पछिको निर्मला हत्याकाण्ड, ३३ किलो सुनकाण्ड जस्ता केही महत्वपुर्ण घटना घटे । ती घटनाहरुका मुख्य दोषीहरु अझसम्म पत्ता लगाउन नसक्ने दुई तिहाई सत्ता हाँकेको सरकारलाई लाज लाग्नुपर्ने हो, तर विडम्बना लाग्दैन किनकी लाज पचाउने पाचक जो उनिहरुलाई खाने बानी परेको छ । राष्ट्रको सम्पत्ति हिनामिना गर्ने मन्त्री, नेता, सरकारी हाकिम, कर्मचारीहरुलाई लाजलाग्नुपर्ने हो तर लाग्दैन । लाज कसैलाई लाग्यो भने त्यो समाचार पढ्ने, हेर्ने र सुन्ने हामीजस्ता आमनागरिकलाई मात्र होला ।राजनितिमा प्रतिपक्षी दलका नेताहरु संसद बैठक अवरोध गर्छन् । तिनका कार्यकर्ताहरूले पनि बेलाबेला सडकपेटीका बार र सार्वजनिक संरचनाहरू भत्काएर, फुटाएर आफनो आवेग मार्छन् । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना मागहरु तेर्साएर बेलाबेलामा देश नै वन्द गर्दिन्छन् । तर त्यसले जनतालाई कति मर्का परेको छ र देशलाई कति हानी पुग्छ भन्ने सोँचेर लाज मान्नुपर्ने हो तर मान्दैनन् ।एकपटक सोचौँ त, हामी जनताले देशको गाडी नै नेताहरूको जिम्मामा लगाएका छौँ । त्यसलाई कसले हाँक्ने भन्ने जिम्मा नेताको हो । चुरो कुरो–गाडी कसले हाँक्ने भन्ने कुराभन्दा कसरी गन्तव्यमा पुग्ने भन्ने कुरा बढी महत्वपूर्ण हो भन्ने सानो कुरा पनि तपाईंहरूको त्यति ठूलो दिमागमा किन नअटाएको हो कुन्नि ? अहिले पनि त्यो गाडीलाई गति दिन सक्नुभएको छैन, दुई तिहाईको सरकारले पनि ।हामी आमजनताले चाहिँ आफनो रिसलाई के गरेर शान्त पार्ने त ? हामीसँग त भत्काउनका लागि आफनो भविष्य र फुटाउनका लागि आफनै टाउको मात्रै छ । तर, त्यसो गर्न कमसेकम अहिलेसम्म हामीलाई लाज लाग्दैछ ।

    Advertisement

    आइतबार, असार १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation