महेन्द्र सिंह, बाँके ।भारतीय प्रहरीले रुपैडिहा बजारमा रहेको मेडिकलहरुमा निगरानी बढाएको छ । स्थानीय सञ्चारमाध्यमको निरन्तर दबाबपछि प्रहरीले निगरानी र कारवाही सुरु गरेको हो ।दशकौंदेखि रुपैडिहाका मेडिकलबाट भैरहेको लागुऔषधको कारोबारमा वेवास्ता गरेको प्रशासनले सञ्चारमाध्यममा समेत कारवाही नभएको भन्दै निरन्तर समाचार प्रकाशनमा आएपछि गत जेठ २४ गते पहिलो पटक कारवाही सुरु गरेको थियो । विना रोकटोक लामो समयदेखि खुलेआम रुपैडिहाका मेडिकलमा प्रहरी निगरानी बढाएपछि कारवाही पनि थालिएको हो ।गत जेठ २४ गते ड्रग इन्स्पेक्टर राजु रुपैडिहा आएर लागुऔषध विरुद्धको कारवाहीको सुरुवात गरेका हुन् । उनी रुपैडिहा पुगेको खबर प्राप्त गरेका मेडिकल सञ्चालकले दिउँसै मेडिकल बन्द गरेर फरार भएका थिए । उनले रियाज मेडिकल सेन्टरमा छापा मारेर २५ हजार थान लागुऔषध फेला पारेका थिए । त्यसक्रममा पसलमा रहेका बिक्रेतालाई समेत नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइएको थियो ।बिहीबार रुपैडिहा प्रहरीले उक्त मेडिकलका सञ्चालकलाई समातेका छन् । विना अनुमतिमा चकिया रोडमा सञ्चालित मेडिकल स्टोरका सञ्चालकलाई रुपैडिहाका थाना प्रभारी मधुपनाथ मिश्राले पक्राउ गरेका हुन् । सो क्रममा ६५ ग्राम लागुऔषध ब्राउन सुगर रियाजसँग फेला परेको थियो । ‘मेडिकल सञ्चालक पनि पक्राउ परेका छन्’, रुपैडिहामा भैरहेको लागुऔषधको कारोबार विरुद्ध कलम चलाइरहेका पत्रकार नवि अहमदले भने, ‘सञ्चारमाध्यमबाट निरन्तर समाचार आएपछि प्रहरीले कारवाही गरेको हो ।रुपैडिहा आएका बेला ड्रग्स इन्स्पेक्टर राजुले लागुऔषधको कारोबार विरुद्ध निरन्तर कारवाही जारी राख्ने बताएका थिए । रुपैडिहामा अल्ट्रोरेक्टस, टोरेक्स, नाइट्रोजिन, नाइट्रावेट लगायतका औषधी मेडिकलबाट बिक्री हुने गरेका छन् । नेपालगन्जमा नाकाबाट अवैध रुपमा भित्रिने लागुऔषध समेत रुपैडिहामै खरिद बिक्री हुने गरेको छ ।भारतबाट नेपाल हुने लागुऔषधको तस्कारीका कारण नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको छ । भारतमा लागुऔषध नियन्त्रणका लागि ठोस प्रयास नभएको अवस्थामा प्रहरीले सुरु गरेको कारवाहीले केही आशा भने देखाएको छ ।
रुपैडिहा प्रहरीले समात्यो २५ हजार थान लागू औषध, मेडिकल सञ्चालक पक्राउ
रुपैडिहा प्रहरीले समात्यो २५ हजार थान लागू औषध, मेडिकल सञ्चालक पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया