• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने


  •   शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
  • गुल्मी । लुम्बिनी प्रदेश सरकारले पछिल्ला वर्षहरूमा सामाजिक, पर्यावरणीय र स्वास्थ्यका हिसाबले चुनौती बन्न थालेका छोडिएका गाई तथा अन्य आवारा पशुहरूको दीर्घकालीन व्यवस्थापन गर्न कानुनी प्रक्रिया अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्रदेशव्यापी अनुगमन र अध्ययन थालेको छ।
    यसै सन्दर्भमा लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छोडिएका पशुहरूको व्यवस्थापनका लागि नीतिगत तथा कानुनी खाका तयार गर्न विशेष टोली गठन गरेको छ । टोलीको नेतृत्व कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गरिरहेका छन् ।
    मन्त्री पन्थीको नेतृत्वमा लुम्बिनी प्रदेशका बरिष्ठ पशु चिकित्सक लोकराज भुसाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डे, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाल सहितको टोली रेसुङ्गा गौशाला पुगेका थिए ।
    उच्चस्तरीय टोलीले हालै गुल्मी जिल्लाको रेसुङ्गा गौशालाको अवलोकन तथा स्थलगत अनुगमन गरेको छ । मन्त्री पन्थीले गौशालाको अवस्था निरीक्षण गर्दै स्थानीय सरोकारवालासँग छलफल समेत गरेका थिए ।
    उनले गौशालाको भौतिक अवस्था, जनशक्ति, पशुहरूको स्वास्थ्य, आहार तथा व्यवस्थापन सम्बन्धी विषयमा जानकारी लिएका थिए । स्थानीय सरकारसँग सहकार्य गरेर दीर्घकालीन समाधान खोजिने जानकारी समेत दिए । रेसुङ्गामा २०४२ साल देखि व्यवस्थित रुपमा रेसुङ्गा गौशाला चौतारामा स्थानीय जातका गाईहरु संरक्षण गरिदैं आएको छ । अहिले १५० भन्दा बढी स्थानीय जातका गाईहरु संरक्षित रहेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।
    गाईको दूध, गहुँत, गोबर समेत हिन्दु परम्परा अनुसार पवित्र मानेर पुज्ने गरिन्छ । गाईको सेवा तथा गाईदान गर्नाले मृत्युपछि वैतरणी तरिन्छ भन्ने धार्मिक शास्त्रहरुमा उल्लेख रहेको छ ।
    गाईहरुको संरक्षणका लागि रेसुंगा संरक्षण समितिले विगत पाँच वर्ष देखि मुष्ठिदान अभियान समेत सञ्चालन गर्दै आएको छ । रेसुङ्गामा स्थानियले पितृहरुको मनोकांक्ष पुरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ ।
    गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ । बनमा चर्ने गाईको गहुतबाट विभिन्न रोगहरुको निम्ति औषधी हुने मान्यता रहि आएको छ । प्राय सबै ठाउँमा स्थानिय जातका गाईहरु पाल्न छोडेकाले लोप हुने अबस्था गाइलाई बचाउनको लागि पनि गौशालामा गाईहरु पालिदैँ आएको छ । गुल्मी जिल्लामा व्यवस्थित र ठूलो संख्यामा गाई रहेको रेसुङ्गा गौशाला रहेको छ ।
    तर जिल्लाका इस्मा, रुद्रावेणी, मदाने, रुरु लगायतका स्थानमा पनि थोरै मात्रामा गाई पालिदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताए । रेसुङ्गामा स्थानीय जातका मात्रै गाई रहेका छन् ।
    कार्यालयले ती स्थानमा पुगेर गाईलाई विभिन्न प्रकारकार खोप सेवाहरु प्रदान गर्ने गरेको बताए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार टोलीले लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ वटा स्थानीय तहमा पुगेर त्यहाँ रहेका गौशालाहरूको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्न लागेको छ । टोलीले अनुगमनका क्रममा विभिन्न गौशालामा देखिएको जनशक्ति अभाव, आर्थिक स्रोतको सीमितता, औषधोपचार तथा पशु आहारको असहजता जस्ता समस्या पनि पहिचान गर्ने भएको छ । गाई नेपालका लागि धार्मिक, सांस्कृतिक र कृषि प्रणालीसँग जोडिएको महत्वपूर्ण जनावर हो ।
    तर यिनको संरक्षण र व्यवस्थापनमा हालसम्म पर्याप्त ध्यान नदिएकाले समस्या गहिरिँदै गएको छ । अब यसलाई संस्थागत रूपमा समाधान गर्न कानुन बनाएर अगाडी बढाईने भएको छ ।
    टोलीले प्रदेशभरका गौशालाबाट संकलित तथ्याङ्क, समस्या र सिफारिसहरू संकलन गरी विस्तृत प्रतिवेदन तयार गर्नेछ । उक्त प्रतिवेदनको आधारमा लुम्बिनी प्रदेश सरकारले गौशाला व्यवस्थापन, गाई संरक्षण तथा दीर्घकालीन व्यवस्थापनका लागि कानुन निर्माण गर्ने तयारी गरेको छ ।
    यस अभियानलाई दीर्घकालीन र दिगो बनाउँदै लैजान स्थानीय तह, संघीय सरकार, नागरिक समाज, धार्मिक संस्था र निजी क्षेत्रको साझेदारी पनि सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशमा करिब ५० वटा भन्दा बढी गौशाला रहेको अनुमान मन्त्रालयले गरेको छ ।
    तराईका जिल्लामा छोडिएका गाई वस्तुले खेती खानुका साथै दुर्घटनाको प्रमुख कारक तत्वका रुपमा समेत रहेको छ । त्यसैले पनि प्रदेश सरकारले गाईको व्यवस्थापनमा चासो देखाएको हो ।

    Advertisement

    शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation