• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्युठानको रमणिय पर्यटकीय स्थल नौ बहिनी एक महिमा अनेक


  •   आइतबार, असार ०८, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान। प्युठानको सवैभन्दा अग्लो पहाड कोठीभीरको काखैमा छ नौ बहिनी ।नौ बहिनी प्युठान जिल्लाको सदरमुकाम खलगांबाट पश्चिम–उत्तरमा पर्छ । स्याउलीवाङ पुगेपछि त्यहाँस्थित ठूलो गाउंबाट पश्चिम उत्तरको पंधेराखोलाको किनारै किनार पश्चिम उत्तर उकालो चढ्दै गएपछि नौ बहिनी पुगिन्छ । यहाँबाट करिब साढे एक किलोमिटर उकालो चढ्नु पर्दछ । नौ बहिनी करिब अढाइ किलोमिटको क्षेत्रफलमा फैलिएको छ ।हाल देवस्थलको रुपमा पूजा गरिने उक्त स्थान प्राकृतिक हिसावले निकै रमणीय छ । नौ बहिनी धर्मिक हिसाबले पुण्य थलो, प्राकृतिक हिसाबले अद्वितीय रमणीय र पुरातात्विक हिसाबले ऐतिहासिक रहेको स्थानीय बताउछन ।शायद मातृ सत्तात्मक व्यवस्था रहेका बेला हुन सक्छ । यस ठाउँमा नौ बहिनीहरु (जसलाई देवीका रुपमा पुजा पनि गरिन्छ) नौ दिशाबाट त्यहां जम्मा भएर आफ्ना नाता सम्बन्धका बारेमा ठूलो छलफल गरी त्यस वरपरको क्षेत्रमा सामाजिक थिति बसाएका थिए रे । कूल, नाता र वंशको नामाकरण गरेका थिए रे । विभिन्न अनुहार, कूल र वंशका मानिसहरुको सृष्टि त्यहीबाट भए गरेको भन्ने किम्बदन्ती आज पनि त्यहाँका स्थानीय जनताको जिब्रोमा ट्वाक्क बसेको छ । त्यति बेला महिलाहरुको वर्चश्व र शासन व्यवस्था नै भएकाले त्यहाँ छलफलमा सहभागी पुरुषहरुको उल्लेखनीय भूमिका नभएको हुनु पर्छ । तर त्यस बखत सहभागी महिलालाई दिदी र सहभागी पुरुषहरुलाई भाइ भनी संज्ञा दिएको जनबोलीबाट थाह हुन आउंछ । साथै ती भाइहरुले दिदीहरुको विधिपूर्वक सेवा, सुरक्षा र पुजाआजा गरेको पनि जनबोलीमा अटाएको पाइ्न्छ । यही परम्परा कायम राख्दै आज पनि त्यहाँ ती देवी दिदीहरुको पुजाआजा गर्ने गरिन्छ ।गंगा नदीको किनारमा शासन गर्ने ब्रह्मा, महाभारतमा शासन गर्ने विष्णु र हिमालयमा शासन गर्ने महेश्वरका पालामा आएर राज्य तथा समाज पुरुष प्रधान बन्दै गएको थियो । बदलिएको परिस्थितिमा पनि प्रत्येक नौ–नौ वर्षमा उनीहरुले आफ्ना राज्यबाट विदुषी महिला प्रतिनिधिहरुलाई त्यहाँ पठाई तीनबटै साम्राज्यका बारेमा छलफल गर्ने गराउने गरेका थिए रे । भनिन्छ, तीनवटै साम्राज्यमा रहेका महिलाहरुको बारेमा छलफल गर्ने र राय सुझावहरु तीनवटै साम्राज्याधिकारी त्रिदेव भगवानहरुलाई पु¥याउने गर्दथे ।स्थानीय बूढापाकाको भनाइ सुन्न पाइन्छ, ब्रह्माको साम्राज्यमा महिलाको पीडा ज्यादै हुँदै गइरहेको र विष्णुको साम्राज्यमा पनि त्यसको प्रभाव बढ्दै गएको कुरा महेश्वरको साम्राज्यबाट आएका विदुषीहरुलाई मन परेन । त्यसपछि गुमेको आफ्नो राज्य मातृसत्ताको पुनप्र्राप्तिका लागि भनेर काली देवीले पुरुष देवताहरुलाई संहार गरी सिध्याउन खड्क उठाइन् । यो बेलामा धेरै पुरुष देवताहरु मरिएका थिए । भागाभाग गरेर महादेवको शरण पर्न कैलाशमा पुगेपछि महादेव काली देवी आउने बाटोमा विष, भाङ र धतुरो खाएर लट्ठपरी लम्पसार सुतेका थिए रे । देवीको दुवै पाउ महादेवको शरीर माथि पर्न गएपछि उनी भावावेशबाट होशमा आई क्षमा मागी महादेवसँग कैलाशतिर लगेकी थिइन् रे । त्यसको ठीक नौ वर्षपछि महिला देवता र पुरुष देवताबीचमा त्यही नौबहिनी अर्थात् कोठी लेकमा नै आएर मैत्रीसम्झौता गरिएको जनबोली रहेको छ । भनिन्छ नौबहिनीमा आउंदा ब्रह्माको साम्राज्यबाट आउने महिला विदुषीहरुको अन्तिम थकाइ मार्ने बेस शेल्टर धर्मावतीमा थियो । वर्तमान झिमरुक नदीलाई त्यतिबेला धर्मावती भनेर पुकारिन्थ्यो । धर्मावती भनेर पुराणहरुमा उल्लेख गरेको पनि पाइन्छ ।हजारौं वर्षपछि आएर पनि नौबहिनीमा अहिले विभिन्न आकृतिहरु, खेतबारीका निशानाहरु, शायद वस्तीका अवशेषहरु देख्न पाइन्छ । अध्ययन वा उत्खनन्को प्रयास गरेमा थप तथ्यहरु उजागर हुनसक्ने विज्ञहरुको राय रहेको छ । तथापि भिरालो जमिन भएकाले कतिपय कुराहरु, अवशेषहरु र निशानीहरु पहिरोले बगाएर लगेको वा नष्ट गरेको पनि हुन सक्ने अनुमान गरिएको छ ।

    Advertisement

    आइतबार, असार ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation