• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ५. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ६. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ९. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • १०. दाङमा बाघको छालासहित तीन जना पक्राउ

लाज पचाउने पाचक खाएपछि…… ।


  •   आइतबार, असार १५, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने,नवलपरासी ।देशमा वाइडबडि काण्ड, बलात्कार पछिको निर्मला हत्याकाण्ड, ३३ किलो सुनकाण्ड जस्ता केही महत्वपुर्ण घटना घटे । ती घटनाहरुका मुख्य दोषीहरु अझसम्म पत्ता लगाउन नसक्ने दुई तिहाई सत्ता हाँकेको सरकारलाई लाज लाग्नुपर्ने हो, तर विडम्बना लाग्दैन किनकी लाज पचाउने पाचक जो उनिहरुलाई खाने बानी परेको छ । राष्ट्रको सम्पत्ति हिनामिना गर्ने मन्त्री, नेता, सरकारी हाकिम, कर्मचारीहरुलाई लाज लाग्नुपर्ने हो तर लाग्दैन । लाज कसैलाई लाग्यो भने त्यो समाचार पढ्ने, हेर्ने र सुन्ने हामीजस्ता आमनागरिकलाई मात्र होला ।प्राचिन कालमा मान्छेलाई लाज भन्ने कुरा के हो भन्ने थाहा थिएन रे ! त्यसैले अनुसन्धानविद्हरू भन्ने गर्छन् त्यतिबेलाका हाम्रा पुर्खाहरू लुगा नलगाईकनै हिँड्थे रे ! विस्तारै विकासक्रममा मान्छेलाई लाज ढाक्न र मौसमको प्रतिकूल असरबाट बच्नका लागि प्रकृतिले धेरै कुरा सिकाउन थाल्यो अनि पातपतिंगर र जनावरका छाला हुँदै मान्छेले थरीथरीका लुगा लगाउन थाल्यो । चेतनाको विकास पनि हुँदै गएपछि मान्छेले अरू जनावरहरूभन्दा आफूलाई श्रेष्ठ बनाउँदै लग्यो र अहिलेका हामी मान्छे विकसित प्रजातिका रूपमा बाँच्न पाएका छौँ ।
    समय र विकासक्रमसँगै लाजको परिभाषा पनि परिवर्तन हुँदै गएको छ । अब लाज लाग्नु÷नलाग्नु भनेको कपडाले शरीर ढाक्नु र नढाक्नुमा मात्र सीमित रहेन । लाज शारीरिक मात्र नभएर सामाजिक, मानसिक र बौद्धिक कुराहरूसँग पनि गाँसिने कुरा बन्यो । हामी सबैलाई लाज लाग्छ तर लाज कहाँ लाग्छ, किन लाग्छ वा कसरी लाग्छ भन्ने कुराचाहिँ हामीलाई थाहा छैन । नदेखिने कुरा भए पनि लाज लाग्ने भएर नै मान्छेले धेरै गर्न नहुने कुराहरू गर्नबाट आफूलाई बचाउँछ । तर, लाज नलाग्ने मान्छेले जे पनि गर्न सक्छ । नैतिकता, सामाजिक जिम्मेवारी, कसैप्रतिको कुनै पनि उत्तरदायित्व भन्ने कुरा लाज नलाग्ने मान्छेले बुझ्दैन । लाज लाग्नु तसर्थ मान्छेको आफना लागि र अरूका लागि पनि साह्रै महत्वपूर्ण कुरा हुन्छ ।
    केही महिना अघिको प्रसंग हो, भुमही देखि बुटवल सम्मको माइक्रोबसमा चढेको थिँए । बर्दघाटबाट भुमही हुँदै बुटवलसम्म चल्ने त्यो माइक्रोबसमा भुमहीबाट चढ्ने बेला नै सिटमा अटाउनेजतियात्रुहरू भरिइसकेका रहेछन् तर खलासीले दुई जना अलि पातलापातला मान्छेहरू बसेको ठाउँमा बस्न दिएको आदेशलाई मानि जसोतसो शरीर अडाइयो । त्यसपछि पाइलैपिच्छे जहाँ जसले हात उठाए पनि त्यो माइक्रोले यात्रु चढाउन थाल्यो । हरेकपटक लाग्थ्यो, अब त को कहाँ अटाउलान् र ? तर, मान्छेको शरीरमा जस्तोसुकै ठाउँमा पनि, जसरी भए पनि, जति पनि खाँदिन सक्ने अचम्मको शक्ति हुँदोरहेछ भन्ने ज्ञान त्यसदिनको माइक्रो बसको यात्राले दियो । देवदह पुग्ने बेलासम्म कोही कतै चलमल गर्न नसक्ने अवस्थामा पुगिसकेका थिए । भर्खरै चढेकी अल्लि भद्र मेकअपमा सजिएकी एउटी नारीले गुनासो गर्दै थिइन्, “कति मान्छे खाँज्न सकेको भन्या !” सिट भरसिकेको र पहिलेदेखि नै अटेसमटेस गरी भरएिका यात्रुहरूको भार थाम्न हम्मेहम्मे परेर एकातिर कोल्टे परेको माइक्रोलाई हात दिएर रोक्दै चढेका अन्य यात्रुहरूले उनको होमा हो मिलाए । मानौँ, उनीहरूलाई उभिरहेको ठाउँबाट खलासीले जबरजस्ती उचालेर ल्याएर इच्छाविपरीत त्यहाँ खाँदेको हो ।बुटवल आइपुग्दा पनि खलासीले सवारी साधनको प्रतीक्षामा बसेका यात्रुहरूलाई बोलाउन छाडेको थिएन । एक÷दुई जनाले अझै खाँदिने हिम्मत गरे, केही पन्छिए । मैले सकी नसकी टाउको घुमाउँदै मनमनै सोँचे…… त्यहाँभित्र बसेका, खाँदिएका, उभिएका, कुप्रिएका र झुन्डिएका गरी लगभग चालिस÷पैँचालिस जना यात्रु खाँदिएका होलान् । खाँद्ने र खाँदिने दुवैथरीलाई लाज नलागेको हो कि त ?मनमा खेलिरह्यो– कतै हामी हाम्रा पुर्खाको नजिक हुन थालेका हौँकी भन्ने प्रश्न मनमा खेलिरह्यो । हामीलाई लाज लाग्न छोड्न थालेको जस्तो छ । झूट बोल्न लाज लाग्नुपर्छ, असामाजिक काम गर्न लाज लाग्नुपर्छ, अनैतिक हुन, भ्रष्टाचार गर्न, जिम्मेवारीबाट भाग्न र आफनो सजिलोका लागि अरूलाई असजिलो बनाउन लाज लाग्नुपर्छ । तर, माथिदेखि तलसम्मका कसैलाई पनि ती सब कुरामा लाज लाग्दैन कि क्या हो अचेल ! बनेको सरकारलाई कसरी हुन्छ, नढाली नछोड्ने प्रतिपक्षी दलहरू, काम गर्न नसकेर गल्तीमाथि गल्ती गरेर राजीनामा दिने अनि आफूले राजीनामा गरेपछि अरूलाई पनि काम गर्न कसरी नदिने भनेर लागि पर्नेहरू, सरकारमा भएर पनि दिनैपिच्छे बोली फेर्ने, बोलेका कुरा पुर्याउन नसक्दा पनि नैतिक जिम्मेवारी लिन नसक्ने, आफ्ना असफलताका दोषजति सधैँ अरूका थाप्लामा हाल्न मात्र खोज्ने पार्टी, नेताहरू र आफूले खोजेजस्तो नहुन्जेल अरुलाई अप्ठेरोमा पार्छु भन्नेहरू सबैलाई लाज लाग्न छाडेको छ अचेल ।देशमा वाइडबडि काण्ड, बलात्कार पछिको निर्मला हत्याकाण्ड, ३३ किलो सुनकाण्ड जस्ता केही महत्वपुर्ण घटना घटे । ती घटनाहरुका मुख्य दोषीहरु अझसम्म पत्ता लगाउन नसक्ने दुई तिहाई सत्ता हाँकेको सरकारलाई लाज लाग्नुपर्ने हो, तर विडम्बना लाग्दैन किनकी लाज पचाउने पाचक जो उनिहरुलाई खाने बानी परेको छ । राष्ट्रको सम्पत्ति हिनामिना गर्ने मन्त्री, नेता, सरकारी हाकिम, कर्मचारीहरुलाई लाजलाग्नुपर्ने हो तर लाग्दैन । लाज कसैलाई लाग्यो भने त्यो समाचार पढ्ने, हेर्ने र सुन्ने हामीजस्ता आमनागरिकलाई मात्र होला ।राजनितिमा प्रतिपक्षी दलका नेताहरु संसद बैठक अवरोध गर्छन् । तिनका कार्यकर्ताहरूले पनि बेलाबेला सडकपेटीका बार र सार्वजनिक संरचनाहरू भत्काएर, फुटाएर आफनो आवेग मार्छन् । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना मागहरु तेर्साएर बेलाबेलामा देश नै वन्द गर्दिन्छन् । तर त्यसले जनतालाई कति मर्का परेको छ र देशलाई कति हानी पुग्छ भन्ने सोँचेर लाज मान्नुपर्ने हो तर मान्दैनन् ।एकपटक सोचौँ त, हामी जनताले देशको गाडी नै नेताहरूको जिम्मामा लगाएका छौँ । त्यसलाई कसले हाँक्ने भन्ने जिम्मा नेताको हो । चुरो कुरो–गाडी कसले हाँक्ने भन्ने कुराभन्दा कसरी गन्तव्यमा पुग्ने भन्ने कुरा बढी महत्वपूर्ण हो भन्ने सानो कुरा पनि तपाईंहरूको त्यति ठूलो दिमागमा किन नअटाएको हो कुन्नि ? अहिले पनि त्यो गाडीलाई गति दिन सक्नुभएको छैन, दुई तिहाईको सरकारले पनि ।हामी आमजनताले चाहिँ आफनो रिसलाई के गरेर शान्त पार्ने त ? हामीसँग त भत्काउनका लागि आफनो भविष्य र फुटाउनका लागि आफनै टाउको मात्रै छ । तर, त्यसो गर्न कमसेकम अहिलेसम्म हामीलाई लाज लाग्दैछ ।

    Advertisement

    आइतबार, असार १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
    गणतन्त्रले दिलाएको उपलब्धि भुलेर गाली?
    शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्
    शिक्षकलाई स्कुल पठाउने कि सडकमा धकेल्ने?

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ५.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ६.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ४.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ७.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ८.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation