• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ३. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ४. नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

  • ५. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • ६. दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

  • ७. जग्गासम्बन्धी सेवा घरमै

  • ८. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • ९. नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

  • १०. चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक र यसको रचना गर्भ


  •   शनिबार, चैत ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं। २०६० सालतिर हुनुपर्छ, नेकपा एमाले लमजुङले स्मारिका प्रकाशन गरेको थियो । स्मारिकामा विभिन्न नेताको लेख थियो । त्यसैमा एउटा लेख थियो, केपी शर्मा ओलीको । जेल जीवनमा भोगेका गोलघरका ती कष्टसाध्य दिनहरू पढेपछि श्रद्धाभावले म निकै प्रभावित भएको थिएँ । त्यतिबेला मैले पत्रकारिता सुरू गरेको केही वर्षमात्रै भएको थियो । र, प्रेस चौतारी लमजुङको संस्थापकको रूपमा कार्यरत थिएँ । त्यसैबीचमा म नेपाल वान टेलिभिजनमा समाचार सम्पादन तथा समाचारवाचकको काम गर्न भारतको नयाँदिल्लीमा पुगेँ । २०६५ सालमा काठमाडौंबाट पत्रकारिता सुरू गर्न थालेपछि मात्र ओलीसँग भेट हुन थाल्यो ।
    २०६९ सालमा एक दिन साँझ उहाँलाई भेट्न बालकोट पुगेको थिएँ। तत्कालीन स्वकीय सचिव रमेश आचार्यलाई सँगै राखेर उहाँलाई मैले आत्मवृत्तान्त लेख्ने चाहना सुनाएको थिएँ । उहाँले अनुमति पनि दिनुभयो । मेरो नम्बर मोबाइलमा राख्नुभयो । र, कहिलेबाट सुरू गर्ने खबर गर्छु भन्नुभयो । त्यसलगत्तै उहाँ निकै बिरामी पर्नुभयो । नेपाल र विदेशका अस्पताल धाउनुपर्ने बाध्यता आइलाग्यो । २०७१ सालमा ग्रान्डी अस्पतालको शय्यामा गएर उहाँलाई भेटेको अस्ति जस्तो मात्र लाग्छ ।
    २०७१ सालमा नेकपा एमालेको काठमाडौंमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको अध्यक्ष निर्वाचित हुनुभयो । त्यतिबेला उहाँ बिरामी अवस्थामै हुनुहुन्थ्यो । त्यसलगत्तै २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएपछि उहाँको व्यस्तता झनै बढ्यो, तर उहाँको बारेमा किताब लेख्ने मेरो चाहना अधुरै रह्यो । यो बीचमा उहाँसँग धेरै पटक भेटेको छु । र, जति पटक भेट्छु केही न केही नयाँ कुरा र ऊर्जा लिएर फर्किन्छु । सानादेखि ठूलासम्मलाई उत्तिकै महत्व दिने, आफ्नोपनको महसुस गराउने अनि घण्टौँसम्म बसेर अरूका कुरा सुन्ने र मार्गदर्शन गर्ने उहाँको बानीले अति नै प्रभावित छु । त्यसैले उहाँलाई भेट्न मानिसहरू घण्टौँघण्टा निवासमा पर्खिरहेका हुन्छन् ।
    यो बीचमा उहाँसँग धेरै पटक भेटेको छु । र, जति पटक भेट्छु केही न केही नयाँ कुरा र ऊर्जा लिएर फर्किन्छु । सानादेखि ठूलासम्मलाई उत्तिकै महत्व दिने, आफ्नोपनको महसुस गराउने अनि घण्टौँसम्म बसेर अरूका कुरा सुन्ने र मार्गदर्शन गर्ने उहाँको बानीले अति नै प्रभावित छु ।
    राजनेता केपी शर्मा ओलीको जीवन संघर्षले भरिएको छ । उहाँको दृष्टिकोण सदैव भविष्यप्रति आशावादी र परिष्कृत रहेको छ । उहाँको राजनीतिको एक प्रमुख पक्ष भनेको दृढ इच्छाशक्ति र विकासका लागि समर्पण हो । उहाँले आत्मनिर्भर नेपालको स्वप्न देख्नुभयो र त्यसको प्राप्तिका लागि आफ्नो जीवन समर्पित गर्नुभएको छ । उहाँको जीवन साहस र आत्मविश्वासको प्रतीक बनेको छ । प्रधानमन्त्री पद्मा रहँदा या नरहँदा, ओली एक राष्ट्रिय नायकका रूपमा प्रस्तुत हुनुभएको छ । जीवनभर कठिनाइ र अवरोधहरूको सामनाले उहाँको नायकत्वलाई अझ बलियो बनाएको छ ।
    ओलीकै नेतृत्वमा नेपालले संकल्प गरेको छ— एक समृद्ध, सशक्त र आत्मनिर्भर नेपालको निर्माण । उहाँले नेपाललाई एक आत्मनिर्भर र समृद्ध राष्ट्रको रूपमा देख्ने सपना त देख्नुभयो, तर यस सपनालाई वास्तविकतामा परिणत गर्न असंख्य संघर्ष र चुनौतीहरूको सामना गर्नुपरेको छ । यद्यपि राजनीतिक स्थिरता र सामाजिक सुधारका लागि उहाँले उठाएका कदमहरू निश्चय नै ऐतिहासिक छन् । नेपालको सामाजिक र आर्थिक विकासका लागि उहाँले दूरदर्शी योजना ल्याउनुभयो । उहाँको नेतृत्वमा नेपालको विकासमा भएका छलाङ्गहरूले राष्ट्रिय गौरव र आत्मनिर्भरता कायम गर्न मद्दत गरेका छन् । नेपालको संविधानको निर्माण, देशको भौतिक संरचना र पूर्वाधारमा सुधार तथा विदेश नीतिमा भएका प्रमुख परिवर्तनहरू, यी सबै उहाँको दृढ नेतृत्व र योजनाका परिणाम हुन् । उहाँको नेतृत्वमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बनाएको छ । उहाँको जीवनको संघर्ष र निर्णयहरूले नै नेपालको भविष्यलाई पुनर्निर्माण र नयाँ दिशा दिने काम गरेको छ ।
    उहाँले कहिल्यै आफ्नो सपना र उद्देश्यलाई थन्किन दिनुभएन, बरु ती सपनालाई साकार बनाउन कठिन संघर्षको माध्यमबाट अडिग रहनुभयो । ‘सपना, संघर्ष र संकल्प’ पुस्तक नागरिकका लागि गरिएको संघर्ष र महान उद्देश्यका लागि अडिग रहने संकल्पको चित्रण हो । उहाँको जीवनको कूटनीतिक र सैद्धान्तिक पक्षहरू, उहाँको निर्णय र कार्यक्षमता तथा नेपालको भविष्यको लागि उहाँले गरेको योगदान यस पुस्तकमा प्रस्तुत गरिएको छ । यस पुस्तकका पन्नाहरूमा लुकेका शब्दहरूले एक व्यक्तिको संघर्ष र समर्पणको कथा बयान गर्दछ, जसले नेपाली जनताको मनमा आशा र विश्वासको नवजीवन फेरेको छ ।
    उहाँले नेपाललाई एक आत्मनिर्भर र समृद्ध राष्ट्रको रूपमा देख्ने सपना त देख्नुभयो, तर यस सपनालाई वास्तविकतामा परिणत गर्न असंख्य संघर्ष र चुनौतीहरूको सामना गर्नुपरेको छ । यद्यपि राजनीतिक स्थिरता र सामाजिक सुधारका लागि उहाँले उठाएका कदमहरू निश्चय नै ऐतिहासिक छन् ।
    अतः यो पुस्तक केवल एक व्यक्तिको कथा होइन, राष्ट्रको सपना र संघर्षको कथा हो । यो कथा साहस, समर्पण र समृद्धिको संघर्षको प्रतीक हो । आगामी पुस्तालाई संघर्ष र समर्पणका माध्यमबाट आफ्नो सपनालाई साकार गर्न यसले प्रोत्साहन मिल्ने विश्वास लिएको छु । नेपाली राजनीतिको केन्द्रमा रहनुभएका केपी शर्मा ओलीको बारेमा मानिसका विभिन्न भ्रमहरू पनि छन् । सत्यसँग नजुध्ने र तथ्यमा उभिने उहाँको स्वभावका कारण कतिले उहाँलाई फूल त कतिले काँडा पनि भन्छन् । उहाँलाई नजिकबाट नचिन्नेहरूले अनेक अफवाह पनि फैलाउँछन्, तर यो पुस्तक उहाँलाई नजिकबाट चिन्नेहरूको हो, जसले अरूलाई पनि उहाँको बारेमा बुझ्न मद्दत हुने विश्वास लिएको छु ।
    पुस्तकमा प्रधानमन्त्री ओलीका आर्थिक नीति, सरकारका उपलब्धि, सहकर्मी-शुभेच्छुकहरूको अनुभव समेटिएको छ । पुस्तकमा उहाँको प्रधानमन्त्रीत्वकाल मात्र नभई मन्त्री हुँदा सँगै काम गर्नुभएका मन्त्री र सचिवहरूको अनुभव र अनभूतिहरू पनि समेटिएका छन् । साथै समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उहाँप्रतिको दृष्टिकोण पनि पुस्तकमा समेटिएको छ । करिब नौ महिनाको मेहनतपछि मैले यो पुस्तक तयार गरेको हो ।
    एक जना व्यक्तिको जीवनका कति धेरै आयामहरू छन् भन्ने बुझ्न यो किताब सहयोगी बन्छ । उहाँका बारेमा थुप्रै लेखिन बाँकी नै छ, भविष्यमा लेखिनेछन् ।

    Advertisement

    (पत्रकार पाण्डे फागुन १९ गते लोकार्पण गरिएको कृति ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’का सम्पादक हुन् ।)

    शनिबार, चैत ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र
    जग्गासम्बन्धी सेवा घरमै
    संसद्का पाका सांसद अर्जुननरसिंह केसी
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      रोल्पा दुर्घटनामा तीनको मृत्यु

    • ३.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    • ४.
      नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ

    • ५.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • ६.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    भर्खरै

    • १.
      सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

    • २.
      पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

    • ३.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

    • ४.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

    • ५.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • ६.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ७.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ८.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation