• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

पहरामा टाँसिएको लाहुरेको चित्र हेर्न जाउँ सुपादेउराली


  •   शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
  • कामना डेली, अर्घाखाँची। सुपादेउराली मन्दिर गोरुसिङ्गे अर्घाखाँची सडकखण्डको छेउमा अबस्थित छ ।अग्ला पहाडको खोचमा अवस्थित सुपादेउराली मन्दिरमा दिनहु दर्शन गर्नेहरुको लर्को लाग्छ । प्रदेश ५ अन्तर्गत अर्घाखाँचीको सन्धिखर्क ७ मा रहेको यो मन्दिर नेपालकै धार्मिक पर्यटकस्थल मध्येको एक प्रख्यात मन्दिर हो । सुपा देउराली मन्दिरमा गई पाठापाठीको बलि दिने चलन धेरै पहिले देखि आएको जनबिश्वास छ । धार्मीक आस्थामा रहेकाहरु सुपादेउरालीलाई सर्वोपरी ठान्दछन । दुख परेको वेला भाकल गर्ने र भाकल पुरा भएपछि आफुले भनेको कुरा सुपादेउरालीलाई चढाउने परम्परा रहदै आएको छ । नेपाल एकिकरण हुनुभन्दा पहिले भुरेटाकुरे राजाहरुको पाला देखिनै सुपादेउरालीको महत्व भएको कुरा अर्घाखाची जिल्ला वरपरका बस्तीमा गरिने किवंदन्तीका कुराहरुबाट थाहा पाउन सकिन्छ । प्राकृतीक दृष्ट्किोणले अर्घाखाची रमाइलो मानिन्छ । तरेली परेका पहाड,पहाडको विचखण्डमा बस्ती,खोला किनारमा खेतियोग्य जमिन अर्घाखाचीको भू–वनोट हो । सुपादेउरालीको भावनामा स्थापना गरिएका अधिकाशं पहाडको देउरालीमा राखिएको सुपादेउराली देवीको प्रतिमा र देउराली पारगर्ने मानिसहरुले चढाउने फुलपातीले अर्घाखाची जिल्लाका मानिसहरु सुपादेउराली संग कतिधेरै भावनात्मक संम्वन्ध गासेका रहेछन भन्ने कुरा थाहा हुन्छ ।सुपादेउरालीको उत्पत्ती वारे रोचक प्रशँग रहेको छ । वाइसे चौविसे राजाहरुको पालामा खाँचीकोटका राजकुमार र भारत वलरामपुरको राजकुमारी संग वैवाहिक सम्वन्ध कायम गर्ने कुराको निर्णय भएछ । विवाहको लग्नको दिन वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दुलहि लिएर अर्घाखाची फर्कने बेला बाटोमा जन्तीहरु लाई भोज खुवाउने कार्यक्रम भएछ । भोजखाने क्रममा जन्तीहरुबाट खाँचीकोटका राजाले झुक्याएर विवाह गरेका र दुलही तर्फको जातको प्रशगं निकाल्दा जन्तीहरु विच विवाद उत्पन्न भएछ । भोजमा जे–जस्तो विवाद भएपनि दुलही खाँचीकोट सम्म पु¥याउन पर्ने हुदा जन्तीहरु बाटो लागेछन । बाटोमा दुलही बोकेको तामदान बाट रगतको थोपा चुहिन थालेछ । जन्तीहरु आत्तियर तामदानमा हेर्दा दुलही मृत अवस्थामा रहेको देखेछन । दुलहीनै मृत अवस्थामा देखेपछि सवै जन्तीहरु शोकाकुल हुन पुगेछन । दुलहीको मृत्युको शोकले खाँचीकोट शोकमंग्न हुनपुगेछ । भोलीपल्टबाट गाउमा रोगव्याधी उत्पन्न हुन थालेछ । कसैको गाई मर्ने,कसैको भैसी मर्ने र गाउघरमा मानिसको समेत मृत्यु हुन थालेछ । सबै मानिसहरु आत्तिन थालेछन ।गाउका धामी,झाक्रि र जोखाना हेर्ने जैशिहरुको समेत खैलावैला भएछ । त्यसैवेला एकजना खनाल थर भएका झाक्रिले विवाह गरेर ल्याएको राजकुमारी देवीको स्वरुप सुपादेउरालीमा उत्पन्न भएकोले उनको पुजा–आजा नगर्दा सम्म गाउमा यस्तै भै रहने बताए छन ।त्यसपछि गाउलेहरु दुलही लिएर जादा तामदानबाट रगतको थोपा झरेको स्थान सुपाखोलाको पश्चिम नरपानी र फलामे अग्लो महाभारत पर्वतको विच भन्ज्याङ्मा आएर सुपादेउरालीको प्रतिमा राखी पुजाआजा चलाउन थालेछन । यो सुपादेउराली देवीको उत्पत्तीको किंवदन्ती कथा हो । यहि कथामा लाहुरे पहराको पनि कथा जोडिएको छ । सुपादेउरालीको भाकल गरेपछि मनले चिताएको सवै कुरा पुग्ने जनविस्वास थियो ।पहरामा टाँसिएको लाहुरेको चित्र र उसले बोकेको ब्याग छर्लंग देख्न सकिन्छ। यसको आफ्नै कथा छ। एकजना युवाले आफु लाहुरे बन्ने भाकल गरेछन । भाकल गरेको केहि समयपछि लाहुरे भएछन । घर छुट्टीमा आउने वेला बाटोमा आफुले गरेको भाकल संझिएछन । उनले भर्ती भै हालियो किन भाकल चढाउने भन्ने कुरा उव्जीएछ । सुपादेउराली नजिक आइपुग्दा बाटो छलि खोलाको बाटो हिडन खोज्दा उनको मृत्यु भएछ । जुन ठाउ लाई अहिले लाहुरे पहरा भन्ने गरिन्छ । त्यस पहरामा लाहुरेको आकृतीको चित्र टासिएर रहेको छ । सुपादेउराली पुग्ने जो कोहि पनि त्यो दृष्यहेर्नको लागी लाहुरे पहरा पुग्ने गर्दछन ।गोरुसिङ्गे बाट सन्धिखर्क जाने यात्रुवाहक वसहरु सुपादेउरालीमा पुगेपछि रोकिन्छन । सवैले सुपादेउरालीको दर्शन गर्दछन । आफ्नो मनाकाक्षा पुरा गर्दछन । धार्मीक मात्र नभएर एकैछिन भनेपनि प्राकृतीक आनन्द लिने गर्दछन ।धार्मीक रुपले सुपादेउरालीको दर्शन गर्न जानेहरुको सख्यापनि बर्षेनी बढदै गएको छ । दर्शननार्थीहरूको घुइँचोले सुपा लाहुरे बजारदेखि नरपानी बजारसम्म सडकमा भक्तजनहरूको भीड हुनुका साथै गाडीहरूले भरिने गर्दछ। मन्दिरमा देशका विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गर्दछन्। त्यति मात्र होइन भारतको हरियाणा, लखनउ, दिल्ली ,पन्जाबलगायत भारतको विभिन्न ठाउँबाट पनि भक्तजन आउने गर्दछन्।बुटवल,पाल्पा,भैरहवा,कपिलवस्त

    Advertisement

    शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation