• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, फागुन १३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल

निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

लोकप्रिय समाचार

  • १. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • २. राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

  • ३. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ४. झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

  • ५. बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

  • ६. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

  • ७. ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

  • ८. कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

  • ९. निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

  • १०. विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

स्वर्गद्वारी र मुक्तिनाथ जोड्ने गौमुखी


  •   शनिबार, बैशाख १४, २०७६ मा प्रकाशित
  • सुर्य थापा,काठमाडौ।

    Advertisement

    हिमाल र तराईलाई जोड्ने पहाडको एउटा गन्तव्य हो, गौमुखी । यसका लागि तराई र पहाडका चार गन्तव्य जोडेर लुम्बिनी–स्वर्गद्वारी तथा रेसुंगा–गौमुखी सर्किट बनाउन सकिन्छ । २ वैशाखमा गौमुखी गाउँपालिका अर्खा ठूलचौरमा संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरेको ‘गौमुखी मिडिया सम्मेलन’मा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय, स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकाया, गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरी र रेसुंगा नगरपालिकाका उपमेयर सीता भण्डारीले चारै गन्तव्य जोड्ने प्रतिबद्धता पनि गरेका हुन् ।
    उनीहरूको प्रतिबद्धताअनुसार काम गर्न सकियो भने अब तराई–पहाड जोडेर नयाँ पर्यटकीय सर्किट बन्नेछ, जुन हिमालसम्म पुग्नेछ । यसले भविष्यमा कोइलाबास–कोरला त्रिदेशीय मार्ग व्यवस्थित भइसक्दा लुम्बिनी–स्वर्गद्वारी एवं रेसुंगा–गौमुखी हुँदै पर्यटकहरूलाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा र पवित्र तीर्थस्थल मुक्तिनाथसम्मको यात्रा तय गर्नेछ ।
    यसका लागि अर्खामा सुविधासम्पन्न गुम्बा र ध्यानकेन्द्र निर्माण गरी भिक्षुहरूको यात्रा र बसाइलाई सहज बनाउनुपर्छ । साथै, अन्तर्राष्ट्रिय सम्बन्ध र समन्वय पनि बढाउनुपर्नेछ ।
    गाईको मुखजस्तै गौमुखी
    राप्तीको एक हिस्सा झिमरुक नदीको उद्गमस्थल गौमुखी प्रसिद्ध तीर्थस्थल हो । समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको गौमुखी उत्तरी प्युठानको अर्खामा अवस्थित छ । मदाने–पन्चासे संरक्षण क्षेत्रअन्तर्गत पर्ने गौमुखीमा माघे संक्रान्तिमा मेला लाग्छ । हजारौँ तीर्थयात्री पुग्ने मेलामा स्नान गर्ने, परेवा, कलम, ध्वजा र दाम्लो चढाउने गरिन्छ । मनोकामना पूरा हुने विश्वास छ ।
    करिब डेढ सय वर्षअघि बाग्लुङको निसीका तगारा बुढामगर (निसेल)ले भैँसी चराउँदा गौमुखीको १२ मिटर लम्बाइ, ६ फिट चौडाइ र सात मिटर उचाइको गुफा भेटेका थिए । त्यसलाई उनले गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यका आधारमा गौमुखी नामाकरण गरेको भन्ने किम्बदन्ती छ । त्यही गुफाबाट पानी निस्केपछि झिमरुक नदीका रूपमा प्रवाह सुरु हुन्छ ।
    प्युठानका केही गन्तव्य

    स्वर्गद्वारी नगरपालिका : स्वर्गद्वारी, भिंगृपार्क, सारीको भूबनोट अवलोकन
    प्युठान नगरपालिका : भित्रीकोट, सहिद स्मृित पार्क, लिस्ने भञ्ज्याङ, डल्ले सराय
    माण्डवी गाउँपालिका : उदयपुरकोट दरबार ,झिमरुक जलविद्युत् गृह, बाटुले, रातापानी, बराहगुफा
    मल्लरानी गाउँपालिका : मल्लरानी भ्युप्वाइन्ट, झाँक्रीस्थान, खैरासराङकोट, पालुकास्थान
    झिमरुक गाउँपालिका : रक गार्डेन, सौतामारे, ओखरकोट, गडीकोट, दहियाल्ना, स्नाथान, मुर्चुलधुरी
    गौमुखी गाउँपालिका : गौमुखी, तामाखानी, झाँक्रीढुंगा, रानीवन दह, नांगी
    नौबहिनी गाउँपालिका : कोठीभिर, झुलेनी, कोटबारा दह, लुङ
    ऐरावती गाउँपालिका : ऐरावती, सहिद स्मृति पार्क बरौला, बिजुलीकोट, दाङबाङ
    सरुमारानी गाउँपालिका : गढी दरबार, रानीकुवा, किमिचौर दह, राप्ती नदी किनार ।

    कसरी पुग्ने ?
    प्युठानको बाग्दुलाबाट ४० किमि, अर्घाखाँचीको सन्धिखर्कबाट ५२ किमि दूरीमा गौमुखी छ । गुल्मीको तम्घासबाट पनि यहाँ पुग्न सकिन्छ । अहिले अर्खा, अर्तुवाङबाट गाडीमा ठूलाचौर र पैदल हिँडेर गौमुखी पुग्न सकिन्छ । बाग्दुला–ठूलाबेंसी–भीमगिठे ७२ किमि त्रिदेशीय सडक निर्माण पूरा गरी यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।
    गुलाबी गुराँस
    पहाडी क्षेत्रमा ५२ प्रकारका पारिस्थितिक प्रणाली छन्, जुन गौमुखीमा पनि छन् । मध्यपहाडी क्षेत्रमा रहेका एक सय १० जातका स्तनधारी जीवजन्तु र ६ सय ९१ जातका चरा पाइन्छन् । तिनको बसोवास क्षेत्र पनि हो, गौमुखी । डा“फे, मुनाल, चिल, कालिज र गिद्ध त यहाँ पाइने नै भए । यो जडिबुटीका लागि पनि महत्वपूर्ण छ ।
    यो क्षेत्र लालीगुराँसले भरिभराउ हुन्छ । जसमा गुलाबी रङको गुराँस विशेष आकर्षणका रूपमा रहेको छ । गौमुखी आसपासको संरक्षित क्षेत्र, जलजला क्षेत्र, मदाने संरक्षण क्षेत्र, गौमुखी संरक्षित वन र ढोरपाटन शिकार आरक्षले पर्यटक लोभ्याउन मद्दत गर्छन् ।
    केही प्रयास
    यहाँ पर्यटकीय पूर्वाधारको अभाव छ । सामान्य मन्दिर छ । तीर्थालुका लागि धर्मशालालगायत आवश्यक पूर्वाधार छैनन् । यहाँ मगर संग्रहालय र होमस्टे सञ्चालनका लागि प्रयास भइरहेको छ । नेपाल पर्यटन बोर्डको ५० लाखमा मच्छी–ढाँड–दहियाल्ना–तामाखानी–झाक्रीढुंगा–नांगी–गौमुखी–अग्लुङ–खुङ–नारीकोट–बाँदीकोट–ओखरकोट–ढाँड र मच्छी जोड्न पदयात्रा मार्ग बनेको छ ।
    प्रदेश सरकारको ५० लाखमा बेल्वास–लिस्ने–लिस्नेभञ्ज्याङ–झुलेनी–बाहने पदयात्रा मार्गको सर्भेक्षण र निर्माण जारी छ । यसलाई भविष्यमा स्वर्गद्वारी–गौमुखी पदयात्रा मार्गको निर्माण गरी सञ्चालनको आधार मार्गका रूपमा विकास गर्न सकिन्छ । अब बाहने–खवाङ–दहियाल्ना खण्डलाई जोड्नुपर्नेछ । यसो गरिसक्दा स्वर्गद्वारी–गौमुखी जोड्ने पदयात्रा मार्ग व्यवस्थित हुनेछ ।
    अब के गर्ने ?
    गौमुखी, मदाने, झिमरुक, रेसुंगा र स्वर्गद्वारी आदि गाउँ र नगरपालिकाले हेलिप्याड निर्माण गरेर हेलिकोप्टर सेवाको पूर्वाधार बनाउनुपर्छ । प्रत्येक स्थानीय तहमा पर्यटन सूचना केन्द्र, एक–एक सामुदायिक होमस्टे, पदयात्रा मार्ग र कम्तीमा एक पर्यटकस्तरीय होटल/रिसोर्ट सञ्चालनको व्यावसायिक वातावरण बनाउन सकिन्छ ।
    काठमाडौं र लुम्बिनीबाट स्वर्गद्वारी र गौमुखीसम्म पर्यटक यातायात (हरियो प्लेट) का गाडी सञ्चालन गर्न सकिन्छ । लुम्बिनीबाट स्वर्गद्वारी टुरिस्ट बस सञ्चालन गर्ने र गौमुखीलगायत प्युठानका गन्तव्य लक्षित गरेर चार रात पाँच दिनको ‘स्वर्गद्वारी प्युठान भ्रमण प्याकेज’ बनाएर प्याकेज टुर सञ्चालन गर्ने व्यवस्था गर्न सकिन्छ ।

    सुर्य थापा नेकपाका केन्द्रीय सदस्य र पर्यटन बिज्ञ समेत हुनुहुन्छ।

    शनिबार, बैशाख १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा
    कोरोना प्रभाव :  सुनसान लुम्बिनी

    लोकप्रिय

    • १.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • २.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • ३.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    • ४.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव

    • ५.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह

    • ६.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको

    भर्खरै

    • १.
      दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

    • २.
      सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल

    • ३.
      निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

    • ४.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • ५.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • ६.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ७.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ८.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation