• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ३. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ४. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ५. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ६. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ७. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • १०. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

के गाउँहरु ‘स्मार्ट’ बन्न सक्दैनन् ?


  •   शनिबार, जेठ १८, २०७६ मा प्रकाशित
  • घनश्याम अस्तित्व । चुनावहरु आउँछन् । सहरका नामहरु निकै जपिन्छन् । पछिल्लो पटक सम्पन्न प्रतिनिधी, प्रदेस शभा र स्थानीय तहका चुनावहरुमा पनि सहरहरु खुब जपिए । सबै सहरहरुले आफ्नो नाम अगाडी धेरै बिशेषणहरु थप्न पाए । सुन्दरता थप्न प्रयोग गरिने जानेभरका विशेषणहरु बोले नेताहरु । जस्तो कि स्मार्ट, नमूना, हरित, नम्बर वन, बिश्वकै सुन्दर या वा उस्तै यस्तै यस्तै । चुनाव खेल हो भने यस्तो खेल हो जहाँ सबै भन्दा बढि फँट्याइ गर्नेको विजय हुन्छ । चुनाव यस्तो पनि हो कि सबै भन्दा धेरै झुट बोल्नेको जित हुन्छ । सबै भन्दा बढि प्रोपागाण्डा जसले रच्न सक्छ उसले जित्छ चुनाव । यस्तो हो कि होइन फरक कुरा तर नेपाली राजनीतिको अभ्यासले हामीलाई यही पाठ पढाएको छ । यही कुरा सिकाएको छ ।
    संबिधान घोषणा पश्चात सम्पन्न नेपालका चुनावहरुमा झुट बोल्न सबै भन्दा बढि प्रयोग गरिएको पदावली ‘स्मार्ट सिटी’ हुनुपर्छ । हो पनि । तर सहरहरुको क्रुर यात्राको शृङ्खला निरन्तर छ । न त देखिन्छ पूर्ण बिराम न त देखिन्छ अल्प बिराम । पहिले हरेक संरचना सिध्याउने पछि निर्माणलाई चुनावको एजेण्डा बनाउने । यो श्रृङ्खला कहिले सम्म निरन्तर रहिरहला ? यो देशमा देशलाई गाउँहरुले बोकिरहेका छन् । गाउँहरुको अभावको ऐनामा सहरको सम्पन्नता मुश्कुराउँछ । गाउँहरुले हरियो रङको खेति गरिरहेका छन् र, सहरका आँखाहरु उज्याला देखिन्छन् । अँँध्यारोमा पनि मुश्कुराएको देखिन्छ सहर । गाउँहरुले पसिनाको नदी बगाइदिन्छन् र, सहरहरु चम्किन्छन् । गाउँहरुले चारो जम्मा गरेर सहरहरुमा पठाउँछन् र, सहरहरु बाँचेका छन् ।
    गाउँमा दुःख छ, सबैको मनमा यही छ । गाउँमा अभाव छ, सबैले जानेका छन् । जानेका छैनन्, गाउँमा जीवन पनि छ । हरेक झुटहरुको खेती हुने चुनावहरुमा गाउँहरुरले जाबो एउटा झुट पनि सुन्न पाएनन् । कोही नेताहरु बोलनन्, अब यो गाउँलाई ‘स्मार्ट भिलेज’ बनाउनुपर्छ, अब त्यो गाउँलाई ‘स्मार्ट भिलेज’ बनाउनुपर्छ । के गाउँहरु ‘स्मार्ट’ बन्न सक्दैनन् ? यति झुट पनि सुन्न पाएनन् गाउँहरुले । जाबो झुट सुन्न नपाउने गाउँहरुले आफ्नो अनुहार कहिले बदल्न पाउलान् ?
    गाउँहरुले यस्तो झुट सुन्न नपाउनु पछाडिको रहस्य अर्कै छ । आफैमा सुन्दर तर सुन्दरता गुमाउने जोखिममा रहेका गाउँहरु पहिले मरुभूमी हुन जरुरी देख्छन् उनीहरु । सुन्दरता बचाउने या बढाउने कोही कसैको चाँसोको विषय रहेन । गाउँहरुबाट हरियो सिध्याउनमा तल्लिन छन् उनीहरु ।
    गाउँमा आजकाल सबै भन्दा बढी सडकहरु दौडिरहेछन् । सबै भन्दा बढी केही उड्छ त त्यो हुन्छ धुलो । सबै भन्दा बढी केही हिँड्छन् त ती कि ढुंगाहरु हुन्छन् कि इट्टाहरु । सबै भन्दा बढी केही खेल्छन् त यहाँ जुवा र तासहरु खेल्छन् । सबै भन्दा बढि गरिवी खाएको छ त मदिराले खाएको छ । सबै भन्दा बढि कोही रोएका छन् त रोएका छन् बुढा बाआमाका आँखाहरुले । सबै भन्दा बढि केही सुनेका छन् त कानहरुले आश्वासन सुनेका छन् । अहो ! कोही कसैको ओंठ मुश्कुराउछ त कि त्यो नेताको हुन्छ, कि ठेकदारको हुन्छ गाउँमा ।
    गाउँ दुःखी हुनुमा दोस आफ्नै छ । नेता उही एउटा र ठेकदार उही छ । कर्मचारी उही छ र भ्रष्टचारी उही छ । बोक्सी उही छ र धामी उही छ । यहाँ हरेक चलाख मान्छे दुइटा भूमिका बाँच्छ । दुईटा दिमाग बाँच्छ । दुईटा सोंच बाच्छ । दुईटा जीवन बाँच्छ । रातमा उसको जीवन फरक हुन्छ, दिनमा उसको जीवन फरक हुन्छ । मुख एउटा बाँच्छ, मन अर्को बाँच्छ । बोल्ने गर्दैन, गर्ने बोल्दैन ।
    गाउँमा बिद्धानहरु नभएका होइनन् । बिद्धानहरु आधा सहरको छन् र आधा गाउँको छन् । गाउँमा शिक्षकहरु नभएका होइनन् । आधा स्कूलको र आधा भट्टिको छन् । गाउँमा स्कूलहरु नभएका होइनन् । स्कूलहरु आधा मसानघाट लाग्छन् र आधा मात्रै स्कूल लाग्छन् । गाउँमा नेताहरु नभएका होइनन् । आधा मात्रै नेता छन् र आधा सर्प जस्ता छन् । गाउँमा स्वास्थ्य चौकीहरु नभएका होइनन् । धेरै झर्को, रिस बाँड्छन् थोरै औषधी । गाउँमा कार्यालयहरु नभएका होइनन्, धेरै भट्टि र थोरै सेवाथलो बनेका छन् । गाउँमा कर्मचारीहरु नभएका होइनन् । कर्मचारीहरु धेरै दामसंग र थोरै कामसंग खेल्छन् । गाउँमा छैन त के पो छैन र ! यहाँ सडकहरु बनिरहेका छन् । विकास भन्नु सडक विस्तार नै हो भन्ने बुझिएको छ । गाउँका पहाडहरु हेर्नुस्, कोपरिएका छन्, चिथोरिएका छन् । हरियो हुनुपर्ने पहाडबाट हरियो सकियो भने रहने केही रहन्न । सडकहरु मान्छेको विपत्ति, व्यस्तता र आँशु लुट्न थापिएका पसलहरु जस्ता बनेका छन् । पसल थाप्ने गाडी मालिकहरु यहीँयतै रोडको संगतबाट करोडको संगत गर्न थाल्छन् । गाउँ त यस्तैमा सकिएको छ । विद्यालयको फि, स्वास्थ्यचौकीको औषधी, या

    Advertisement

    शनिबार, जेठ १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
    गणतन्त्रले दिलाएको उपलब्धि भुलेर गाली?
    शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्
    शिक्षकलाई स्कुल पठाउने कि सडकमा धकेल्ने?

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ३.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ४.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ५.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ६.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    भर्खरै

    • १.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • २.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ३.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ४.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ५.
      सडकको बीचमै बिजुलीको पोल

    • ६.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ७.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ८.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...