• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

लोकप्रिय समाचार

  • १. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • २. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • ३. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

  • ४. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • ५. प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

  • ६. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ७. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ८. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ९. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • १०. रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

पर्यटकको मन तान्दै दाङको जंगलकुटि( भिडियो सहित हेर्नुहोस)


  •   सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
  • दिपक वली,दाङ। केही बर्ष पहिलेसम्म संरक्षणको अभावमा भग्नावशेष अवस्थामा पुगेको देउखुरी गढवा गाउँपालिका वडा नं ३ मा रहेको धार्मिक,ऐतिहासिक एव पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जंगलकुटीले नयाँ रुप लिएको छ ।घना जंगलको विचमा सामान्य कुटीका रुपमा रहेको धार्मिक धामलाई पर्यटन केन्द्र भैरहवाले धार्मिक एव पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने पहल थालेसँगै सिद्धबाघनाथ बाबा धाम जंगलकुटीले नयाँ रुप लिएको हो । पर्यटन बोर्ड भैरहवाले तत्कालिन सयममा भुवनेश्वरनाथले तपस्या गरेको र बसेको कुटीसँगै उनले प्रयोग गरेका सामग्रीलाई पक्कीघरभित्र सिसा लगाएर संरक्षण गर्ने काम भएको सिद्ध बाघनाथ बाबा जंगलकुटी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आशाराम चौधरीले बताए । कुट्टीलाई व्यवस्थीत गर्न सुरुवात गरिएसँगै जंगलकुटीको ऐतिहासिक, धार्मिक महत्व बझ्नदेखि घुमफिर गर्न मानिसहरु आउने गरेका छन । मनोरम प्राकृतिक दृश्यले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्न थालेका छन् ।उनका अनुसार होमकुण्ड समेत निर्माण भैराखेको छ । दाङको घोराही देखि लमहि ,गढवा गोवरडिया हुदै करिव ४७ किलोमिटर पूर्वदक्षिणको बाटो पार गरेर यहाँ पुग्न सकिन्छ। चुरे पर्वतको फेदिमा रहेको जंगलकुटि सम्म पुग्न सडक व्यवस्थीत गरेपछि त्यसको चर्चा समेत चुलिएको छ। त्यहाँ पुग्ने पर्यटकहरु पनि बढन थालेको अध्यक्ष चौधरीले बताए ।भवन निर्माण गरेर बाबाको मुख्यकुटीदेखि खटिया , काठका जुत्ता , खाट, पूजाको सामग्री, ओछ््यानलाई प्रयोग गरिएका बाघका छालालगायत थुप्रै पुरातात्विक सामग्री संरक्षण गर्ने काम भएको मन्दिरका पुजारी देवी सिंह चौधरीले बताए ।पर्यटन बोर्डको क्रमागत योजना अन्तर्गत करिव डेढ करोडको लागतमा कुटीसंरक्षणसँगै अतिथि गृह,सौचालयलगायतका पूर्वाधारहरु निर्माणको काम शुरु भएको उनले बताए । मुख्यकेन्द्रको चारैतिर टायल विच्छाएर व्यवस्थीत गर्ने काम समेत भैराखेको छ । थारु समुदायको धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको जंगलकुटीलाई संरक्षणसँगै पर्यटकिय स्थलका रुपमा विकास गर्न कामको सरकारी स्थरवाट सुरुवात भएको छ । जंगलकुटीलाई देउखुरीकै मुख्य पर्यटन केन्द्रका रुपमा विकास गर्न सकिने उनको विश्वास छ । जंगलकुटीमा सिद्धि प्राप्त गरेका भुवनेश्वरनाथ बाघमा चढेर जंगल र त्यस वरपरका बस्ती घुम्ने गरेकाले उनलाई बाघनाथ भनिने जन विश्वास रहेको पुजारी देवी सिंह चौधरीले बताए । घना जंगलमा बि.स.१८७९ मा भुवनेश्वर नाथले लामो समय तपस्या गरेको र त्यसपछि भुवनेश्वर नाथ त्यहीवाट ओलापिएको जनविश्वास रहेको मन्दिरका पुजारी देवी सिंह बताउँछन । सिद्धनाथ बाबा जंगलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न सके यस क्षेत्रको महत्व बढ्ने उनको विश्वास छ ।जंगलकुटीमा बाघनाथ बाबाको पूजाअर्चनाका लागि माघे सङ्क्रान्तिमा सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ भने शिवरात्री र चैते दशैँमा समेत भक्तजन आउने गरेका छन । गोवरडिया गाउँदेखि ७ किलोमिटर दक्षिण चुरे पहाडमा करिव नौ विगाह क्षेत्रफलमा जंगलकुटी धार्मिक एव पर्यटकिय स्थल फैलिएको छ । समुद्रि सतहबाट करीव १२ सय मिटर उचाईका रहेको जंगलकुटीलाई थप आकर्षक बनाउन पक्की बाटो,खानेपानी व्यवस्था, व्यवस्थीत पिकनिक स्पोट निर्माण गर्ने, जंगलकुटीको पहाडको टुप्पोमा भ्यूटावर निर्माण गर्ने गरि गुरुयोजनाको काम भईरहेको अध्यक्ष चौधरीले बताए । जंगलकुटीलाई गाउँपालिकाको मुख्य धार्मिक, ऐतिहासिक एव पर्यटकिय केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले गुरुयोजना निर्माण गरेर काम सुरु गर्ने भएको छ । त्यसलाई नँया ढंगले संरक्षणको काम गरीने भएपछि अझ पर्यटकको संख्या बढाउन सकिने त्यस ठाँउका स्थानिय महेश रीजालले बताउनुभयो ।भिडियोमा हेर्नुहोस

    Advertisement

    सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक
    गाउँको स्वर, मञ्चको चमक : रामप्रसाद गुरुङ
    रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक
    नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक
    ‘दुःख सुनाएर के काम ?’
    शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    लोकप्रिय

    • १.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय

    • २.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति

    • ३.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    भर्खरै

    • १.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • २.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ३.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ४.
      सडकको बीचमै बिजुलीको पोल

    • ५.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ६.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ७.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ८.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation