• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ८. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ९. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

प्यारो जलजला पहाड


  •   बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
  • – कामना डेली । रोल्पा जिल्लास्थित जलजला पहाडको सुन्दरतामा रमाउन धेरै आन्तरिक पर्यटक पुग्छन् । जलजला पहाड धार्मिकस्थल पनि हो। रोल्पाको चिनारी हो। २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा जलजलालाई नै सेल्टर बनाएका थिए । ‘युद्ध पर्यटन’का हिसाबले थवाङपछि यो पहाडले पर्याप्त चर्चा पाएको छ । युद्धको उद्गम थलो वा युद्ध पर्यटनको नाममा जलजलामा पर्यटक भित्र्याउन सकिने स्थानीय व्यवसायीहरू बताउँछन् ।समुद्री सतहबाट ३ हजार ७ सय ७२ मिटर अग्लो यो पहाड प्राकृतिक एवं धार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । घाँसेमैदान र ओसिलो क्षेत्रका साथै जमिन हल्लिने भएकाले देशी–विदेशी पर्यटकका लागि जलजला अब्बल गन्तव्य बन्न सक्छ ।जलजलालाई प्युठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी पछिको गन्तव्य मानिन थालेको छ ।जलजलामा मन्दिर र ताल निर्माण गरिएको छ । जलजलाको जमिन अचम्मको छ । सिमखेत प्रकारको जमिनमा पाइला राख्दा थलथल गर्छ । श्रद्धालुले जमिनमा हिँड्दा कपासमा हिँडे जस्तो अनुभव गर्छन् । रोल्पाको उत्तर–पूर्वमा पर्ने यो पहाडको केही खण्ड रुकुम र बाग्लुङमा समेत पर्छ ।धार्मिक रूपले पनि यो पहाडको विशेष महत्त्व छ । यहाँको बजुरबराह मन्दिरमा जेठ, असार तथा भदौ पुर्णिमामा मेला लाग्ने सामाजिक अगुवा तारक केसी बताउँछन् । केसीका अनुसार ती मेलामा हजारौं भेडाको बलि दिइन्छ । बलिका लागि छिमेकी जिल्लाहरूका साथै भारतीय श्रद्धालुहरूसमेत त्यहाँ पुग्छन् ।जलजलामा ४ औटा देवताको थानहरु छन। १,झाकृी थान २,बह्रा थान ३,बजु बह्रा थान ४,भामा ओडार जहाँ भित्र जाँदा लाईट बालेर जानु पर्छ। र त्यस गुफ्फ्ा भित्र एउटा सानो कुवा छ र त्यो कुवाको पानी कहिले पनि सुक्दैन। र सबैले भन्ने गर्छन जलजलामा १२ भाई बह्रा देवताहरु बस्छन। अनि त्यस ठाँउमा पुजाको लागि धेरै टाढा टाढाबाट भक्तजनहरु आउछन। र भेडाको साढा अनि कुखुराको बलि चढाईन्छ। यो पुजा बैशाष पुर्णिमा र साउने पुर्णिमामा गरिन्छ। जलजलाको पहाड बीचको समथल खोंचमा वराह मन्दिर रहेको छ । त्यहाँ विभिन्न समयमा श्रद्धालुको भीड लाग्ने गर्छरु। त्यहाँस्थित मन्दिरमा पूजाआजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ । हरेक बर्ष रोल्पा, प्यूठान, सल्यान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, बाँके लगायतका जिल्लाबाट धार्मिक पर्यटकहरु जलजला पुग्ने गर्छन र त्यहाँको प्रकृतिसँग रमाउँदै पुजाआजा गर्ने गर्छन् ।जलजला पहाडबाट बग्ने पानी राप्ती नदी र भेरी नदी भन्छ। झुन झेलबाङतिर बग्छ राप्ती नदी हुन जान्छ। जुन थबाङतिर बग्छ भेरी नदी हुन जान्छ। चैतदेखि भदौसम्म फुल्ने विभिन्न प्रजातिका फूलका कारण जलजला सुन्दर देखिन्छ । त्यतिबेला दर्जनौं प्रजातिका गुराँसले जलजला राताम्मे हुन्छ । जडीबुटी एवं वन्यजन्तुको अवलोकनका लागि पनि जलजला पहाड उत्कृष्ट मानिन्छ । यो पहाड थार, घोरल, झारल, मृग, बँदेलजस्ता वन्यजन्तुका साथै पाँचऔंले, सतुवा, निरमसी, पाखनवेद, चिराइतो आदि जडीबुटीले पनि सम्पन्न छ । यहाँ ३ हजार २ सय ६६ मिटर अग्लो ‘धरमपानी चुचुरो’ पुग्दा बेग्लै आनन्द प्राप्त गर्न सकिन्छ । चुचुरोबाट सूर्योदयको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । रोल्पाको सदरमुकाम लिवाङ बजारबाट हिँडेर पुग्न सकिने यो स्थानमा होटलहरूको अभाव भएकाले बसोबासको व्यवस्था मिलाएर मात्र जानु उपयुक्त हुन्छ ।जलजला पहाडमा दुर्लभ पन्छी र वन्यजन्तुको बसोबास पनि छ । यहा“ पाइने डा“फे, मुनाल, कालिज, प्युराजस्ता पन्छीले आफ्नो स्वरले त्यहा“ पुग्ने पर्यटकलाई स्वागत गरिरहेका हुन्छन्।जलजलाबाट रोल्पाको भूगोल मात्र होइन रुकुम जिल्लाको सिस्ने हिमाल र अनगिन्ती लेक, बेंसी र प्राकृतिक सौन्र्दयको आनन्द लिन सकिन्छ ।सदरमुकाम लिबाङबाट करिब २४ कोश उत्तरमा पर्ने जलजला पुग्न सडक मार्गबाट थबाङ र जेलबाङ हुँदै यात्रा गर्नुपर्छ भने सदरमुकाम लिवाङबाट पैदल दूरी कम पर्छ । जिल्लाको अग्लो स्थानमा रहेको जलजला थबाङ गाउँपालिकामा पर्छ ।

    Advertisement

    बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation