रामेछाप । तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलको रनवेमा चिप्लिएको छ। तारा एयरको ९-एन एकेके कल साइनको ट्विनेटर विमान ल्यान्डिग गियर फेल भएर रनवेबाट चिप्लिएको हो।
बिहान ८ बजेर ५० मिनेटमा काठमाण्डौबाट लुक्लाका लागि ११ जना यात्रु लिएर उडेको विमान लुक्ला एयरपोर्टको मौसम खराबीका कारण मन्थली आएको थियो।
रनवेबाट चिप्लिएको विमानमा कुनै मानविय क्षति नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रहलाद निरौलाले जानकारी दिनुभयो ।
Advertisement