कपिलबस्तु – भारतमा हुने लोकसभा निर्वाचनका लागि शुक्रबार बिहान ७ बजेदेखि नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ। भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कपिलबस्तुका सवै नाका बैशाख २७ गते बिहान ७ बजेदेखि वैशाख २९ गते बेलुकी ५ बजेसम्मका लागि बन्द हुनेछ। कपिलबस्तु जिल्ला प्रशासन कार्यालयका अनुसार केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमति अनुसार सीमा नाका बन्द गर्न लागिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगरमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको जानकारी दिए। सीमा नाका बन्द हुँदा अत्यावश्यक र शुभ बिबाह , बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्नेबाहेक अन्य आवतजावत ठप्प हुने अधिकारीले बताए। निर्वाचनका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गरिँदै आएको छ। लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छन् ।
कपिलबस्तुको सिमा नाका ४८ घण्टा बन्द हुने ॥
कपिलबस्तुको सिमा नाका ४८ घण्टा बन्द हुने ॥
Advertisement
तपाईको प्रतिक्रिया