• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार ३२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • ४. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • ५. विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

  • ६. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ७. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ८. वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

  • ९. दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

  • १०. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

एकपटक घुम्नैपर्ने गुल्मीको रुरुधाम (यस्ता छन रोचक तथ्यहरु)


  •   सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
  • कामना डेली,गुल्मी। पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमा परिचित रुरुक्षेत्र(रिडी) गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल हो।कालिगण्डकीको किनारामा अबस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ, भने श्रीस्वस्थानीमा पनि यसै स्थान(भिर्गुतुङेश्वर)मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ।“रुरुक्षेत्र” यो ठाउँको पौराणिक नाम हो। यसलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ। यसको नामाङ्कन कसरी भयो भन्ने बारेमा आज धेरै ब्यक्तीहरू बिच मतभेद रहेको पाइन्छ। रुरु अर्थात मृगले देवदत्त ऋषीको पुत्रीलाई स्तनपान गराइ हुर्काएको कारणले तिनलाई रुरुकन्या भनियो। तिनै कन्याले यहाँ कठोर तपस्या गरी मुक्ती पाएकोले यो ठाउँ उनै कन्याको नामबाट ‘रुरुक्षेत्र’ भनी चिनिन थाल्यो भन्ने मत पाइन्छ। पछि ‘रुरुक्षेत्र’ शब्द अपभ्रंश भई ‘रिडी क्षेत्र’ बन्न गएको भन्ने मान्यता पाइन्छ।रुरु क्षेत्रका बारेमा विभिन्न धार्मिक मान्यताहरु रहेका छन्।

    Advertisement

    मानिस जन्मदै तीन वटा ऋण: १. देव ऋण, २. पितृ ऋण र ३. ऋषी ऋण लिएर आएको हुन्छ। जो ब्यक्ती हिमालय देखी बग्दै आएको काली गण्डकीको संगम अर्थात दोभानमा स्नान गर्छ सो ब्यक्तीको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनीन थालियो पछी ऋणी भन्ने शब्द अपभ्रंस भई ‘रिडी’ बन्न गएको भन्ने धारणा पाइन्छ।त्यस्तै अर्को मान्यता अनुसार ‘रिडी’ भन्ने शब्द मगर भाषाबाट आएको हो। मगर भाषामा ‘री’भन्नाले कालो तथा ‘डी’ भन्नाले पानी भन्ने अर्थ लाग्छ। अर्थात कालो पानी बग्ने क्षेत्र (काली गण्डकी )भएकोले यसलाई ‘रिडी’ भनिएको हो भन्ने तर्क पाइन्छ।धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेको एकजना ब्राम्हण बस्दथे। उनले कालिगण्डकीको किनारमा आश्रम बनाइ तपस्या गर्न थाले। अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देवराज ईन्द्र सशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे। सोही अनुरूप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामको अप्सरालाई तपस्या भङग गर्न पठाए।

    जब देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थाले तब उनले टाढैबाट भकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्रह्मालोचालाई देखे। अप्सराको हाउभाउ कटाक्षले मुनी मोहित भए। उनको सुन्दरताप्रति बसिभुतभई विवाहको प्रस्ताब राखे र दुबै जना विवाह बन्धनमा बाँधीई संसारिक सुखमा बिलिन भए। केही समयको अन्तराल पछी प्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन। ततपस्चात उनले आफ्नो उधेश्य पुराभएको सम्झी ति कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन। यो कुराको वास्तविकतालाई बुझे देवदत्त छाँगा बाट खसे झै भए। उनको हृदयमा तिब्र बैराग जागेर आयो ततपस्चात उनी उत्तरतिरको भ्रिगु आश्रमतिर लागे र भगवान शिवको कठोर तपस्या गर्नथाले। उनको तपस्या देखी भगवान शिव प्रशन्न भई उनको सामु प्रकट भए र आशिर्बाद दिए ‘जसले गण्डकीको नदीमा स्नानगरी शिवलिङ्ग (भ्रिगुतुमको)को दर्शन गर्ला उसले शिद्धी प्राप्त गर्नेछ’ भनी भगवान शिव अन्तरध्यान भए। प्रह्मालोचाबाट जन्मेकी कन्यालाई पछी मृगले दुध पिलाएर हुर्काए। संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ। त्यही रुरुले दुध पिलाएर हुर्केकी कारणले तिनको नाम रुरुकन्या रहन गयो।पछी उनले भगवान नारायणको कठोर तपस्या गर्न थालिन।

    उनको कठोर तपस्या देखी भगवान नारायण प्रशन्न हुनुभयो र उनको सामु प्रकट भई बारदान माग्न भन्नुभयो। भगवानको यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ती गरिन “हे नाथ यदी मलाई बरदान दिनुहुन्छ भने यही चतुरवाहु श्री नारायणको रूपले हजुर यही बिराजमान होइबक्सीयोस् र मेरो नामबाट यो क्षेत्र प्रशिद्ध होस्।” उनको यस्तो प्रार्थना सुनी भगवानलेभन्नु भयो “अब उपरान्त यो ठाउँ रुरुक्षेत्र नामले प्रख्यात हुने छ।‘यो क्षेत्रमा जसले स्नान गरेर चतुरबाहु ऋषिकेशको दर्शन गर्छन् त्यसले मुक्ति पाउनेछ’ भनी भगवान अन्तरध्यान हुनुभयो।भगवानको आशिर्बादले गर्दा त्यो दिन देखी रुरु क्षेत्र पुण्य क्षेत्र बन्यो। यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरु कन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रशिद्ध भयो। पश्चिमनेपालको तानसेन बजारदेखि उत्तर-पश्चिममा गुल्मी र पाल्पाको सिमान बाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमा अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थल यस क्षेत्रमा मणिमुकुन्द सेन द्वारा प्रतिस्थापित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ऋषिकेश मन्दिर रहेको छ। रिडी, यस क्षेत्रको प्रमुख बजार हो ।नेपालका चार धार्मिक क्षेत्रहरू(रुरुक्षेत्र,बराहक्षेत्र,पाशुपतक्षेत्र र मुक्तीक्षेत्र) मध्येको एकक्षेत्र रुरुक्षेत्र पनि हो। यो ठाउँलाई नेपालको बनारसको रूपमा पनि चिन्ने गरिन्छ।बिदेशी बिद्वान पर्सिवल ल्यान्डनले ‘नेपाल’ नामक पुस्तकमा बनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू रुरुक्षेत्र सँग मेल खाने भएकोले यसलाई बनारस सँग तुलना गर्दै ‘नेपालको बनारस’भनी टिप्पणी गरेका छन्।भगवान बिष्णुको प्रतिक मानिने शालीग्राम पनि यहाँ पाउन सकिन्छ। त्यसैले यो क्षेत्र शालग्राम क्षेत्रको रूपमा पनि परिचित छ। यहाँ चक्र तथा बिभिन्न आकारका दुर्लभ शालिग्रामहरू पाइन्छ। त्यस्तै यहाँ बर्ष भरीमा थुप्रै मेलाहरू लाग्ने गर्दछन्।

    मुख्यत यहाँ माघेसंक्रान्ती तीन दिन र ऋशिकेश उत्सबमा २ दिन भब्य मेला लाग्ने गर्दछ। यहाँको माघेसंक्रान्ति मेला देश कै सबैभन्दा ठुलो मध्येको एउटा मेला हो।साथै बर्ष भरीको औंशी,पुर्णिमा,ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार यहाँ ठुलो मेला लाग्ने गर्दछ। एक कोशीय क्षेत्रफल भित्रै यहाँ करीब ४० भन्दा बढी मन्दिरहरू रहनु यो क्षेत्रको ठुलो विशेषता हो। यहाँ रहेको ऋशीकेश मन्दिर नेपालकै सुप्रशिद्ध मन्दिरहरू मध्येको एक मानिन्छ।यिनै भगवान ऋषीकेशको बिराजमान, कालीगण्डकीको बहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रैआयामिक विशेषताहरूको संगम रहनाले रुरु क्षेत्र बिशिस्ट धार्मिक पहिचान बनेको छ। यो क्षेत्र धार्मिक स्थल मात्र नभएर यो भेगको मुख्य ब्यापारिक केन्द्रबिन्दु पनि हो। प्राचिनकाल देखीनै यो गुल्मी,पाल्पा,स्याङ्जा, अर्घाखाँची,बाग्लुङ, रुकुम र रोल्पा लगायत अन्य आसपासका जनताहरूको ब्यापारिक केन्द्रबिन्दु रहदै आएको छ। यहाँ सडक यातायातको सुबिधा हुनपूर्व पनि मानिसहरू आफैले बोकेर तथा खच्चडको माध्यमबाट सामानहरूको ढुवानी गर्दथे।प्राचिनकालमा भोट,नेपाल उपत्यका तथा मधेस आउन जानको लागि यो ठाउँ पायक पर्दथ्यो। गुल्मी जिल्लाको प्रवेशद्वार रहेको यो ठाउँ हुँदै अर्घाखाँची, बाग्लुङ र स्याङ्जा जिल्लालाई सडक यातायातले जोडेको छ। हाल देशले चरम उर्जा संकट बेहोरीराखेको अवस्थामा यहाँ खेर गएको खोलाको पानीबाट २.४ मेघावाट बिद्युत उत्पादन गरी यो क्षेत्रलाई लोडसेडिङ मुक्त क्षेत्र बनाइएको छ। यहाँको अर्को विशेषता भनेको ऐतिहासिक पक्ष हो।

    इतीहासमा पाल्पाली राजा मणीमुकुन्द सेन, भिमसेन थापा,जंग बहादुर राणा तथा राजामहाराजाहरूको प्रमुख गन्तव्य रहेको बताइन्छ। साथै भिमसेन थापाले यो ठाउँमा एउटा मन्दिर र पौवा समेत बनाएका छ्न्। त्यस्तै श्री ३ जुद्ध शम्शेर राणाले यो क्षेत्रमा कल्पबास बस्न आएका थिए। त्यही कल्पबास बस्ने प्रायोजनको लागि उनले अर्गलीमा दरबार बनाएका थिए जुन अहिले पनि बिद्यमान छ।पश्चिम नेपालको ब्यापारिक राजधानी बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा अबस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो। यो सामुन्द्रिक सतह देखी १८०० फीटको उचाइमा रहेको छ। चारै तिरबाट पहाडै पहाडले घेरीइ बिचमा समथर जमीन रहेकोले यस्को प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ।यो ठाउँमा सडक मार्ग भएर काठमाडौं बुटवल तानसेन हुँदै आउन सकिन्छ। यहाँ आउन सबै प्रकारका निजी तथा भाडाका सवारी साधन पाउन सकिन्छ। साथै हवाइ मार्ग भएर आउँदा भैरहवा बिमानस्थल देखी बुटवल हुँदै आउन सकिन्छ। पक्की सडक,सन्चार,बिद्युत,होटल,शिक्षा तथा मनोरन्जन लगायतका सम्पूर्ण सुबिधाहरूले यो ठाउँ सुगम बनेको छ।

    सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ४.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन

    • ५.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ६.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    भर्खरै

    • १.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ३.
      लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

    • ४.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    • ५.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

    • ६.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

    • ७.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • ८.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...