• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

बालबालिकाको सडकमै बास, भविष्य अन्धकार


  •   बिहिबार, जेठ २३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । गुजु्रक कपाल ,निन्याउरो अनुहार , खाली शरीर , शरीरमा सेतै दाद ,खाली खुट्टा संगै बजारलाई चौफेरो गर्ने उसको दैनिकी । दिन यसरी नै बित्छ । राति खुला आकाशलाई घर र भुइँलाई ओछ्यान सम्झेर निदाउने प्रयत्न गर्छ । उनीहरुको घर नै सडक हो, साँघुरो गल्ली हो । यस्तै अवस्थामा सडक–सडकमा भौतारीरहेको भेटिन्छन् बालकहरु । जसलाई हामी सडक बालक भन्छौं । तर समाजले उनीहरुलाई ‘खाते’ नामले चिन्छ ।कहाँ सुत्ने, के खाने कुनै टुंगो हुँदैन । गाँस, बास कपास सबैको नैसर्गिक अधिकार हो, तर उनीहरु अधिकारबाट वञ्चित छन् ।  विद्यालय जाने उमेरमा समूह–समूह बनाएर सडकमै प्लास्टिक, कागज सगाँल्दै बिताउँछन् उनीहरु । न त भविष्यको बारेमा उनीहरुलाई थाहा छ, न त वर्तमानको नै । बालबालिकाका लागि बनेका संघ संस्थाहरु पनि छन् । तर, त्यसका बारेमा उति चासो दिएको पाइँदैन ।

    Advertisement

    प्युठानमा सडक बालबालिका

    सडकमा बालबालिकाहरु आउनुको एकमात्र कारण परिवार रहेको सरोकारवाला बताउछन् ।प्युठान जिल्ला नौबहिनी गाउँपालिका फोप्लिमा जन्मिएका १२ वर्षीय हिमाल परियार करिब ५ बर्ष देखि सडकमा आएको बताएका छन ।
    परियारका अनुसार आमाले दोस्रो विवाह गरेको कारण बुबाको लापत्ता भए पछि ३ बर्षको उमेर देखि सडकमा आएको हुन् ।सुरुमा फोप्लिबाट बाहाने बजारमा आएर होटलमा काम गरि बसेको र सो ठाउँबाट सडक बालबालिकाहरुको सङ्गतमा आए पश्चात सडकमा बस्दै आएका छ्न। बिहान उठ्ने बित्तिकै डुल्ने , बजार क्षेत्रमा माग्ने बेलुका भएपछि गल्लीभित्र बस्ने उनको दैनिकी हो ।परियार कि आमाले आफुलाई एक बर्षको उमेरमै छाडेर दोस्रो बिबाह गरेर गए पछि उनी सडकमा आउन बाध्य भएको बताएका छन् । आँखा भरि आँसु बगाउँदै -“उनी भन्छ्न घर छ तर भत्किएको छ भएका सामान हराएका छ्न ,घर जाने मन लागेर के गर्ने।”हाल उनी बिजुवार, जुम्री क्षेत्रमा मागेर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । त्यस्तै कयौं बालबालिकाहरु छन् जुन पारिवारिक साथै विभिन्न बाध्यताको कारण सडकमा आउन बाध्य भएका हुन्छन् ।

    बाललबालिका सडकमा किन आउँछन् ?

    सडकमा आउने बालबालिकाहरु प्रायः अन्तरजिल्लाका रहेका छन् । त्यसमा पनि बालबालिका सडकमा आउने कारण केही अभिभावकविहीन, बुबा आमाको दोस्रो विवाह, साथी सङ्गत, विपन्नताका कारण र पारिवारिक सम्बन्धमा नराम्रो भएको बाध्यताले गर्दा बालबालिकाहरु सडकमा आउने गर्छन् ।पारिवारिक हिंसा तथा झैझगडाले पनि बालबालिकाहरुमा नराम्रो असर पर्ने हुनाले बालबालिकाहरु घर छोडेर हिँड्ने गरेको भेटिन्छ । दिनप्रतिदिन बुबाआमामा बढ्दै गएको सम्बन्ध बिच्छेद पनि बालबालिकाहरु सडकमा आउने प्रमुख कारण बनेको प्युठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपति बताउँछन् । नगरपालिका स्वयंले हालै व्यवस्थित तरिकाले उनीहरुका लागि व्यवस्थापनका लागि पालिकाको केन्द्रबिन्दुमा ड्रपिङ सेन्टर तयार गरि उनिहर्लाई ब्यबस्थापन गरिने रणनीति तयार गरेका छौ । श्रेष्ठले भने जिल्लामा सडकमा फाट्टफुट्ट बालबालिका रहेको बुझिएको छ ,अनुगमन गरिने र तथ्यांक संकलन गर्नुका साथै अन्य विविध कार्यक्रम मार्फत उनीहरुको क्षमतावृद्धि गराउने योजना पनि तयार पारिएको छ । जब परिवारभित्र माया, ममता, स्नेह हराउँदै जान्छ तब यस्ता किसिमका घट्ना दिन प्रतिदिन हाम्रो समाजमा बढ्दै जान्छ।जिलामा बालबालिकाको क्षेत्रमा काम गर्ने सस्था कालिका बिकास केन्द्र प्युठान र सेभ द चिल्ड्रेनले पनि हाल सम्म कुनै तथ्यांक नभएको बताउँछन। कार्यक्रम संयोजक सरोज श्रेष्ठले भने’बालबालिकालाई श्रममा लगाउनुहुदैन भन्ने अभियान हाम्रो हो यस्तो पाइएमा बाल संरक्षण समितिमा जानकारी दिन्छौं ,यस्ता बालबालिकालाई श्रममुक्त गराउने मुख्य कुरा हो ,तथ्यांक संकलन गर्नुपर्ने हो तर गरिएको छैन श्रेष्ठले भने यस्तो समस्या जिल्लामा जटिल रुपमा आएको छैन।

    सडक बालबालिकाहरुमा देखिने समस्या

    कुनै पनि प्राणीलाई बाँच्नका लागि चाहिने तत्व भनेकै गाँस, बास र कपास हो । तर सडकमा बस्ने बालबालिकाहरु यी सबै कुराबाट टाढा हुन्छन् । त्यसैले भोक, प्यास मेटाउन उनीहरु पुकार साथै लागुऔषध जस्ता अन्य भोक नलाग्ने कुराको कुलतमा फस्छन् । त्यसकारण उनीहरुको स्वास्थ्य राम्रो हुँदैन सडक बालबालिकाहरुमा पेट दुख्ने, चक्कर लाग्ने, टाउँको दुख्ने, समस्या बढी नै मात्रामा देखिएको हुन्छ । उनीहरुले खाने खानामा समस्या हुनाले समस्याबाट गुज्रिरहेका हुन्छन् । उनीहरु न त जाडोमा न्यानो भएर बस्न पाउँछन्, न त पानी पर्ने समयमा ओतमा नै बस्न पाउँछन् ।त्यसैले सडक बालबालिकाहरु विभिन्न स्वास्थ्य समस्यामा पर्नुका साथै जटिल जीवन गुजार्दै बसेका छन् ।

    बिहिबार, जेठ २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...