• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

लोकप्रिय समाचार

  • १. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • २. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ३. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ४. गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

  • ५. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

  • ६. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • ७. लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

  • ८. कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

  • ९. जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

  • १०. गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

गुल्मीमा लखन थापा फुटवल रंगशला निर्माण सुरु


  •   सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीको बुल्ममा फुटवल रंगशलाको निर्माण सुरु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ को बुल्म राङदाल चौरमा नेपालका प्रथम सहिद लखन थापाको नामबाट लखन थापा फुटवल रगंशाला बन्न सुरु भएको हो ।गुल्मी सदरमुकाम तम्घासबाट करिव २० किलोमिटर दुरिमा पर्ने रंगशाला क्षेत्र नम्बर २ मा पर्दछ । गत वर्ष सामान्य रुपमा काम भएता पनि यसवर्षबाट भने रंगशाला निर्माणको लागि तिब्र गतिमा काम भइरहेको छ । फुटवल रंगशाला निर्माणका लागि अभियान निर्माण सेवा कालिकोटले जेठ १ गतेबाट काम सुरु भएको छ । अघिल्लो आर्थिक वर्ष समिति मार्फत १८ लाखमा सामान्य काम भएको थियो । तर यसवर्ष राष्ट्रियखेलकुद परिषदबाट बहुवर्षिय ठेक्का मार्फत साढे ६ करोडमा रुपैयाँमा काम सुरु भएको इस्मा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हिरा जिसीले बताउनु भयो । यस भेगमै खाली ठूलो चौर र नजिकै जनजाति, पिछाडीएको कुमाल समुदायको बस्ती रहेकाले यस क्षेत्रको बिकास गरे स्थानियको पनि बिकास हुने अनुरुप अन्तराष्ट्रिय स्तरको फुटवल रंगशला माग राखिए अनुसार काम सुरु भएको वडाअध्यक्ष जिसीले बताउनु भयो ।रंगशला निर्माणको क्रममा तत्कालै बस्तीहरु हटाउन नपरेतापनि त्यहा रहेको एउटा प्राबि स्तरको बिद्यालय भने हटाउनु पर्ने देखिएको वडाअध्यक्ष जिसीले बताउनु भयो । नजिकमा रहेका बस्तीलाई व्यवस्थीत गरि यस भेगकै परिचित लिपपोत गर्न प्रयोग गरिने रातोमाटोलाई पनि संरक्षण गरेर अगाडी वढिने जिसीले बताउनु भयो । त्यस चैरको रातोमाटो घर लिपपोत गर्न जिल्लाको लागि परिचित रहेको छ ।गाउँपालिकाले बजेटको व्यवस्था नगरेपनि निर्माणलाई छिटो सम्पन्न गर्न र कामलाई सहज बनाउनको लागि सहयोग गर्दै आएको गाउँपालिका उपाअध्यक्ष बिमला खत्रीले बताउनु भयो । गाउँपालिकाबाट सामान्य सानो बजेट हुनेभएकाले केन्द्रिय योजना मार्फत काम सम्पन्न हुनेहुँदा गाउँपालिकाले कामलाई सहज बनाउने अनुगमन गर्ने जस्ता काम गर्ने बताउनु भयो । जिल्लामा राष्ट्रिय अन्तराष्ट्रिय स्तरका ठूला आयोजना मार्फत बन्न लागेका निर्मणका कामले स्थानियमा उत्साह गजाएको उपाध्यक्ष खत्रीले बताइन । उहाँले गुल्मीमा अन्तराष्ट्रिय स्तरको फुटलवल रंगशाल बन्नु जिल्ला वासीको निम्तिको खुसीको कुरा रहेको बताउनु भयो । फुटवल रगंशालानिर्माण हुन थालेपनि नजिकै नयाँ बस्ती पनि थपिदै जान थालेका छन् । रंगशाला निर्माणको काम सुरु भएपछि स्थानिय हर्षित भएका छन् । ठूलो चौर खाली रहेको र यसको सदुपयोग हुने गरि रंगशाला बन्ने भएपनि स्थानियलाई पनि फाइदा हुने स्थानिय हुमकला दर्जिले बताउनु भयो ।उहाँले गुल्मी जिल्लाकै एक नम्बर ठाउँ भएकाले सबै जनाको नजरपनि गएको र यहाँका सबैले यस ठाउँको सदुपयोगको माग राखेर केहि हुनुपर्छ भन्ने गुनासो थियो, ‘दर्जिले भन्नूभयो यहाँका सबैजना खुसि छन् छिटो सम्पन्न होस् ।’ रंगशाला निर्माण देखि नै स्थानियले रोजगार पनि पाएका छन् दर्जिले भन्नुभयो, ‘निर्माण कार्यभएपछि पनि यसठाउँमा बस्ती बिकास र समाजमा पनि परिर्वतन आउनेछ ।’ फुटवल रंगशाला बनेपछि गाउँठाउको बिकास र यसठाउँ पनि राम्रो हुने स्थानिय कृष्ण कुँवरले बताउनु भयो । उहाँले छिटो भन्दा छिटो काम सुरु गरेर ठूला खेलहरु पनि आयोजना हुनुपर्नेमा स्थानियले जोड दिनु भयो । स्थनियले रंगशालासँगै नजिकै ठूलो स्कुल र मेडिकल पनिसँगै हुनुपर्नेमा जोड दिएका छन् । फुटवल रंगशाला बन्नु खुसिको कुरा रहेको बताएका छन् । रंगशला निर्माण स्थल नजिकै ठूलो सख्यामा कुमाल समुदायको बस्ती रहेको छ । कुमाल समुदायले पराचिन कालदेखि माटाका भाडा बनाउदै पनि आएका छन् । निर्माण कम्पनी रंगशाला निर्माणका लागि जमिनको माटो काटेर जिरो लेबलमा पिलिङ्ग गरेर साइडमा वाल निर्माण को काम गर्ने अभियान निर्माण सेवाका प्राबिधिक पृथ्वी शाहीले बताउनु भयो ।निर्माण कम्पनीले कार्तिक मसान्तसम्म पहिलो चरणको काम सम्पन्न गर्ने शाहीले बताउनु भयो । फुटवल रंगशलाको १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडाई रहेको छ । फुटवल रंगशालामा ७ हजार मानिस अटने क्षमता रहेको छ । रंगशालाको कुल ७५ करोडमा सम्पूर्ण काम पुरा हुने अनुमान गरिएको छ । रगंशाला निर्माण स्थल श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्वाचन क्षेत्र हो ।

    Advertisement

    सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता
    डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई
    स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु
    जनसेवा गणतान्त्रिक युवा क्लबको १८ औं वार्षिकोत्सव सुरु
    १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र

    लोकप्रिय

    • १.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • २.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    • ३.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ४.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि

    • ५.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई

    • ६.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    भर्खरै

    • १.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • २.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ३.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ४.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ५.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ६.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    • ७.
      जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

    • ८.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...