• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

मल्लरानी डाँडाको पर्यटन प्रबर्द्धन गुरुयोजना


  •   बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
  • प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर ४ मा रहेको मल्लरानी डाँडा प्युठानको एक पर्यटकिय गन्तव्य हो। यो समुन्द्री सतह देखि १ हजार ६५५ मिटर अग्लो भागमा अबस्थित समथर भूभाग हो। वनजंगल हावापानी,रानी गुफा रानी पाइला लालिगुराँसको फुल भौगोलिक बनोट यहाँको मुख्य आकर्षण हुन । यहाँबाट जिल्ला सदरमुकाम खलंगा र बिजुवारको झिमरुकले बनाएका फाँटहरु, पूर्वमा घाम उदाएको पहिलो दृश्य देख्न सकिन्छ। साथै पश्चिमा रोल्पाको सिस्ने हिमाल, उत्तरमा बागलुङको सिमानामा रहेको धौलागिरी र माछापुच्छ्रे हिमाल हाँसेको देख्न सकिन्छ,भने दक्षिणीबाट स्वर्गद्वारी मन्दिरको दर्शन गर्न सकिन्छ र ट्रेकिङ रुटको पनि प्रशस्तै मजा लिन सकिन्छ।मल्लरानी डाँडा हजारौं डाँडामा एक पहिचान र बिशेश महत्त्व बोकेको डाँडा हो।यस हिसाबले पर्यटन प्रबर्द्धनका लागि प्रशस्तै सम्भावना बोकेको सुन्दर प्राकृतिक डाँडा आर्थिक बिकासको प्रमुख आधार हो।पर्यटन बिकासले बिदेशी मुद्रा आर्जन,आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक बिकास र समुन्नतिमा टेवा पुर्‍याउनुका साथै सदरमुकाममा चहलपहल ल्याउनेछ। प्युठानमा रहेका सम्पुर्ण मुर्त र अमुर्त क्षेत्रको संरक्षण र विकास गरि तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई समग्र मल्लरानी गाउँपालिका को आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म बिकास र बिस्तार गरि यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्‍याउन,पर्यटन क्षेत्रको विकास र प्रबर्द्धन गर्दै यसको आर्थिक उपयोग एवम् पर्यटनको मुख्य गन्तव्यको रुपमा विकास गर्न आवश्यक भएको छ।
    त्यसैले मल्लरानी डाँडा पर्यटन प्रबर्द्धनका लागि गर्नुपर्ने मुख्य कुराहरू बुदागत रुपमा पढ्नुहोस :

    Advertisement

    उदेश्य र संगठित
    उदेश्य के लिनु उडि छुनु चन्द्र एक,ब्यक्ति समाजले सपना देख्नुपर्छ उदेश्य लिनुपर्छ तर हाम्रो उदेश्य अल्पकालीन छिटफुट टुक्रे योजना हो या दीर्घकालीन योजना के हो प्रष्ट हुनुपर्छ दीर्घकालीन ठुलो योजना हाम्रो आजको आवश्यकता हो यसले नै हाम्रो भाग्य र भविष्य कोर्नेछ। कुनैपनि मेगा प्रोजेक्ट एक्लो प्रयासले सम्भव हुदैन र उदेश्य प्राप्तिका लागि पनि एक हुन जरुरी छ,जस्तै दाङले स्वर्गद्वारी जान आफ्नो ठाउबाट केबुलकार बनाउने तयारी गरिरहेको छ यदि केबुलकार दाङबाट बनेमा भौगोलिक सुगमताको कारणले गर्दा प्युठान भालुवाङ चकचके हुँदै स्वर्गद्वारी आउने पर्यटनमा आधाभन्दा धेरैले कमि हुनेछ त्यसले हाम्रो योजनालाई पक्कै पनि धक्का पुग्नेछ किन कि हाम्रो पर्यटनको प्रमुख स्रोत स्वर्गद्वारी आउने तीर्थयात्री हुन,हाम्रो सपना साकार पार्नको लागि त्यो रोक्न जरुरी छ र त्यो हाम्रो प्युठान को अधिकार र क्षेत्रको कुरा हो । यो पनि एउटा गुरुयोजना अन्तरगत नै पर्छ। यसका लागि सबैको सहयोग र साथ चाहिन्छ त्यसैले सकेसम्म सबै ब्यक्ति र दलहरूलाई समेट्ने कोशिश गर्नुपर्छ।त्यसैले व्यक्तिगत पार्टीगत स्वार्थभन्दा माथि उठि हामीले काम गर्नुपर्छ। हाम्रो स्वार्थका लागि योजनालाई मुर्तरुप दिनका लागि त्यस्ता व्यक्तिको पनि खोजी गर्नुपर्छ ताकि आगामी दिनमा राज्यको नजर जाओस् लगानी आओस् सरकारी योजनामा छनोट हुन सकोस् ।

    लगानी सम्मेलन
    वास्तवमा भन्ने हो भने आजका दिनमा रमझम रमाइलो खलंगा बजारलाई चाहिएको छ त्यसको रिहलसल गरि खलंगा महत्सब गर्न जरुरी छ ता कि त्यहाँका बजार ब्यबसाय,कला संस्कृति ले थोर बहुत केहि सिक्न मद्दत पुगोस् । मल्लरानी डाँडालाई वर्तमान अबस्थामा चाहिएको लगानी सम्मेलन हो किन कि हामीले डाँडा पर्यटकलाई भन्दा पहिला लगानी कर्तालाई देखाउनु आवश्यक छ र लगानीको लागि आह्वान गर्न जरुरी छ।यसको लागि स्थानीय लगानीकर्ता साथै लगानीका लागि हातमा पैसा लिएर भौतारिरहेका र लगानीको अबसर खोजीरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई भित्र्याउनु हाम्रो एकमात्र उदेश्य हुनेछ।

    लगानी र प्रतिफलको ग्यारेन्टी
    कुनै पनि ब्यक्तिले लगानीको प्रतिफलको ग्यारेन्टी नहुदासम्म लगानी गर्दैन र सरकारले दीर्घकालीन नहुदाुम्म त्यसैले लगानी कर्तालाई विश्वास दिलाएर लगानी भित्र्याउन सक्नु नै आजको प्रमुख चुनौती हो । यसका लागि गर्नुुपर्ने पहिलो कुरा हामीले लगानीकर्ता लाई विश्वस्त पार्नुपर्छ यो यो कारणले (मैले लेखेका तपाईले देखेका सबै कुराले)गर्दा तपाईंले लगानी गर्न उपयुक्त छ यदि क्षति भएको खण्डमा हामीले केहि हिस्सा व्यहोर्न तयार छौ।यसका लागि हामी कानुनमा हदैसम्मको लचिलो हुनसक्छै,अन्य पुर्वाधार जस्तै यातायात,पानी,बिजुली र सुरक्षा हाम्रो जिम्मा लिनुपर्छ र जग्गा भोकचलन स्वामित्व निजी कम्पनीलाई बुट प्रणाली अनुसार निश्चित समय तोकेर या भाडामा वा केहि बर्ष सित्तैमा लगानीकर्ताको रोजाइमा दिनसकिन्छ भन्नुपर्छ।यसकालागि हामीले दीर्घकालीन सोच राखी पुरै खालि जग्गा हस्तान्तरण गर्नुपर्छ ताकि उसले आफ्नो अनुकुलतामा कलात्मक रुपमा ढाल्न सकोस् ।

    भौतिक पुर्वाधार
    नाङ्गो डाँडामा पर्यटन प्रबर्द्धनको मुख मेरुदण्ड भनेको भौतिक पुर्वाधार नै हो भौतिक पुर्वाधार विनाको ठाउँमा आउने पर्यटक क्षणिक अल्पकालीन अव्यवस्थित हुन्छ,आउछन् जान्छन् र कसैलाई थाहा पनि हुदैन हामीलाई त्यस्तो फिरन्ते पर्यटक होइन दिगो खर्चालु दिन हप्ते महिनौंसम्म बस्ने पर्यटकको आजको आवश्यकता हो यसकालागि लगानी कर्ताले गर्नुपर्ने कुरा होटल बगैंचा सुइमिङपुल खेलमैदान आदि संरचना निर्माण गर्दा हामी कुनैपनि उत्कृष्ट भौतिक पुर्वाधार मोडेलमा जान सक्छौ। दोस्रो कुरा पर्यटकलाई टिकाइराख्नका लागि मल्लरानी खलंगा ट्रेकिङ रुट साथै अन्य पहिचान गरि ट्रेकिङ रुटहरुको निर्माण आवश्यक छ,९०% पर्यटन ट्रेकिङका लागि नेपाल आउने गर्छन् ।त्यसैले खलंगा मल्लरानी केबुलकारको आवश्यकता म देख्दैन।स्वच्छ सान्त वातावरण र दृश्य अवलोकनका लागि उपयुक्त संरचना निर्माण,हिल पार्क आदिको आवस्यक छ।प्याराग्लाईडिगं संचालनका लागि आवश्यक सामाग्री देखि सबै प्याकेजमा आवश्यकता छ।चकचके देखि खलंगा सम्मको रुट जति सक्दो छोटो बजाउन जरुरी छ पर्यटन प्रबर्द्धनमा छोटो दूरीको समयको महत्त्व छ,।

    प्रचारप्रसार
    यति सबै गरिसकेपछि सबैभन्दा महत्त्वपूर्ण काम भनेको प्रचारप्रसार हो ,कुनैपनि पर्यटकको ध्यान खिचेर डाँडासम्म ल्याइ पुर्‍याउनु चानचुने काम होइन त्यसैले पर्यटन प्रबर्द्धनमा हामीले लगानीकर्ताले ध्यान दिन जरुरी छ।आजको जमानामा इन्टरनेटमा सबैको पहुँच छ त्यसको हामीले भरपुर उपयोग गर्नुपर्छ र खर्च पनि गर्नुपर्छ नत्र हाम्रो योजना असफल हुन सक्छ।प्रचारप्रसार नै त हो पोखरा हिडेका यात्री बन्दीपुर मोडीयका ,सुचनाको असर र तागतले जस्लाई जहा पनि पुर्‍याउन सक्छ,अनि हाम्रो प्रचारप्रसारले कसो नमोडियलान स्वर्गद्वारीबाट फर्केका आन्तरिक र बिदेशी पर्यटक हाम्रो मल्लरानी तिर।

    पर्यटकको स्रोत
    पर्यटकको पहिलो स्रोत स्वर्गद्वारी आउने आन्तरिक र विदेशी दुबै हुनेछन् बिशेश गरि आन्तरिक पर्यटकमा दाङ रोल्पा बुटवल नेपालगन्जका हुनेछन् र ती आजको ब्यस्त जिन्दगीमा केही दिन हप्ता आरामको खोजीमा आनन्दको खोजीमा १६५५ मिटर उचाइमा लाली गुराँसले भरिपूर्ण भएको मनमोक दृश्य अवलोकन तथा ट्रेकिङको मज्जा लिनेछन् मात्र प्रचारप्रसारको कमि हुनुभएन। हाम्रो लागि दाङ प्रदेश राजधानी हुनु लाभदायक हुनेछ,र दाङबाट र नेपालगन्जबाट आउने आन्तरिक पर्यटकको लागि तिरामको बाटोलाई स्तरीय बनाई संचालनमा ल्याउनुपर्छ । आउने दोस्रो पर्यटकको स्रोत छिमेकी देश भारतीय हुनेछन्। र ती बिशेश गरि चर्चित स्वर्गद्वारी मन्दिर दर्शन गर्न आएका पर्यटक हुनेछन् ,दर्शन गर्न भारतीय पर्यटक बर्षमा लाखौं आउने तथ्यांक रहेछ ।ती लाखौमा सबै गरिब र एउटैमात्र ट्रान्जीट बनाएर त लामो यात्रा पक्कै गरेका हुदैनन्।तिनै लाखौमा १/२% यात्री मात्र तान्न सकियो भनेपनि बर्षमा बीसौं हजार हुने रैछ बर्षमा बीस हजार भनेको महिनामा १७/१८ सय हुनु हो।हामीले महिनाभरी भारतीय पर्यटक मात्र खलंगा र मल्लरानी डाँडामा आवातजावत गरायौं भनेपनि हाम्रो पर्यटन व्यवसायले धेरै फड्को मार्ने छ,अझ त्यसमा आन्तरिक पर्यटकको हिसाबकिताब बाँकी नै छ।

    अनि खलंगाको जनताले के बेच्ने थाहा छ ?
    झुमरुक खोलाको शिला ढुङ्गा खोजेर बेच्ने

    यो प्युठान जन्मिएर हाल काठमाडौमा बस्दै आउनुभएका नवीन कक्षपतीको नीजी बिचार हो ।

    बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...