• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

मसाल खोज्न दिउँसै लाइट बाल्नुपर्ने स्थिती आउँछ ः सूर्य थापा( भिडियो सहित)


  •   आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
  • प्यूठान ः स्थानीय तहमा मुलुकभर तीन सिटमा सिमित नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु देख्न आउँदो निर्वाचनसम्म दिउँसै लाइट बाल्नुपर्ने स्थिती हुने नेकपा केन्द्रिय सदस्य सूर्य थापाले उद्घोष गरेका छन् । नेकपा झिमरुक गाउँपालिका तीन नम्वर वडा संगठन कमिटीले आहालखोलामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाइ सम्वोधन गर्दै प्रमुख अतिथी थापाले उक्त अभिव्यक्ति दिएका हुन् ।
    ‘नेकपा जस्तो विशाल पार्टीले झिमरुकको एउटा कुनामा सिमित मसाललाइ प्रतिस्पर्धी पार्टी ठान्नुपर्ने अवस्था चिन्ताजनक जस्तो देखियो’,यूवा नेता थापाले भने,‘अवको निर्वाचनमा यस्तो अवस्था हुनेछैन् ।’ संघीयताको विरोध गर्दै आइरहेको उक्त पार्टी संघीयताकै मर्म अनुसार बनेको सरकारमा टासीरहनु लज्जासपद देखिएको समेत थापाले अभिव्यक्ति दिए ।  प्यूठानमा समेत दिनानुदिन खुम्चिदै गएको राष्ट्रिय जनमोर्चाले अव चाहेर पनि प्यूठानमा चुनाव जित्न नसक्ने उनले बताए । जनताको पिरमर्कालाइ सम्वोधन गर्नेगरी गाउँमा क्रियाशिल हुन् आफ्ना नेता, कार्यकर्तालाइ थापाले आग्रह गरेका छन् । दुइ ठूला पार्टी एमाले र माओवादीको मिलनपछि जिल्लाभरका स्थानीय तहमा नेकपाको स्पष्ट बहुमत भएको बताउदै थापाले यसलाइ अझ बढाउदै लैजान कार्यकर्तालाइ सुझाए । उनले समृद्ध नेपाल, सुखी नेपाली सरकारको नारालाइ सार्थक तुल्याउन गाउँ तहसम्मका नेता, कार्यकर्ताहलाइ कटिवद्ध भएर लाग्न निर्देशन दिए । नेकपाको नेतृत्वमा संचालन भएका जिल्लाका स्थानीय सरकारका जनप्रतिनिधीहरुलाइ नेता थापाले जनताको मनमा बस्नेगरी काम गरेर देखाउन समेत आग्रह गरेका छन् । पार्टी एकिकरणले पूर्णता पाउदै गएको बताउदै केन्द्रिय सदस्य थापाले नेता कार्यकर्ता नभइ देश बनाउन पार्टी एकिकरण भएको उल्लेख गरे ।
    कार्यक्रमलाइ सम्वोधन गर्दै विशेष अतिथी नेकपा प्रदेश कमिटी सदस्य पित बहादुर एमसीले राष्ट्रिय जनमोर्चाले झिमरुक गाउँपालिकामा जनभावना विरोधी गतिविधि गरिरहेकोप्रति आक्रोश पोखे । मसालका जनप्रतिनिधीहरुले विकास निर्माणका गतिविधि आफ्ना कार्यकर्ताहरु छानीछानी गरेको आरोप लगाए । ‘पार्टीको रसिद काटेमा मात्र विकास गरिदिने मसालको फोहोरी राजनीति देखियो’,एमसीले भने,‘गाउँमा विकास ल्याउन मसालै हुनुपर्ने कस्तो बाध्यता हो ?’ सवै जनतालाइ समान आँखाले हेरेर विकास निर्माणका गतिविधि संचालन गर्न उनले जनप्रतिनिधीलाइ आग्रह गरे । जनताको भावना विपरित गतिविधि बढ्दै गएमा जनता चुपचाप सहेर नबस्ने समेत उनले चेतावनी दिए । झिमरुक गाउँपालिकाका जनप्रतिनिधीहरुको गतिविधि नसच्चिएमा जनताले गाउँपालिका घेराउ गर्ने समेत उनले चेतावनी दिए । सकिदै जानथालेको मसालले सानातीना विकासका बजेट छरेर कार्यकर्ता बचाउनमा लागेको उनको आरोप छ ।
    कार्यक्रममा झिमरुक गाउँपालिका ३ नम्वर वडा क्षेत्रका अगुवा नेता, कार्यकर्ताहरुको उत्साहजनक सहभागीता थियो । पार्टी एकिकरणपछि झिमरुक गाउँपालिकामा नेकपाको स्पष्ट बहुमत बनेको छ । यसले पनि कार्यकर्तामा बेग्लै उत्साह बढेको देखिन्छ । कार्यक्रममा नेकपा जिल्ला सदस्य हुकुम बहादुर खड्का, झिमरुक गाउँपालिका संगठन कमिटी अध्यक्ष झग बहादुर जिसी, नेता श्रीकृष्ण रिजाल लगाएतले सम्वोधन गर्दै झिमरुक क्षेत्र नेकपामय बन्दै गएको उल्लेख गरे । ३ नम्वर संगठन कमिटी अध्यक्ष धनीराम जैसीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका उपमहासचिव मिलन एमसीले गरेका थिए ।

    Advertisement

    भिडियो सहित

    आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • २.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ३.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ५.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ७.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ८.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...