• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

जाउँ है घुम्नलाई दाङको रिहार धाममा


  •   बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
  • दाङ : देउखुरी रिहार धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । खास गरि रिहार धाम यादव र थारु जाती दुबैको धरोहर हो ।सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय गन्तव्यमध्ये एक हो, दाङको लमही नगरपालिका–९ मा पर्ने रिहार धाममा बगारबाबासहित रिहार क्षेत्र। बगार बाबा धार्मिक क्षेत्र रिहार नामले चर्चित छ। दाङको लमहीदेखि करिब २० किलोमिटर पश्चिम पर्ने यो ठाउँ प्राकृतिक हिसाबले निकै मनमोहक लाग्छ।यहाँ भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिर जस्ता तीर्थाटन पर्यटकहरुको लागि धार्मिक संरचना रहेका छन । घना जंगलमा पाइने जैविक विविधता, गोही संरक्षण, सिमसार क्षेत्रमा लागि तलाउ निर्माण, धार्मिक ऐतिहासिकताले रिहार देशकै महत्त्वपूर्ण धार्मिक क्षेत्र हो। वरपर जंगल भएकाले पनि मनोरम हावापानी र सुन्दर दृश्यहरूमा पर्यटकको मन सहजै लोभिन्छ। दक्षिणतर्फ शान्त भएर बग्ने राप्तीले रिहारलाई अझ मनमोहक बनाएको छ। डुंगामा सयर गर्न चाहनेदेखि राप्तीपारिको राजपुरका डुंगा चढ्न बाध्य स्थानीयको चहलपहल सधैँजसो हुन्छ।रिहार क्षेत्रसँगै जोडिएर विकास हुन थालेको रिहार बजारले समेत पर्यटकहरुलाई खान र बस्न सहज बनाइ दिएको छ। ६० प्रतिशत भारतीय दर्शनार्थी आउने गरेको रिहारमा थारु र पहाडी समुदाय भन्दा मधेशी समुदायको बढी सहभागिता हुन्छ। ऐतिहासिक धार्मिक सम्पदाको साथै पर्यटनका लागि उपयुक्त गन्तव्यको रूपमा विकास हुँदै गरेको रिहारमा माघीमा एक हप्ता दर्शनार्थीको घुइँचो हुन्छ। विशेष गरी पुस मसान्तको रातभर र माघे संक्रान्तिको दिनभर ठूलो मेला लाग्ने रिहारमा दाङका सम्पूर्णक्षेत्रको साथै छिमेकी जिल्ला र भारतबाट भक्तजन आउँछन्। बगार बाबा धार्मिक स्थल उत्पत्तिको सन्दर्भ भने द्वापरयुगसँग जोडिएको पाइन्छ। पाँच हजार वर्ष पहिले देखि विकासको सुरुवात भएको मानिने ‘रिहार’ को नामाकरण ऋषिहरूले विहार गर्ने क्षेत्रको नामबाट रिहार रहन गएको भनाइ छ। अवधीभाषी यादव समुदायको आस्थाको केन्द्र मानिने त्यो क्षेत्रको वरपर पाइने नुनिलो पदार्थलाई ‘रेरा’ भनिन्छ। त्यहि रेरा शब्दबाट रिहार रहेको मान्यता छ। यो क्षेत्रको पानी नै नुनिलो छ। जाडो दिन भन्दा गर्मी दिनमा धेरै नुनिलो हुने भएकाले पहिले पहिले दाङबाट समेत गाईवस्तुलाई नुनिलो पानी खुवाउन लैजाने प्रचलन थियो।पौराणिक नाम बाँगड बेलहरीबाट बगार बन्न पुगेको भनिन्छ। नजिकै खोला रहेको धार्मिक स्थल सिमसार क्षेत्रमा छ। त्यहाको भुइँभरि नुनिलो पदार्थ सेतै भएर जमेको देखिन्छ। यहाँको अर्को आकर्षण हो, तप्तकुण्ड। सत्ययुगमा भगवान शिवले बद्रिनारायणबाट पठाएको तप्तकुण्डको पानी सँधै तातो हुन्छ। तप्तकुण्डमा स्नान गरे छालाको रोगबाट मुक्ति पाइने विश्वास अझै भक्तजनमा छ। त्यो कुण्डमा ५० वर्षअघि दाल, चामल र नुन राखी एउटा टालोमा बाँधेर राखिदिए खिचडी पाक्थ्यो भन्ने विश्वास गरिन्छ।बगार बाबाको मन्दिर अगाडि करिब ७० किलो ग्रामको शीला छ। त्यसलाई भौरी भनिन्छ। भौरी भनेको पिठोको डल्ले रोटी हो। भगवान् कृष्णको परिवारले खाँदै गरेको एउटा रोटीमा झिङ्गा बसेपछि अब कलियुग सुरुवातको संकेत मानी कृष्ण मथुरा गएको र त्यो रोटी ढुंगा बनेको कथन छ।यहाँको अर्को महत्त्वपूर्ण र अचम्म लाग्ने गरी बाटोको ढिस्कोमा घ्युको बास्ना आउँछ। नौलाख गाईको घ्यु राख्ने भाँडो फुटेर पोखिएको विश्वास गर्दै मेला भर्न आउनेहरूले त्यो ढिस्कोको माटो लैजाने र खाने समेत गरेको स्थानीयवासी बताउँछन्। अहिले रिहारमा बगारबाबा लगाएत भैने परशु, मामी सौँरी, गणेश र कालिका मन्दिरको साथै तप्तकुण्ड र झाँक्रीथान पनि छ। भैने परशु रामको एउटा मन्दिर छ।यहाँ गाई चराउने मामा–भाञ्जी राति सुतेकै समयमा लोप भएको विश्वास गरिन्छ। मन्दिरभित्र मामा भाञ्जी सुतेको मूर्ति निर्माण गरिएको छ भने त्यहि मन्दिरको छेउमा मामी सौँरी अर्थात माइजुको मन्दिर बनाइएको छ। रिहार धार्मिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिए पनि यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्धन गर्नुपर्ने देखिएको छ।

    Advertisement

    बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation