• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गुल्मीका कैदी बन्दीलाई योग शिबिर र हाउस वयरिङ्ग तालिम


  •   सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला कारागार गुल्मीमा कैदी बन्दीलाई हाउस वयरिङ्ग तालिमसुरु गरिएको छ । जिल्ला कारागारमा रहेका पुरुष बन्दीहरुको लागि एक महिने हाउस वयरिङ्ग तालिम र महिला बन्दीको लागि सुइटर बुनाई तालिम सुरु गरेको हो ।सोमबार योग तालिमको समापन गरिएको छ भने कारागारमै १ महिने हाउस वयरिङ्ग तालिम र महिला बन्दीको लागि सुइटर बुनाई तालिम सुरु तालिम सुरु भएको छ । योग शिबिरको लागि खाजा खर्च र प्रशिक्षक खर्च प्रदेश नम्बर ५ अन्तरिक मालिमा तथा कानुन मन्त्रालयबाट सहयोग भएको थियो ।जिल्ला प्रशासन गुल्मीको पहलमा प्रदेश नम्बर ५ सरकारको २ लाख ५० हजार आर्थिक सहयोगमा २६ जना पुरुष बन्दीहरुको लागि हाउस वयरिङ्ग र महिला बन्दी ४ जनाको लागि सुइटर बुनाई तालिम राखिएको जिल्ला कारागार गुल्मीका प्रमुख अर्जुन थापाले जानकारी दिनुभयो । कैदीबन्दीले समाजमा जाँदा सकरात्मक सोचको विकास गर्न मनोविज्ञान सम्वन्धि एक हप्ते योग शिबिर तालिम राखिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललले बताउनु भयो ।
    एक महिने हाउस वयरिङ्ग तालिमको सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सुभारम्भ गर्नुभयो । बन्दी जिवन बिताउनेहरुलाई सिप मुलक तालिम दिएर समाजमा फर्किएपछि दक्ष ब्यक्ति बनाउने उदेश्यले कारागारमा रहेका तालिमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । उहाँले लगनशिल अनुशासित भएर सिप आर्जन गर्न आग्रह गर्नुभयो । बन्दी जिवन केवल बन्द रहन नभएर सिक्ने अबरका रुपमा मनन गरेर सिप आर्जन गर्न आग्रह गर्नुभयो । सरिर र मनलाई एकीकृत गरेर गए मनमा आएको पछुतो पन, नैराश्यता,कुबिचार हटने बताउनु भयो । कारागार गुल्मीमा बन्दी जिवन भन्दा पनि सुधार जिवन दिने खालको बातावरण तयार गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । बन्दी जिवनसँगै पुन सामाजिकरण हुँने दिन आउने भएकाले सिप सिकेर दक्ष ब्यक्ति बन्न आग्रह गर्नुभयो । शिपमुलक तालिम पनि दिन सकिए बन्दी जिवन पछि आयआर्जन गरेर जिवन बृत्ति बिकास गर्न सकिन्छ भन्ने उदेश्यले तालिमको व्यवस्था गरिदिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । कारागार अनुगमनको क्रममा बन्दीहरुको माग अनुरुप हाउस वयरिङ्ग तालिम र महिलाहरुको लागि सुइटर बुनाई तामिल राखिएकोले यसलाई सरकारी तालिम हो भनेर नलिन आग्रह गर्नुभयो । तालिमलाई सुबिधा र अबसरको रुपमा लिएर आफनो लागि हो भन्ने मनोभावले सिक्न आग्रह गर्नुभयो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपक बस्नेतले सिप र दक्ष ब्यक्ति कहिल्यै पछी पर्नु पर्ने अबस्था नआउने भएकाले लगनशिलता भएर सिप आर्जन गर्न आग्रह थियो । उहाँले राम्रोसँग सिप आर्जन गरे बन्दीहरुलाई सुरक्षा घेराबाटै बाहिर काम गर्ने व्यवस्था मिलाउन सकिने बताउनु भयो । उहाँले लगनशिल र अनुशासित भएर तालिमलाई उपयोग गर्न जोड दिनुभयो । कार्यक्रममा कैदी बन्दीले कारागारमा दिइएका बिभिन्न तालिमले आत्मा बल बढाएको बताएका थिए । तामिल उद्घाटनमा बोल्दै बन्दी जिवन बिताएका लेखनाथ गिरीले आजका कैदी बन्दी त्यो समाजका एक अंग रहेकाले समाजमा गएर पुनःस्थापित हुनको निमित्त यस्ता प्रकारका तालिमहरुले उर्जा मिलेको बताउनु भयो । कैदी बन्दीहरु सधै सकरात्मक र अनुशासित भए सबैको सहयोग मिल्ने उदाहरण यस्ता तालिमहरुले देखाएको बताएका थिए ।उहाँले बिगतलाई बिर्शेर भबिश्य प्रति चिन्तनशिल भएर सकरात्मक सोच चिन्तन लिएर अगाडी बढे सफलता मिल्ने बताउनु भयो । तालिम आयोजना गरेर बन्दी जिवन बिताएका प्रति गरिएको सकरात्मक सोचले बन्दी जिवन बिताएहरुको पनि सकरात्मक बिचार आउने बताउनु भयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, योग शिबिरका प्रशिक्षक, हाउस वयरिङ्गका प्रशिक्षक लगायतको सहभागिता रहेको थियो । जिल्ला कारागारका प्रमुख अजुर्न थापाका अनुसार कारागार गुल्मीमा एउटी आश्रीत बालिका सहित ७० जना कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता भएपनि तेब्बर भन्दा वढी कैदी बन्दी बस्दै आएका छन् । कैदी बन्दीलाई बन्दी जिवन भन्दा पनि सुधारहुँने अबसर दिनको लागि बिभिन्न संघ संस्थाबाट तालिमहरु दिएर सामाग्रहरु उत्पादन पर्दै आएको जिल्ला कारागारका प्रमुख थापाले बताउनु भयो । कारागार गुल्मीमा उत्पादिन मुडाहरु जिल्लामा र जिल्ला बाहिर परिचित मानिन्छ ।

    Advertisement

    सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...