जीवन न्यौपाने, नवलपरासी । केन्द्रिय कार्यालय बुटवल रुपन्देहीमा रहेको मिसन डेभलपमेन्ट बैंक लिमिटेडले दशौँ वार्षिकोत्सवको अवसरमा बुटवलको दुर्गा मन्दिर स्थित प्रधान कार्यालयमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।२०६७ असार १ गते नेपाल राष्ट्र बैंकका तत्कालिन गर्भनर डा. युवराज खतिवडाले सो बैंकको समुद्घाटन गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा संचालन गरिएको उक्त रक्तदान कार्यक्रममा सोहि बैंकका बिभिन्न शाखाहरुमा कार्यरत कर्मचारी सहित अन्य सर्वसाधारण गरि ३० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बैंकका अध्यक्ष टिकाराम घिमिरेले रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद घिमिरे, तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको बैंकका बजार व्यवस्थापन तथा कर्जा असुलि विभाग प्रमुख अर्जुन उपाध्यायले जानकारी दिए । बैंकका रुपन्देही, नवलपरासी र कपिलवस्तु गरी ३ जिल्लामा २१ शाखाहरु सञ्चालनमा छन् ।बैंकले विभिन्न स्थानहरुमा सामाजिक सचेतनामुलक होडिङ बोर्डहरु, हरियाली प्रद्र्वनका निमित्त वृक्षारोपण लगाएत जेहेन्दार छात्राहरुलाई छात्रवृति प्रदान गरि सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको छ ।यस्तैे आउँदो नयाँ आर्थिक वर्षबाट तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैक बीच एकआपसमा मर्ज हँुदै छन् । मर्जर पश्चात बन्ने तिनाउ मिसन विकास बैक लिमिटेडको अध्यक्षमा मिसन बैँकका बर्तमान अध्यक्ष टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा तिनाउ बैकका हालकै प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृतमा मिसन बैकका वर्तमान प्रमुख कार्यकारी अधिकृत हरी प्रसाद घिमिरे रहने छन् । मर्जर पश्चात बैकको चुक्ता पुंजी १ अर्व १४ करोड, निक्षेप १० अर्व २२ करोड रुपैयां र कर्जा लगानी ८ अर्व ९५ करोड पुग्नेछ भने बैकको शाखा संख्या ३८ रहनेछ ।
मिसन डेभलपमेन्ट बैंकद्वारा रक्तदान कार्यक्रम ।
मिसन डेभलपमेन्ट बैंकद्वारा रक्तदान कार्यक्रम ।

Advertisement
तपाईको प्रतिक्रिया