• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

प्रेसमाथिको अंकुश स्वीकार्य हुँदैन


  •   शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन।
    सरकारले संसदमा प्रस्तुत गरेको ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयकलाई नियाल्दा सरकार मिडियालाई आफु केन्द्रित बनाउन खोज्दै छ जसको चौतर्फी विरोध सुरु भएको छ । यहाँ प्रेसको संरक्षणका लागि होईन, विशेष अधिकार चाहियो पनि भनेको होईन । पूर्ण प्रेस स्वतन्त्रता हामीले संविधानमै व्यवस्था ग¥यौँ । संचार तथा नागरीक अभिव्यक्तिको स्वतन्त्रता किन सुरक्षित गरियो भने यो नेपाली जनताको नैसर्गिक हकसंग जोडिएको विषय हो । उद्योग र व्यवसाय भएका कारणले मात्रै होईन नागरिकको नैसर्गिक हकलाई जनतामाझ  पुर्याउने माध्यमका रुपमा आएको हुँदा संविधानमै प्रेस स्वतन्त्रतालाई विशिष्ट व्यवस्था गरिएको हो ।
    प्रेस आफैमा मर्यादित र स्वतन्त्र हुन्छ । नियमन गर्नलाई संविधानले बाटो खोलिदिएको छ । प्रश्न यो हो की विधेयक प्रेसलाई सहजीकरण गर्ने दृष्टिले आएको छ की नियन्त्रण गर्ने रुपले? प्रेस काउन्सिलको गठन प्रक्रिया हेर्दा सुचना विभागलाई नै प्रेस काउन्सिल भन्दा फरक नपर्ला विधेयकमा मौजुदा व्यवस्था हेर्दा सुचना विभाग र काउन्सिलको कुुनै अर्को अर्थ छैन् । आदेशपालकको रुपमा विधेयकको मर्म स्पष्ट छ । प्रेसका कमिकमजोरी सच्चाउन पत्रकारिता पेशामा अवसर जहिले पनि दिईरहेको हुन्छ । काउन्सिल ऐनमै व्यवस्था गरिएको छ ध्यानाकर्षण गराउने भनेर । प्रजातान्त्रिक मुलुकमा प्रेसलाई नियमन गर्न दुईवटा अवधारण आएका छन् । एउटा आचारसंहिता र अर्को नियामक निकाय र संस्था सहकार्य नियमनमा सहकार्य । सार्वजनिक सरोकारका लागि सुचना प्रवाह गर्दा कहिलेकाँही गल्ती हुन सक्छ तर गल्ती नियतबस ग¥यो की अन्जानमा, लोकतन्त्रलाई सुदृढ पार्न सच्चाउन र सच्चीने अवसर दिईनै रहनुपर्छ ।
    अहिलेको विधेयकमा भएको संरचना अनुसार समाचार तयार पार्न कठिन परिस्थितिको सिर्जना हुँदै छ । यथार्त लेख्दा आलोचना गर्नैपर्दछ कसैलाई चित्त दुख्ला, रिसाउला, बिझाउला भनेर समाचार नलेख्ने अनि नबोल्ने? यो त सेल्फसेन्सरसिप हुन जान्छ चुपचाप बन्ने वातावरण बन्दै गयो भने सुचना प्रवाह कसरी होला । दण्डको माध्यमबाट आमसंचारलाई मर्यादित गर्ने भावना आफैमा अलोकतान्त्रीक शैली हो । विधेयकको विरुद्धमा विभिन्न अधिकारवादी संघसंस्था अगाडी आएका छन् र नेतृत्व नेपाल पत्रकार महासंघले गरिरहेको छ । विधेयक जस्ताको त्यस्तै पारित भएमा यसलाई साथ दिने राजनीतिक दल, लोकतन्त्रप्रतिको निष्ठा र प्रेस स्वतन्त्रताप्रति उनिहरुले गरेको बाहिरी देखावटी मात्रै हुनेछ । प्रमुख प्रतिपक्षि दलले समेत दुईतिहाइको दम्भ देखाएर सरकारले प्रेस माथि निरन्तर प्रहार गरिरहेको बताएको छ । संघीयता कार्यान्वयन गर्ने मुख्य चुनौती रहेकाबेला सरकार संकीण मानसिकताबाट ग्रस्त बनेको विपक्षी दलको आरोप छ ।
    विधेयकले पत्रकारितालाई सेल्फसेन्सरसिप कायम गराउन उद्धत देखिएको छ । पत्रकारले कुनै एउटा विषयमा समाचार तयार गर्दैछ भने उसले दश पटक सोचेर लेख्नुपर्ने अवस्थाको सिर्जना भएको छ । दण्ड नभएर सहकार्य गरेर अगाडी जानुपर्ने अहिलेको आवस्यकता हो । लोकतन्त्रप्रती विश्वास भएका व्यक्ति, संस्था र कुनैपनि राजनीतिक दल यो विधेयकको पक्षमा लाग्न सोभा दिँदैन । जनताले पाएको अधिकार खोस्न खोज्नु वा सीमित गर्न खोज्नु लोकतन्त्रविपरित हो । पत्रकारलाई प्रेस कानुनको माध्यमबाट पत्रकारिता कसरी मर्यादित बनाउने भन्ने चिन्ता छ । पत्रकारले नै आचासंहिता बनाएका छन् र त्यसलाई कार्यान्वयन गर्न संयम पत्रकारनै लागी परेका छन् ।
    अन्तमा सरोकारवालाविच छलफलविनानै सरकारले दण्ड, जरिवाना र क्षतिपूर्तिका कठोर व्यवस्था सहित ल्याउन लागेको जनविरोधी मिडिया काउन्सिल विधेयकको सबै क्षेत्रबाट विरोध सुरु भएको छ । प्रेस काउन्सिलका पदाधिकारीले सरकारको हात माथि पार्ने गरि नियन्त्रित र निर्देशित काउन्सिल बनाउन खोजेको भन्दै तीब्र असन्तुष्टि बाहिर आएको छ । मानवअधिकार, आमसंचार र कानुनका विज्ञहरुले पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पु¥याएको भनि चिन्ता व्यक्त गरेका छन् । त्यसैले सरकारले ढिलो नगरि यो विधेयक छिटोभन्दा छिटो फिर्ता लिनु उचित हुनेछ ।

    Advertisement

    लेखक प्यार अलि खान प्युठानका  क्रीयाशिल पत्रकार हुन।उनि हाम्रो एकता साप्ताहिकका उपसम्पादक पनि हुन।

    शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation